×

NIC ASIA

लुम्बिनी क्षेत्रका विकास आयोजनामा नयाँ मन्त्रीको विशेष चासो

मंसिर २२, २०७६

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भइरहेका तथा थप सम्भाव्यता अध्ययन भइरहेका यस क्षेत्रका आयोजनाहरूमा संघीय सरकारले विशेष चासो दिएको छ । लुम्बिनीलाई केन्द्रविन्दु मानेर रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका विभिन्न क्षेत्रमा चलिरहेका आयोजनाहरू विशेष प्राथमिकतामा परेका छन् ।

Muktinath Bank

संघीय सरकारका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयका सचिव एवं विभागका महानिर्देशकसहित प्राविधिक लिएर ती आयोजनाको विशेष अनुगमनमा आएका छन् । उनी मन्त्री बनेपछिको पहिलो अनुगमन र औपचारिक सार्वजनिक कार्यक्रम नै यही बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सडक, भैरहवा–लुम्बिनी सडक, लुम्बिनी–कपिलवस्तु तौलिहवा सडक, बेलबास–बेथरी, फायरलायन–हरैया–लुम्बिनी सडक तथा हुलाकी सडक र अहिले बन्ने तयारीमा रहेको बुटवल–नारायणघाट सडकको निरिक्षण एवम् अनुगमन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

रुग्ण अवस्थामा रहेका, समस्याग्रस्त भएका र समस्याउन्मुख सबैखाले आयोजनाहरूको लगत संकलन गर्ने काम भइरहेको भन्दै मन्त्री नेम्बाङले अध्यय्नलगत्तै अर्को कदम चालिने बताए । उनले कतिपय आयोजनाहरू हेर्दा हेर्दै त्यहीँबाट तत्कालै पनि निर्देशन दिएका थिए ।

Vianet communication

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेपछिको पहिलो कार्यक्रमकै रुपमा मन्त्री  नेम्वाङ् राष्ट्रिय गौरवका आयोजनाको स्थलगत निरीक्षणमा निस्किएका हुन् । मन्त्री पदमा बहाली भएपछि पहिलोपटक पवित्र स्थल लुम्बिनीमा आएको उनले बताए । जिल्ला–जिल्लामा पुगेर उनले ठूला आयोजनाको निरीक्षण गरिएको र सम्भव भएसम्म सबैको पछिल्लो अवस्थाको विवरण लिने काम भएको मन्त्रीको भनाइ छ ।

मन्त्री नेम्वाङ मन्त्रालयका सचिव, विभागका महानिर्देशकसहितको टोली लिएर आयोजनाको निरीक्षणमा आएका थिए । टोलीले निर्माणाधीन बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा लुम्बिनी तिलौराकोट सडकखण्ड, सिद्धबाबा सडक खण्ड, बुटवल–नारायणगढ सडक खण्ड र तिनाउ, दानव, कञ्चन, रोहिणीलगायतका नदीहरूमा बन्न लागेका पुलहरूसमेतका आयोजनाको निरीक्षण गरेको उनीसंगै निरीक्षणमा पुगेका प्रदेश सभा ५ का नेकपाका प्रमुख सचेतक तथा नेकपाका युवा नेता भूमिश्वर ढकालले जनकारी दिए । निर्माणाधीन आयोजनाको काम सुस्त रहेको उल्लेख गर्दै कामको गति बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनले बताए ।

मन्त्री नेम्बाङले अनुगमनका क्रममा भैरहवा एयरपोर्टदेखि लुम्बिनीखण्डमा पर्ने तिनाउ–डण्डा नदिमा निर्माणाधिन तीन वटा पुलहरूको तत्काल ठेक्का रद्ध गर्न निर्देशन दिएको जानकारी गराउँदै मन्त्री नेम्बाङले ढिलासुस्ती भएका आयोजनाहरूमा सरकार कडा रुपमा प्रस्तुत हुने संकेत दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x