×

NMB BANK
NIC ASIA

कास्कीमा पराजित साझाकी रजनी भन्छिन्– प्रेम धेरैले गरे, बिहे गरेनन् !

मंसिर १६, २०७६

NTC
Premier Steels

कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफूलाई जनताले अगाध माया-प्रेम दिएको तर बिहेको मण्डपसम्म नलगेको प्रतिक्रिया दिएकी छिन् ।

Muktinath Bank

मंगलवार लोकान्तरसँग कुरा गर्दै केसीले जनताले आफूलाई स्वतन्त्र बनेर माया गरेको तर पुरानै दलको अपहरणमा परेका कारण भोट दिन नसकेको गुनासो गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यो बीचमा मैले धेरै घरदैलो चाहारेँ, तराजुलाई घर–घरमा पुर्‍याएँ,' केसीले भनिन्, 'मलाई धेरैले माया गर्नुभयो । सत्तारूढ दल नेकपाले ल्याएको भोटभन्दा धेरैले तपाईंलाई विश्वास गर्छौं र भोट पनि हाल्छौं भन्नुभयो । जनताले देखाएको माया बिहे मण्डपसम्म पुग्ला भन्ने आशा गरेकी थिएँ, तर मायामा धोका भयो ।'


Advertisment
Nabil box
Kumari

केसीले वैकल्पिक शक्ति बनाएर जनताबाट स्वीकृत गराउने काम निकै कठिन रहेको आफूले स्वीकारेको बताइन् ।

Vianet communication

पुराना पार्टीहरूको विकल्प खोज्नुपर्छ भन्ने भावना विकसित भएको तर भोट हाल्ने बेलामा पुरानै पार्टीको चिह्नमा हात पुग्ने प्रवृत्तिलाई परिवर्तन गराउन आफूहरूले निकै ठूलो प्रयास गर्नुपर्ने शिक्षा प्राप्त गरेको केसी बताउँछिन् ।

'हारले मलाई झन् उत्साहित बनाएको छ,' केसीले भनिन्, 'कुनै आवधिक निर्वाचन थिएन, उपनिर्वाचनमा जित्नेहरूले पनि राजनीतिक रूपमा खासै ठूलो भूमिका प्राप्त गर्दैनन् । तर हामी जन-जनको घरदैलोमा पुग्यौं । हाम्रो सांगठानिक स्थिति कस्तो रहेछ भन्ने बुझ्यौं । यो नै हाम्रो लागि जितबराबर हो ।'

कास्कीमा २१ जनाले मनोनयन दर्ता गराएका थिए भने हार्नेहरूमध्ये नेपाली कांग्रेसबाहेक सबैको जमानत  जफत भएको छ ।

निर्वाचन ऐनमा कूल खसेको मतको १० प्रतिशत ल्याउन नसके जमानत जफत हुने उल्लेख छ ।

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये  ४५ हजार ५४६ ले मात्र मतदान गरेका थिए । तीमध्ये साझा पार्टीकी उम्मेदवार केसीले जम्मा ९ सय ४२ मत ल्याइन् ।

विजयी नेकपा उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत पाए । 

तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको १ हजार ९ सय २२ तथा चौंथो स्थानका राप्रपा उम्मेदवार रोमबहादुर भण्डारीले १ हजार १५३ मत पाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x