कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडाैं | बैशाख १३, २०८१
टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै भजनी, लम्कीचुहा र बर्दबगोरियामा आगलागीबाट लाखौँको धनमाल तथा पशुचौपायामा क्षति भएको जनाइएको छ ।
लम्कीचुहा नगरपालिका–८ र १० मा गोठमा आगलागी हुँदा तीनवटा गोठ जलेर नष्ट भएका छन् भने केही पशुचौपाया पनि मरेका छन् । गप्काका उदय साउदका दुईवटा बाख्रा जलेर मरेका छन् भने दुईवटा गोरु घाइते भएका छन् । यस्तै पुरन भण्डारीको गोठ जलेर नष्ट भएको छ ।
चुहाका भूमिनन्द देवकोटाको एउटा भैँसी जलेर मरेको छ भने गोठमा राखेको अन्नपात जलेर नष्ट भएको छ । स्थानीयले गहुँको नल जलाउनका लागि खेतमा लगाएको आगो गोठमा सल्किएपछि ठूलो क्षति भएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
यसैगरी भजनी नगरपालिकाको वडा नं ३ पिपलचोकका दीपक सापकोटाको खाली घर पनि जलेको छ । गहुँको नलमा लगाएको आगो घरमा सल्किएर एक घर जलेको स्थानीय खेमराज पाण्डेले जानकारी दिए । भजनी नगरपालिकाको चर्रामा पनि गहुँको नलमा आगलागी भएको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।
भजनी नगपालिका–३ मन्द्रीमा आगलागी हुँदा राष्ट्रिय माविको १६ बिघा जमिनमा लगाएको लिप्टिस बारी जलेको छ । आगो टीकापुर र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले निभाइएको छ ।
त्यस्तै बर्दगोरिया गाउँपालिका–२ मा एक कच्ची गोठमा आगलागी भएको छ । आगलागीबाट गहुँ, धान, लुगा कपडामा जल्नुका साथै एक भैँसी मरेको छ भने एक राँगा र एक बाख्रा जलेर घाइते छन् । खेतमा लगाएको आगो एक्कासी फैलिएर आगलागी भएको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि सबै पालिकासँग दमकल नभएकाले ठूलो क्षति बेहोर्नुपरिरहेको पालिकाले जनाएका छन् । भजनी नगरपालिकासँग आफ्नै दमकल छैन । भजनीमा आगलागीका घटना भएमा टीकापुर र घोडाघोडी नगरपालिकाबाट दमकलको सहायता लिने गरिएको विपद् सम्पर्क व्यक्ति विष्णु न्यौपानेले जानकारी दिए । ‘यी पालिकाबाट दमकल आउँदासम्म धेरै क्षति भइसक्छ,’ उनले भने, ‘आगलागी नियन्त्रणका लागि केही सामग्री छन् । ती सामग्री पनि जनशक्ति अभावमा प्रयोगमा ल्याउन सकिएको छैन ।’
कैलालीको भजनी, जोशीपुर र जानकी गाउँपालिकासँग दमकल छैन । यी पालिकामा आगलागी भएमा टीकापुर नगरपालिकाको दमकल प्रयोगमा ल्याउने गरिएको छ । कहिलेकाहीँ एकैपटक धेरै ठाउँमा आगलागी भएमा समस्या हुने गरेको छ ।
‘जहाँ पहिला आगलागी भयो त्यहाँ दमकल पठाइन्छ,’ टीकापुरका विपद् शाखा प्रमुख निर्मला चौधरीले भने, ‘कहिलेकाहीँ दमकल अन्य पालिकामा गएका बेला हाम्रै पालिकामा आगलागी भइदिन्छ । यस्तो बेला भने समस्या हुन्छ ।’ –रासस
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...