चिनियाँ कोरोनाभाइरस चमेरोबाट फैलिएको वैज्ञानिकहरूको विश्वास

चीनमा अहिले कोरोनाभाइरस नामक संक्रमणका कारण २६ जनाको ज्यान गइसकेको छ र ८३० जना संक्रमित भइसकेका छन् ।

वैज्ञानिकहरूले उड्ने स्तनधारीहरूबाट यो भाइरस शुरू भएको विश्वास गरेका छन् । चीनको वुहान शहर संक्रमणको केन्द्र हो र त्यहाँबाट नै यो संक्रमण देखिन थालेको बताइन्छ । पहिलोपटक संक्रमण भएका व्यक्तिले चमेरो खाएको हुन सक्ने विश्वास गरिएको छ ।


Advertisement

यो भाइरसले निमोनिया गराउँछ तर यसको बारेमा विस्तृत जानकारी वैज्ञानिकहरूसँग छैन । तर उनीहरूले सर्प वा चमेराबाट यो भाइरस मानिसमा सरेको हुन सक्ने बताएका छन् । 

चीनका एक अग्रणी संक्रमणविद् (भाइरोलोजिस्ट) ले यो खतरनाक कोरोनाभाइरसले १७ वर्षअघिको सार्सभन्दा १० गुणा बढी महामारी फैलाउनसक्ने चेतावनी दिएका छन् । 


Advertisement

परम्परागत चिनियाँ औषधविज्ञानमा खोकी, औलो र यौनरोग लगायतका रोगमा चमेरो उपयोग गर्ने गरिएको छ । 

चमेरोको मलले चक्षुरोगलाई निको गर्ने विश्वास गरिएको प्राचीन चिनियाँ स्वास्थ्य ग्रन्थ बेन चाओ गाङ मुमा उल्लेखित छ । 

चीनको सामाजिक सञ्जाल वीबोमा एउटा भिडियो अहिले भाइरल भइरहेको छ । त्यसमा एक युवतीले चमेरोको पखेटा खाइरहेको देखिन्छ । 

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्