×

NMB BANK
NIC ASIA

प्रचारको नयाँ शैली

फरक सन्देश दिइरहेको इलामको उपचुनावः शालीन उम्मेदवार, शान्त मतदाता !

सबैले आफ्ना एजेण्डा सुनाउँछन्, कसैको विरोध गर्दैनन्

इलाम | बैशाख १२, २०८१

NTC
Premier Steels

युवा उम्मेदवारको बाहुल्यता रहेको इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनअन्तर्गत चुनावी प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । आजै राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न पाइँदैन । 

Muktinath Bank

मौन अवधि सुरु हुनुअघि उम्मेदवारहरू आ–आफ्नो पक्षमा मत तान्न तल्लीन छन् । यसपालि इलाममा नयाँ शैलीमा चुनाव प्रचार भइरहेको छ । युवा उम्मेदवारहरू अर्काको विरोध नगरी मत मागिरहेका छन् । यसअघिका चुनावमा भने उम्मेदवारहरूबीच आरोप–प्रत्यारोप हुने गरेको थियो । उप निर्वाचनमा नेकपा (एमाले)ले सुवास नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा झिनो मतान्तरले विजयी भएका नेम्वाङको निधनपछि इलाम–२ मा उपचुनाव हुन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । उनी गत चुनावमा एमालेका नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए  । २०७९ को चुनावमा एमालेका नेम्वाङसँग कांग्रेसका खड्का ११४ मतले पराजित भएका थिए । त्योबेला खड्कालाई माओवादी र एकीकृत समाजवादीको साथ थियो । अहिले खड्का एक्लै मैदानमा छन् भने सुहाङलाई माओवादीले साथ दिएको छ । एकीकृत समाजवादी भने आफ्नै उम्मेदवारसहित चुनावी मैदानमा छ । 

Vianet communication

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । यस्तै पहिचानवादी समूहको समर्थन रहेका स्वतन्त्र डकेन्द्रसिंह लिम्बूलगायत १९ उम्मेदवार चुनावी मैदानमा छन् । मूलतः माथि उल्लेखित चार उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

एमालेका सुहाङरास्वपाका मिलनको उमेर उस्तउस्तै छ । दुवै जना ३३/३२ वर्षका भए । दुवै उम्मेदवारले एक अर्काको विरोध गरेका छैनन् । मतदातालाई आफ्ना कुरा मात्रै सुनाउने गरेका छन् । 

सुहाङले त झन् ३/४ मिनेटभन्दा लामो भाषणसमेत गर्दैनन् । उनले सम्बोधनसमेत एकमुस्ट गर्ने गर्छन् । होच्याउने गाली गर्नेजस्ता कुनै शब्द उनले आफ्नो भाषणमा प्रयोग गर्दैनन्  । मिलनले पनि कसैलाई गाली नगरी आफ्ना एजेन्डा मात्रै भन्ने गरेका छन् । 

null

कांग्रेस नेताहरूले भने सुहाङलाई 'बाउको उत्तराधिकारी छोरो नहुने' भन्दै विरोध गर्ने गर्छन् । यस्तो राजसंस्थामा मात्रै हुने उनीहरूको तर्क हुन्छ । तर, कांग्रेसका उम्मेदवार खड्का भने अरु उम्मेदवारको खासै विरोध गर्दैनन् । उनले केन्द्रको गठबन्धन इलाममा लागू नहुने मात्रै बताउँदै आएका छन् । 

पहिचानको विषयमा चर्काे आवाज उठाउने डकेन्द्रले पनि कुनै दल तथा उम्मेदवारको विरोध गर्दैनन्  । उनी पूर्वशिक्षक समेत हुन् । उनले रास्वपा एमाले र कांग्रेस आफ्ना लागि चुनौती रहेको बताउने गरेका छन् ।  एक अर्काको विरोध नगरी आफ्ना चुनावी एजेन्डा मात्रै सुनाएर इलामका उम्मेदवारहरूले एउटा सन्देश दिइरहेका छन् । 

इलामको माई नगरपालिकाका टेकबहादुर सारू मगरले सबै दलले एक अर्कालाई गाली नगरी सभा तथा घरदैलो गर्ने गरेको बताए । ‘मैले सबै दलका कोणसभाहरू हेरें,’ उनले भने, ‘एकले अर्काको विरोध गरेको पाइएन । राम्रो लाग्यो ।’ 

उम्मेदवारले एकअर्काको विरोध नगरे पनि बाहिरबाट चुनाव प्रचारमा आउनेहरूले भने चर्को आलोचना गर्ने गरेको उनले बताए । बाहिरबाट आउनेहरूले सामाजिक सद्भाव बिग्रनेगरी बोल्ने गरेको उनको गुनासो छ ।

null

उम्मेदवार मात्रै होइन मतदाता पनि शान्त छन् । इलाम नगरपालिका–११ स्थित प्रकाशपुरमा प्रकाश नेम्वाङको पसल छ । प्रकाशपुर गाउँमा पर्छ । यो क्षेत्रमा एउटा मात्रै पसल छ । पसलमा ग्राहकको आउजाउ बाक्लै हुन्छ । पसलमा फरकफरक पार्टीका कार्यकर्ता आउने गरेका छन् । तर, कसैले एकअर्काको विरोध गर्ने नगरेको उनले बताए ।  

एमालेको विरोध गर्ने पार्टी नेकपा (एकीकृत समाजवादी)ले पनि अहिले कसैको विरोध गरेको छैन । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । उनले पहिचानलाई मुख्य एजेन्डा बनाएका छन् ।

यी पनि पढ्नुहोस् 

इलाम-२ उपचुनावः रास्वपालाई ‘सहकारी’ भारी, कांग्रेस-एमालेलाई 'मुढा'को चुनौती

इलाम-२ उपचुनाव: सहकारीका प्रश्नले घेरिन्छन् वाग्ले, तर्कीतर्की हिँड्छन् लामिछाने

इलामको चुनावी मैदानमा फरक देखिएका सुहाङ– बुवाकै शैली, मतदाता रिझाउने मिजास !

इलाम-२ उपनिर्वाचनः ‘मिसन ०८४’ हेरिरहेका दललाई आफ्नै शक्ति जाँच्ने अवसर

इलाम-२ उपचुनाव: प्रचारमा केन्द्रीय नेताको लर्को, नयाँ मतदाता अझै अन्योलमा

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x