×

NMB BANK
NIC ASIA

ऋणको बोझले त्रिशूलीमा हेलिए २ नाबालकसहित दम्पति

माघ ४, २०७६

NTC
तस्वीर सौजन्य : साझापोस्टडटकम
Premier Steels

काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न नसकेपछि उनले बिहीबार गलत बाटो रोजे। त्यही घटनामा उनले पत्नी जमुनालाई गुमाएनन् मात्रै, दुई नाबालक छोरा ६ र २२ महिनाका नदीमा बेपत्ता भए।

Muktinath Bank

धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ बाँदरे घुम्तीनजिकै विनय र उनकी पत्नी जमुनाले एक÷एक छोरा च्यापेर त्रिशूलीमा हामफालेका थिए। त्यसलगत्तै स्थानीय रिसोर्ट र होटल सञ्चालकले विनयलाई जीवितै उद्धार गरे। जमुना मृत अवस्थामा भेटिएकी थिइन्। अन्दाजी २ सय मिटर तलसम्म बगेका दुवै बच्चा शुक्रबारसम्म पनि भेटिएका छैनन्। प्रहरीले शुक्रबार बिहानदेखि खोजी गरेको थियो। बिहीबार साँझदेखि वर्षा भइरहेको र नदी धमिलो रहेकाले उनीहरूको खोजीमा कठिनाइ भएको इलाका प्रहरी गजुरीले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामिछाने दम्पतीको सानो छोरोको पास्नी शुक्रबारका लागि तय भएको थियो। चन्द्रागिरीस्थित घरमा सुतक परेको र शुक्रबारै उत्तम साइत रहेकाले जमुनाको माइतबाट पास्नी गर्ने तयारीका साथ उनीहरू बिहीबार धादिङ हिँडेका थिए। तर, आदमघाट बजार झर्नुपर्नेमा पौने घण्टाको दूरीमा रहेको बेनीघाटस्थित बाँदरे घुम्ती पुगेका थिए। ‘उनीहरू यहाँ आदमघाटमा नझरी सिधै उता पुगेछन्’, जमुनाका दाइ जगत रेग्मीले भने, ‘भान्जाको भात खुवाइको तयारीमा उनीहरूलाई पर्खिरहेका थियौं। अचानक दुःखको खबर सुन्नुपर्‍यो।’


Advertisment
Nabil box
Kumari

नदी किनारमा छाडेको झोलामा बच्चालाई भात खुवाइमा लगाउने चाँदीको बालासमेत भेटिएको थियो। घुम्तीमा आइपुगेपछि झोलुंगे पुल तरेर गोरखा घ्याल्चोकबाट उनीहरू त्रिशूलीमा हेलिएका थिए। त्यसअघि घुम्तीको होटलमा घरबाटै बोकेको दूध तताएर बच्चालाई खुवाएपछि उनीहरू गोरखातर्फ लागेको होटल सञ्चालक वदनकुमारी श्रेष्ठले सुनाइन्।

Vianet communication

आत्महत्याको तयारीसाथ उनीहरूले घर छाडेको खुलेको जिल्ला प्रहरी धादिङका प्रमुख रवीन्द्र रेग्मीले बताए। ‘थानकोटस्थित घरमा सिरानीमुनि रहेको सुसाइड नोट प्रहरीले बरामद गरेको छ’, उनले भने, ‘त्यसमा व्यवसाय गर्दा थुप्रै ऋण लागेको र ऋणको साँवाब्याज तिर्न नसकेर आत्महत्याको बाटो रोजेको उल्लेख छ।’

घटनाको अनुसन्धानका लागि विनय गजुरी प्रहरीको हिरासतमा छन्। ‘उनीहरू योजनाबद्ध तरिकाले आत्महत्या गर्न निस्किएका रहेछन्’, जिल्ला प्रहरी प्रमुख रेग्मीले भने, ‘सुरुमा बच्चालाई छाडेरै जाने सल्लाह गरे पनि आफूहरू नरहेपछि बच्चाको बिचल्ली हुने सोचेर उनीहरूसहित आत्महत्याको प्रयास गरेको विनयले प्रहरीलाई बताएका छन्।’ उनीहरू कसरी आत्महत्या गर्न बाध्य भए र त्यसको पछाडि अरू के–के कारण थिए भनेर अनुसन्धान भइरहेको उनले बताए।

विनयले सुरुमा आफू मात्रै आत्महत्या गर्ने योजना पत्नीलाई सुनाएका थिए। जमुनाले ‘सँगै बाँच्ने सँगै मर्ने कसम खाएको’ भन्दै आफू पनि आत्महत्या गर्ने अडान लिइन्। विनयले ‘दुई अबोध बालकलाई कसले हेर्ने ? तिमी त बाँच्नुपर्छ’ भने पनि जमुनाले मानिनन्। विनयले प्रहरीमा दिएको बयानअनुसार जेठो छोरो आफूले च्यापे भने कान्छो जमुनाले।

सुसाइड नोटसँगै उनीहरू आफूले ऋण तिर्नुपर्ने व्यक्तिलाई रकमसहितको सूचीका साथै आफ्नो मृत्युपछिको किरिया खर्चसमेत छाडेको पाइएको छ। विनयले घरमा रहेका ९६ वर्षीय हजुरबुवालाई सम्बोधन गर्दै माफ गरिदिन पनि लेखेको पारिवारिक स्रोतले जनाएको छ।

ऋणीहरू पनि अनुसन्धानमा : प्रहरी

पेसाले शिक्षक विनयले साथीसँग मिलेर अनलाइन व्यापारमा लगानी गरेका थिए। सुरुमा नाफा कमाए पनि पछिल्ला वर्षमा थुप्रै घाटा बेहोरे। साथीहरूले पनि छाडेपछि एक्लै व्यवसाय धान्दै आएका उनले पछिल्लो एक वर्षमा डेढ करोडभन्दा बढी ऋण लिएको ऋणीको लिस्टमा उल्लेख रहेको प्रहरीले जनाएको छ।

‘ऋणबारे हामीलाई थाहा थिएन। तनाव भए पनि त्यस्तो अप्रिय निर्णय लेला भन्ने हामीले सोचेका थिएनौं’, दाजु नाता पर्ने हरिहर लामिछानेले भने, ‘पहिला कलेज पढाउँथ्यो। अहिले कमोडिटी व्यापार गर्दै आएको थियो। एक्कासि सोच्दै नसोचेको घटना भोग्नुपर्‍यो। जे नहुनु थियो त्यो भयो, अब विनयलाई सम्हाल्नु छ।’

विनयले व्यवसाय गर्दा लागेको ऋण तिर्र्नै नसकेर आत्महत्याको बाटो रोजेको हुन सक्ने धादिङका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए। ‘उनले ऋण लिएका व्यक्तिहरू को–को हुन् ? तिनीहरूले कसरी ऋण दिएका थिए ? त्यो पनि हामी अनुसन्धान गर्दै छौं’, उनले भने, ‘बजारमा अहिले मिटरब्याजका कारण पनि यो घटना भएको हल्ला चलेको छ। त्यसैले विनयले बनाएको सूचीलाई हामीले गोप्य राखेर अनुसन्धान गरिरहेका छौं।’

जमुनाले पनि जनवरी ४ बेलुकी फेसबुकमार्फत थानकोटमा आएका नयाँ डीएसपीलाई मिटरब्याजमा पैसा लगाउने ऋणीलाई कारबाही गर्न माग गरेकी थिइन्। ‘घटना भएको छ तर मिटरब्याजीकै दबाब हो भन्न सकिने अवस्था छैन’, रेग्मीले भने, ‘अनुसन्धान गर्दै जाँदा मिटरब्याजकै कारण यो घटना भएको रहेछ भने ऋण दिनेहरूलाई पनि हामी अनुसन्धानको दायरामा ल्याउँछौं।’

विनयले अनलाइनमार्फत व्यापार÷व्यवसाय गर्ने गरेको तर यति धेरै ऋण गरेको र घाटा लागेको भन्ने आफूले थाहा नपाएको छिमेकी श्रीराम लामिछानेले सुनाए। बेपत्ता भएका दुई नाबालकको खोजीका लागि बेनीघाट आए श्रीरामले भने, ‘मिटरब्याजको कुरा त केही थाहा पाएका छैनौं तर ऋण लागेको भने रहेछ।’

गल्छी गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका जमुनाका दाजु कपिलप्रसाद रेग्मीले बहिनीसँग एक साताअघि फोनमा कुरा गरेको सुनाए। ‘अनलाइनको फारम भर्नुपर्छ भनेकी थिइन्। मैले पछि गरौंला भनेको थिएँ’, उनले भने, ‘बिहीबार त्यस्तो घटना सुन्नुपर्‍यो।’

पत्नीलाई समातेर बगिरहेका थिए विनय : उद्धारकर्मी राजेन्द्र श्रेष्ठ

म आफू काम गर्ने रिसोर्टमा त्रिशूलीको साइडतर्फ बसिरहेको थिएँ। एक्कासि झोलुंगे पुलमा केही मान्छे ‘मान्छे बगायो, मान्छे बगायो’ भनेर चिच्याइरहेको सुनें। म कायक चालक भएकाले हत्तपत्त कायक लिएर नदीमा पसिहालें। केही तल मान्छे बगाएको देखेपछि कायकलाई त्यतै लगें।

केटा मान्छे होसमै थियो। केटी मान्छेको खुट्टा समाउँदै सँगै बग्दै रहेछन्। मैले मेरो कायकमा समाउन लगाएँ। केटी मान्छेलाई आफैं समातेर पाखामा ल्याएँ। उनीहरूलाई बाहिर ल्याउँदा केटी मान्छे बेहोस थिइन्। सायद उनको मृत्यु भइसकेको थियो। उनीहरूलाई पाखा ल्याएपछि मात्रै दुई बच्चा पनि थियो भन्ने थाहा पाएँ। मैले नदीमा भने देखिनँ। पुलमा बस्नेहरूले बच्चा पनि बगेको देखेका रहेछन्। अलिक तलसम्म त पुगेर खोजी गर्‍यौं तर बच्चा फेला पार्न सकिएन। (बेनीघाटका कायक चालक  श्रेष्ठसँग टेलिफोनमा गरिएको कुराकानी)

छोराहरू छाडिदिएको भए मै पालिदिन्थें : होटल सञ्चालक श्रेष्ठ

बूढाबूढी गाडीबाट सँगै झरे। सिमसिम पानी परिरहेको थियो। उनीहरूले छाता किन्न खोजे। यता वरिपरि पसल थिएन। पतिले छोराहरू बोकेपछि पत्नी शौचालय गइन्। उनी नआउन्जेल पतिले यताउता हेरिरहे। पारि जाने बाटो खोजेको होला भन्ने लाग्यो। बच्चा बोकेर यहीं उभिरहेका थिए।

उनीहरूले दूध पनि बट्टाबाट ल्याएका रहेछन्। शौचालयबाट फर्केर आएपछि उनीहरूले उत्तापट्टि मेरी बहिनीको घरमा तताएर सानो छोरालाई खुवाए। बहिनीका छोराहरूले बच्चालाई ताली बजाएर जिस्क्याए, हँसाए पनि। एकछिन यतै बसे। त्यसपछि यही झोलुंगे पुल तरेर उनीहरू पारि गए।

 बाँदरे मोडमा लामिछाने दम्पतीलाई प्रत्यक्ष भेटेकी होटल सञ्चालक वदनकुमारी श्रेष्ठ ।

होटलमा दिनहुँ सयौं मान्छे आउँछन्–जान्छन्। को कहाँको कता जान लागेको भने केही पनि सोधिनँ। एकछिनपछि ‘मान्छे बगायो–बगायो’ भन्ने हल्लाखल्ला आयो। मेरी बहिनीका छोराहरू कायक चलाउँथे। हत्तपत्त उनीहरू कायक लिएर दगुरे। केही बेर तल पुगेपछि केटाहरूले बूढाबूढीलाई समातेर निकालेछन्। बच्चाहरू फेला परेनन्। उनीहरू त्यही दम्पती रहेछन्, केही बेरअघि यही बसेर बच्चालाई दूध खुवाएर गएका थिए। (भक्कानिँदै) पानीमा ती बच्चाहरूलाई कस्तो भयो होला ?  कति निसास्सिए होलान् ? बरु बच्चा यही छाडेर गइएको भए मै पालिदिन्थें।(बाँदरे मोडमा होटल सञ्चालक वदनकुमारी  श्रेष्ठसँगको कुराकानी) अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x