×

NMB BANK
NIC ASIA

आलमबारे भिडियो सार्वजनिक भएपछि प्रहरी तनावमा

मंसिर ४, २०७६

NTC
Premier Steels

तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो.आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्।

Muktinath Bank

असोज २६ गते बिहान आलमलाई पक्राउ गरी इद्रिसगेटदेखि गौर ल्याउने क्रममा जीपमा भएको भिडियो सम्वाद आलम पुर्पक्षका लागि जेल चलान भएपछि सार्वजनिक भएको हो। भिडियो सार्वजनिक भएको विषयमा प्रहरी अधिकारीहरू नै अन्यौलमा छन्। आलमलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकृतले जीपमा आलमसँग सम्वाद गरेका थिए। आलमले प्रहरी अधिकृतलाई थर्काउँदै जिल्लामा आगो लगाइदिने समेत भनेका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा कसरी गरिएको थियो र उनी कुन अवस्थामा थिए, मानवअधिकार र प्रचलित कानुनको खिलाफमा गरिएको थियो की भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जीपमै सम्वाद रेकर्ड गरिएको प्रहरीको भनाइ छ।


Advertisment
Nabil box
Kumari

एक प्रहरी अधिकृतले भने, ‘हाइ प्रोफाइलका भीआइपीलाई पक्राउ गर्दा पछि जवाफ दिन सजिलो होस् भन्ने उद्देश्यले यस्ता प्रमाण प्रहरीले राख्ने गर्छ।’ जिल्ला प्रहरी कार्यालयले मुद्दाको अनुसन्धान पछि भिडियो जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय गौरमा बुझाएको थियो।

Vianet communication

भिडियो कसरी बाहिरियो भन्नेमा आफूहरू अचम्ममा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए।

भिडियोका कारण अनावश्यक तनाव थपिएको उनले प्रतिक्रिया दिए। डीएसपी कार्की सोमबार बिदामा घर गएका छन्। आलमलाई कारागार चलान गरिएकै दिन जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटवाल र न्यायाधीश दीपक ढकाल पनि बिदामा बसेका थिए।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते तीनवटा मुद्दा दर्ता भएको थियो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यानमार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरी जिल्ला सरकारी वकिलाको कार्यालयले मुद्दा दर्ता गरको थियो।

रौतहटको यमुनामाइ गाउँपालिका–४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कतव्र्य ज्यान मुद्दा र सर्लाही जिल्ला गडैता २ का सफि अहमद र भारतको सितामणी जिल्ला बैरगनिया २ का गौरीशंकर राम चमारले बम बिस्फोटमा घाइते भएको भन्दै ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। आमलविरुद्ध प्रहरीले बिस्फोटक पदार्थसम्बन्धी मुद्दा समेत चलाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x