×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कागजात झिकाउन आदेश

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Muktinath Bank

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सोमवार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्त गर्दाको कागजात झिकाउने आदेश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णय खारेजीको माग गर्दै उन्मुक्तिका चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।


Advertisment
Nabil box
Kumari

न्यायाधीश ढकालको इजलासले मुख्यमन्त्री पदमा सोडारीलाई नियुक्त गरिएका कागजात झिकाउने र रिटको सुनुवाइ पूर्ण इजलासमा गर्ने आदेश जारी गरेको हो ।

Vianet communication

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि कांग्रेस-एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीले दाबी पेस गरेका थिए ।

एउटै पार्टीबाट दुई व्यक्तिका दाबी आएको भन्दै प्रदेश प्रमुखले नजिर मियाँले खारेज गरिदिएका थिए ।

त्यसपछि एकीकृत समाजवादीले लक्षम्णकिशोरलाई दिएको समर्थन फिर्ता लिएर वैशाख ६ मा सुदूरपश्चिम प्रदेश प्रमुखबाट दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्दा लिएका निर्णयको सक्कल फाइल वैशाख २० भित्र झिकाउन सर्वोच्चले आदेश दिएको छ ।​

यस्तो छ आदेश

nullnull

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x