भारतीय सेनाका लेफ्टिनेन्ट र प्रधानसेनापतिबीच भेटवार्ता

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शान्तानु दयाल र नेपाली सेना प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शिष्टाचार भेट भएको छ ।

भेटमा दयाल र थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको  जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 


Advertisement

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सेनाले जनाएको छ ।


Advertisement

 

कमेन्ट गर्नुहोस्