दूधसँग केरा खाएको आरोपमा इजिप्टकी गायिका जेल चलान !

म्युजिक भिडियोमा अर्धनग्न भएर केरा खाँदै गरेको देखिएकी इजिप्टकी एक पपगीत गायिकालाई ‘अश्लीलता भड्काएको’ आरोपमा दुई वर्षको कारावास सजाय सुनाइएको छ । 

शाईमा अहमद भिडियोमा अन्तर्वस्त्र लगाएर जवान केटाहरूको क्लासरूममा रहेको देखिन्छिन् । 

क्लासको कालोपाटीमा 'क्लास ६९' लेखिएको देखिन्छ र उनी सेक्सी तालले स्याउ र केरा खाइरहेकी अनि केरामा दूध खन्याइरहेकी देखिन्छिन् । 

‘आई ह्याभ इस्युज’ बोलको गीतको भिडियोले सामाजिक सञ्जालमा हंगामा मच्चाएको थियो । इजिप्टको पुरातनपन्थी समाजमा यसको बारेमा धेरै चर्चा भएको थियो । 

धेरै उजुरीहरू परेपछि यी २५ वर्षीया गायिकालाई थुनामा राख्नुपर्ने भनी अभियोजकहरूले निर्देशन दिएका थिए । 

इजिप्टको एक अदालतले उनलाई अश्लीलता फैलाएको आरोपमा दुई वर्षे कारावास सजाय सुनाएको थियो । 


Advertisement

उनलाई १० हजार इजिप्सियन पाउन्डको जरिवाना पनि लगाइएको छ र उनले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछिन् । 

भिडियोका निर्देशकलाई पनि जरिवाना लगाइएर दुई वर्षको कारावास सजाय दिइएको छ । अश्लीलता भड्काएको र सार्वजनिक नैतिकतामा क्षति पु–याउने गरी भिडियो बनाएको आरोप दुवैलाई लगाइएको छ । 

एजेन्सी


Advertisement

कमेन्ट गर्नुहोस्