×

जेब्राक्रसमा पनि सुरक्षित छैनन् पैदल यात्री, एक वर्षभित्र काठमाडौंमा ९३ जनाले गुमाए ज्यान

मंसिर १९, २०७६

राजधानी काठमाडौंको सडक पैदल यात्रीका लागि निकै असुरक्षित बनेको छ । बढ्दो सवारी चाप र ट्राफिक नियम पालना नगर्ने प्रवृत्तिका कारण पैदल यात्रीहरूले सडकमा असुरक्षित बन्नुपरेको हो ।

त्यसो त पैदल यात्रा गर्नेहरूमध्ये कमैले मात्र ट्राफिक नियमको पालना गर्छन् । आकाशे पुल र जेब्राक्रस हुँदाहुँदै जथाभावी सडक पार गर्ने गरेको देखिन्छ, जसका कारण पनि दुर्घटना निम्तिने गरेको छ ।


Advertisment

महानगरीय ट्राफिक प्रहरीको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्षमा २०७५/०७६ मा राजधानी काठमाडौंको सडकमा पैदलयात्रा गर्ने ९३ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।


Advertisment

चालू आर्थिक वर्षको पहिलो ४ महिनामा यसरी मृत्यु हुने पैदल यात्रीको संख्या २९ पुगिसकेको छ । ‘पछिल्लो ४ महिना (२०७५/७६ को असार मसान्तपछि) मा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी २९ जना पैदल यात्रीको ज्यान गइसकेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले लोकान्तरसँग भने ।

कतिपयले त जेब्राक्रसमै पनि सवारीको ठक्करबाट ज्यान गुमाएका छन् । 

‘सडकमा सवारी चलाउँदा कुनैपनि सवारीले जेब्राक्रसअगाडि गाडीको गति घटाएको देखिँदैन, चालकमा विवेकको कमी छ,’ एसपी पौडेलले भने ।

केही दिनअघि मर्निङवाकमा रहेका सिभिल अस्पतालका डाक्टर प्रभु जोशीको बानेश्वरमा गाडीको ठक्करबाट मृत्यु भएको थियो ।

जनचेतनाका लागि ८ सयभन्दा बढी स्वयंसेवक

उपत्याकामा ट्राफिक जनचेतना कमी देखिन्छ । विद्यालय तथा कलेजबाट ट्राफिक सचेतना फैलाउन महाशाखाले अहिलेसम्म विभिन्न कलेज तथा स्कूलका ८ सय ४० जना स्वयंसेवक खटाएको एसपी पौडलले लोकान्तरलाई जानकारी दिए ।

पहिलो चरणमा वैशाखमा विभिन्न कलेजका ५ सयजना विद्यार्थीलाई स्वयंसेवकको रूपमा खटाइएको थियो भने पछिल्लो समयमा ३ सय ४० जना विद्यार्थी खटाइएको छ ।

‘कलेजका विद्यार्थीहरूले प्रत्यक्षरूपमा ट्राफिक नियमका बारेमा बारेमा ज्ञान पाऊन् र उनीहरूले अरूलाई पनि सिकाऊन् भन्ने उद्देश्यले विद्यार्थीलाई खटाएका हौं,’ एसपी पौडलले भने ।

काठमाडौं उपत्यकामा दुर्घटनाको अवस्था 

काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा २ सय ५४ जनाको सडक दुर्घटनामा परी ज्यान गएको छ । ३ सय १७ जना गम्भीर घाइते भएका छन् भने ५ हजार ८ सय ९० जना सामान्य घाइते भएको तथ्यांक छ ।

उपत्यकामा ८ हजार सवारी चालक कारवाहीमा

काठमाडौंमा प्रत्यक्षबाहेक सीसीटीभीको मद्दतबाट पनि दैनिक कयौं सवारी चालक कारवाहीमा पर्ने गरेका छन् ।

आर्थिक २०७५/०७६ को तथ्यांकलाई हेर्ने हो भने २०७४ माघ २५ गतेदेखि २०७६ असार मसान्तसम्म ८ हजार ९ सय ३१ जना सवारी चालक कारवाहीमा परेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ५१ जना र आर्थिक वर्ष ८ हजार ३ सय ८० वटा सवारी कारवाहीमा परेका छन् । सीसीटीभीबाट २०७४ माघ २५ गतेबाट ट्राफिक प्रहरीले शुरूआत गरेको थियो । 

२०७५ साउनमा २ सय ५६ वटा, भदौमा १ सय ८६, असोजमा २ सय १८ वटा, कात्तिकमा १ सय ६१ वटा, मंसिरमा १ सय ४४ वटा, पुसमा १ सय ४६ वटा, माघमा १ सय ५० वटा, फागुनमा १ सय ६० वटा, चैतमा १ सय ५१ वटा, २०७६ वैशाख १ सय ६५ वटा, जेठमा १ सय ५० वटा र असारमा १ सय १० जना गरी १ हजार ९ सय ९७ वटा सवारीसाधनका चालक कारवाहीमा परेका छन् ।

महानगरीय प्रहरी कार्यालयमा सीसीटीभीबाट रेकर्ड भएको भिडियो फूटेजको आधारमा ट्राफिक प्रहरी महाशाखाले घरबाटै बोलाएर कारवाही गर्ने गरेको एसपी पौडेलले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालयले ‘अन द स्पट’ समेत कारवाही गर्ने गरेको छ ।

२०७५ साउनमा ३ सय ६५ वटा, भदौमा १ सय ८४, असोजमा २ सय वटा, कात्तिकमा १ सय ५ वटा, मंसिरमा १ सय ६६ वटा, पुसमा २ सय ७७ वटा, माघमा २ सय २९ वटा, फागुनमा ३ सय ६३ वटा, चैतमा ४ सय ४६ वटा, २०७६ वैशाख ९ सय ९४ वटा, जेठमा ८ सय ५६ वटा र असारमा १ हजार १ सय २९ जना गरी ५ हजार ३ सय १४ वटा सवारी साधनका चालक कारवाहीमा परेका छन् ।

‘सर्भिलियन्स भेहिकल’बाट २०७५ साउनमा १ सय ६ वटा, भदौमा १ सय ५२, असोजमा १ सय ४२ वटा, कात्तिकमा १ सय ५० वटा, मंसिरमा ८२ वटा, पुसमा ९९ वटा, माघमा ९८ वटा, फागुनमा ५७ वटा, चैतमा ५४ वटा, २०७६ वैशाख ५५ वटा, जेठमा ३९ र असारमा ३५ वटा गरी १ हजार ६९ वटा सवारीका चालक कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीले काठमाडौंमा सीसीटीभी निगरानीलाई २०७४ माघ २५ गतेबाट प्रयोगमा ल्याएको थियो । ‘सर्भिलियन्स भेहिकल’बाट कारवाही गर्ने अभ्यास २०७५ जेठ ११ गतेबाट शुरू भएको हो ।

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x