पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कात्तिक २६, २०७६
काठमाडौं– बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेका सांसद आफताब आलमको मुद्दामा रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।
लामो समयदेखि रौतहटमा प्रभाव जमाएर बसेका आलम प्रहरी हिरासतमा रहँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भारतसँग सिमाना जोडिएको जिल्ला तथा भारतीय नागरिकहरू पनि प्रयोग भएकाले सुरक्षा चुनौती ठूलो छ ।
‘जिल्ला अदालतमा बहस चलिरहेको छ । बाहिर मानिसहरूको पनि ठूलै भीड छ । कुनै अप्रिय घटना नहोस् भन्ने हिसाबले सुरक्षा व्यवस्थालाई बढाएको हौं,’ जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब निरीक्षक (डीएसपी) नविन कार्कीले लोकान्तरसँग भने ।
इँटाभट्टामा जलाइएका रौतहटको साबिक सरुवठा गाविस वडा नम्बर ९ हाल यमुनामाई गाउँपालिका–४ का मोहम्मद ओशी अख्तरकी श्रीमती आमना खातुनले रौतहट जिल्ला अदालतमा निवेदन दिइन् । निवेदनको व्योहोरा थियो मेरा पति जिउँदै छन्, विदेश गएका छन् ।
उनले दिएको निवेदनले सबैलाई आश्चर्यमा पार्यो । पछि तिनै आमनाले आफ्ना श्रीमान्को मृत्यु दर्ता गराएको तथ्य बाहिरियो ।
पछि प्रहरीले सोधपुछ गर्दा आलमका मानिसहरूले धम्की दिएकाले निवेदन दिएको प्रहरी बताएपछि घटनालाई प्रभाव गर्न आलमले के सम्म गर्न भ्याए भन्ने कुरा प्रस्ट भयो ।
थुनछेक बहस चलिरहँदा बहसलाई प्रभाव पार्न आलमका मानिसहरूले अहिले पनि विभिन्न प्रपञ्च चलाइरहेका छन् ।
घटनाको प्रत्यक्षदर्शी तथा पीडितका रूपमा नेपाल ल्याइएका भारत सीतामढीका गौरीशंकर राम चमारले पनि बयान फेरेपछि आलमको मुद्दामा नयाँ तरङ्ग थपिएको थियो ।
थुनछेक बहस चलिरहेकै समयमा प्रहरीले जवरजस्ती बयान दिन लगाएको भन्दै अदालतमा उनले निवेदन दिएका थिए ।
सरकारी साक्षीका रूपमा नेपाल ल्याइएका गौरीशंकरलाई आलम पक्षका मानिसहरूले अपहरण गरेर बयान फेर्न लगाएको कुरा धेरै समय टिकेन ।
गौरीशंकरले आलमका मानिसहरूले अपहरणपछि बन्दक बनाएर बयान नफेरे ज्यान मार्ने धम्की दिएको उनले बताइसकेका छन् । गौरीशंकरले आफ्नो र परिवारको ज्यानको सुरक्षा दिन माग समेत गरेका छन् ।
यो समयमा आलम पक्षले साक्षीहरूलाई प्रभावित पार्न ‘साम, दाम, दण्ड, भेद’को रणनिति अपनाएको आलमको मुद्दामा बहस गरेका एक अधिवक्ताको बुझाइ छ ।
आलामविरुद्ध बहस गरिरहेका एक अधिवक्ता कुन बेला आफूमाथि प्रहार हुने हो भन्ने डर रहेको बताउँछन् ।
‘घरबाट जिल्ला अदालत आउँदा मुटु ढुकढुक हुन्छ, बहस सकिएपछि घर आउँदासम्म फेरि मुटु ढुकढुक हुन्छ, कति खेर के हुन्छ थाहा छैन,’ ती अधिवक्ताले लोकान्तरसँग भने ।
कात्तिक २२ गते बहस सकिएपछि पीडितको पक्षबाट बहस गरेर काठमाडौं फर्किएका पूर्व महान्याधिवक्ता डा. युवराज संग्रौलाले पनि रौतहटमा सुरक्षा चुनौती रहेको उल्लेख गरे ।
समाजिक सञ्जाल फेसबूकमा स्टाटस पोस्ट गर्दै उनले भनेका थिए– ‘बहस सकियो । कुमार शर्मा आचार्य र मैले १ घण्टा २० मिनेट बहस गर्यौं । आलमजीको दबदबा त गजबै लाग्यो । दुई दिनसम्म सर्वसाधरण मानिसका कुरा सुनियो । अरूको त के कुरा सुरक्षा निकायहरू हरदम सतर्क । घरमा गएर समात्न त प्रहरीलाई नै सम्भव भएन छ ।’
यी सबै कुराले के देखाउँछ भने आलम पक्षले अहिले पनि डरधम्की देखाइरहेका छन् ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...