ओलीको अभिव्यक्तिपछि प्रचण्डसँग दूरी बढ्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । 

परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए ।


Advertisement

शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष दाहाल फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे, करिब २ घण्टा त्यहीँ अलमलिए ।

ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको निष्कर्ष निकालेका दाहालको आइतबारको भेट पनि त्यही विषयमै केन्द्रित थियो । 

स्रोतका अनुसार ‘मिलिनियम चालेन्ज कर्पोरेसन ‘एमसीसी’ को परियोजनासम्बन्धी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन तत्कालीन सभामुख महराले असहयोग गरेको भन्ने ओलीको अभिव्यक्तिप्रति पनि दाहाल सन्तुष्ट छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

कमेन्ट गर्नुहोस्