पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडाैं | बैशाख १६, २०८१
गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडाकारवाही गर्ने खालको ऐन–कानून आवश्यक रहेको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको ‘नीति निर्माणकर्ताहरूसँग वन नीतिमा छलफल’ कार्यक्रममा मुख्ममन्त्री अधिकारीले त्यस्तो बताएका हुन् ।
‘वनमा जानीनजानी डढेलो लगाउँदा बहुमूल्य काठ तथा जङ्गली जनावर तथा चराचुरुङ्गी संकटमा पर्नुका साथै पारिस्थिक प्रणालीमै गम्भीर असर गर्ने गरेको छ । त्यसैले यस्ता कार्यमा सङ्लग्नलाई कडाकारवाही गर्ने कानुन आवश्यक छ,’ उनले भने । त्यसैगरी उनले सामुदायिक वन उपभोक्ता महासंघले पनि डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना बनाउदै समुदायलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।
वागमती प्रदेशसभा सदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्वअध्यक्ष भारती पाठकले वनलाई समृद्धिको आधार बनाउने खालका नीति नियमको खाँचो औँल्याए । उनले उपभोक्ताले संरक्षणमा गरेको योगदानको उच्च कदर गर्दै वन पैदावारमा लगाइएको तेहेरो करको अन्त्य हुनुपर्ने उल्लेख गरे ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विर्ख शाही, महासचिव पार्वती गौतम, प्रदेशका उपाध्यक्ष किशोर सापकोटा, महासचिव आशु विकलगायतले वनको महत्व र डढेलो असरबारे प्रकाश पारेका थिए । -रासस
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...