×

NMB BANK
NIC ASIA

हटाइएकी मन्त्री थममायाको गुनासो : प्रधानमन्त्रीलाई भेट्नै पाइएन, सचिवालयले घेर्‍यो !

मंसिर ६, २०७६

NTC
Premier Steels

प्रधानमन्त्री केपी ओलीले भर्खरै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो । नौ मन्त्री थपिए, नौ बर्खास्त भए, बर्खास्त हुनेमा तपाईं पनि पर्नुभयो । यसको पूर्वसूचना पाउनुभएको थियो ? 

Muktinath Bank

– मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने त जानकारी थियो । पहिलेदेखि नै चर्चा थियो, प्रधानमन्त्रीले मंगलबारको बैठकमा समेत यो विषयमा चर्चा गर्नुभएको थियो । कोही बाहिरिनुहोला, कोही दोहोरिनुहोला भन्नुभएको थियो । तर नाम भने बताउनुभएको थिएन । तर, म आफै बर्खास्तगीमा पर्छु भन्ने सोचेकी थिइनँ । म यसमा बिल्कुल अनभिज्ञ छु । मलाई किन मन्त्रीबाट हटाइयो ? केही मेसो पाएकी छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यसम्पादन चित्त नबुझेपछि प्रधानमन्त्रीले मन्त्री बिदा गर्नु स्वाभाविक हो, तपाईंहरूको काम चित्त बुझेन भनेर प्रधानमन्त्रीले अवश्य सतर्क बनाउनुभयो होला । तपाईंले सुधारको प्रयास गर्नुभएन ? 


Advertisment
Nabil box
Kumari

- खासमा यस्ता विषयमा प्रधानमन्त्रीसँग गम्भीर ढंगले छलफल हुने मौका मिलेन । किनकि उहाँसँग भेट हुने वातावरण नै सहज थिएन । मन्त्री भइसकेपछि प्रधानमन्त्रीलाई भेट्न गाह्रो भो, भेट्न कोसिस गर्दा निकै कम मौका पाएँ । प्रधानमन्त्रीलाई भेट गर्ने समय मिलाउने काम सचिवालयको हो । तर, सचिवालयले समय नै मिलाएन । मन्त्री भइसकेपछि कतिपय विषयमा गम्भीर छलफल गर्नुपर्ने हुन्छ । त्यसो हुँदा प्रधानमन्त्रीलाई तुरुन्तै भेट्नुपर्ने हुन्छ । तर, सचिवालयले यो गम्भीरतालाई बुझेकोजस्तो अनुभव गर्न पाइनँ । 

Vianet communication

गम्भीर विषयमा छलफल गर्नु छ भनेपछि त प्रधानमन्त्रीको सचिवालयले अवश्य ‘रेस्पोन्स’ गर्छ होला !

- हो, सचिवालय त्यही कामका लागि गठन भएका हुन् । तर, भेट्नका लागि समय माग्यो, सचिवालयका सदस्यले फोन नै उठाउनुहुन्न । बल्ल–तल्ल फोन उठ्छ । समय मिलाउँछु भन्ने जवाफ आउँछ । कुरेर बस्यो, तर खबरै आउँदैन । यस्ता खालका समस्या धेरै आए । समग्रमा भनौँ, मन्त्रीले समेत प्रधानमन्त्रीलाई सहज ढंगले भेट्ने स्थिति थिएन । एकखालको घेराबन्दीजस्तो थियो । 

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक त नियमित राख्नुहुन्छ । त्यहाँ त एजेन्डाका विषयमा छलफल हुन्थ्यो होला नि ? 

- मन्त्रालयबाट लगिएका विषयमा त छलफल हुन्थे । सौहार्दपूर्ण ढंगले नै छलफल हुने गरेको मेरो अनुभव छ । हो, केही–केही विषय अस्पष्ट हुन्थे । त्यसलाई पनि बैठकमै स्पष्ट पार्ने काम हुन्थ्यो । 

प्रधानमन्त्री र तपाईंबीच कुनै एजेन्डामा असहमति भयो कि भएन ?

- असहमति हुने नै खालका विषय त खासै केही थिएन । बालबालिकासँग सम्बन्धित एउटा ऐन थियो । त्यसमा उहाँका केही ‘रिजर्भेसन’ थिए । त्यो पनि एजेन्डाका कारण नभई आकार ठूलो भयो भन्ने कारणले ऐनको मस्यौदा फिर्ता गरिएको थियो । त्यसबाहेक त खासै असहमति भएजस्तो मलाई लाग्दैन । (नयाँ पत्रिका दैनिकबाट)

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x