×

NIC ASIA

३० दिनसम्म कसैले राजीनामा माग्न सक्दैन, १५ दिनमै विश्वासको मत लिन्छु : मुख्यमन्त्री यादव [अन्तर्वार्ता]

काठमाडाैं | बैशाख ३०, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकारले अब के गर्छ भन्ने विषयमा लोकान्तरकर्मी अजय अनुरागीले मधेश प्रदेशका मुख्यमन्त्री यादवसँग संक्षिप्त कुराकानी गरेका छन् । कुराकानीमा उनले पाँचौं पटक पनि विश्वासको मत लिने दाबी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :​


Advertisment
Rupse Holidays
Nabil box

एमाले र माओवादीले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि  सरकार अल्पमतमा छ, अब के गर्नुहुन्छ?

Vianet communication

सदनमा विश्वासको मत लिएपछि मात्र अल्पमत वा बहुमतको कुरा हुन्छ । समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत लिने अधिकार मसँग छ । म विश्वासको मत लिन्छु । मेरो पक्षमा फेरि पनि बहुमत आउँछ र म सरकारको नेतृत्व गर्छु ।

तपाईंको पक्षमा बहुमत आउला भन्ने छ र ?

शत प्रतिशत म विश्वस्त छु । चौथो पटक समर्थन लिएर मैले सरकारको नेतृत्व गरिरहेको छु । अब पाँचौं पटक पनि विश्वासको मत लिन्छु र म नै मुख्यमन्त्री रहिरहन्छु ।​

गणितले त्यो देखाउँदैन नि ?

तपाईं हेर्नुहोला । ३० दिन धेरै समय हुन्छ । अबको १५ दिनपछि सदनमा म विश्वासको मत लिन्छु । र, मेरै पक्षमा विश्वासको मत आउँछ ।​

एमाले र माओवादीले तपाईंलाई फुटेको जसपामा आए मुख्यमन्त्री दिने प्रस्ताव गरेको हो?

मलाईं पार्टी विभाजन गरेर आऊ भन्ने कसैको हिम्मत र आँट नै छैन ।

त्यसो भए तपाईंले पार्टी परिवर्तन गर्नु हुन्न?

म सधैं मधेशवादी पार्टीमा लागेको मान्छे हो । जसपा नेपाल छोडेर जाने कुरै छैन । म दल परिवर्तन गर्ने मान्छे नै होइन । २०५४ साल देखि म सद्‌भावना पार्टीबाट राजनीति गर्दै आएको हो । सद्‌भावना हुँदै राजपा र जसपा नेपालमा आएँ । म आज पनि जसपा नेपालमै छु । माननीय उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै छु । त्यहीं रहिरहन्छु । पदको लागि म उपेन्द्रजीको साथ छोड्नेबाला छैन । म उपेन्द्रजीसँगै रहिरहन्छु । मेरो लागि पद ठूलो कुरा होइन ।​

तपाईंले नै पुनर्गठन गर्नुभएको सरकारमा जसपा नेपाल र नेकपा एकीकृत समाजवादीका मात्र मन्त्री छन् । ५४ सांसद हुनुपर्नेमा २६ मात्र पुग्छ । अल्पमतमा परिसक्नु भयो । फेरि विश्वासको मत कसरी लिनुहुन्छ?

यस अघि पनि शपथपछि मैले तीन पटक विश्वासको मत लिइसकेको छु । कांग्रेस र एमालेले विश्वासको मत दिएकै हो । तपाईं ढुक्क हुनुस्, म विश्वासको मत पाउँछु ।​

तपाईंले विश्वासको मत पाउँछु भनिरहनु भएको छ । तर अब त तपाईंको पार्टीकै थुप्रै सांसद फुटेको जसपामा लागेर अर्को गठबन्धनमा जाने सम्भावना बढेको छ । तपाईं त झन्‌झन् अल्पमतमा पर्नुहुने अवस्था देखियो नि, होइन?

हामी १९ को १९ सांसद जसपा नेपालमा एकढिक्का छौं । कुनै पनि सांसद फुटेको पार्टीमा जानु हुन्न ।​

अब एमाले र माओवादीले तपाईंको राजीनामा माग्लान् । के तपाईंले राजीनामा दिनुहुन्छ ?

तपाईं एक पटक संविधान पनि त पढ्नुस् । समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने हो । अब ३० दिन सम्म कसैले मेरो राजीनामा माग्न सक्दैन । विश्वासको मत विफल भएपछि राजीनामा गर्ने हो । राजीनामा लिने प्रावधान नै छैन भने कसरी राजीनामा दिन्छु?

गणित नभए राजीनामा दिनु पर्दैन र ?

तपाईं कसरी बुझ्नु भयो कि मैले विश्वासको मत पाउँदिन ? समर्थन फिर्ता लिएर मात्र हुँदैन । १५ दिनपछि म विश्वासको मत लिन्छु भनिरहेकै छु ।

एमाले र माओवादीका मन्त्रीहरूले तपाईंसँग सल्लाह गरेरै राजीनामा दिनुभएको हो?

हिजोसम्म उहाँहरू यही सरकारलाई निरन्तरता दिने भनिरहनु भएको थियो । भोलि क्याबिनेट राख्ने कुरा उहाँहरूसँगै भनेको थिएँ । अगाडि कसरी बढ्ने भन्नेमा बैठक गरेको थिएँ । सचिवहरूसमेत राखेर बैठक गरौं भनेर हिजै कुरा भएको थियो । प्रगति विवरण माग्ने कुरा भएको थियो । आगामी बजेट ल्याउने विषयमा छलफल भएको थियो । तर, उहाँहरूले आज एकाएक राजीनामा दिनुभयो । फेरि म भन्छु, पाँचौं पटक पनि विश्वासको मत मेरै पक्षमा आउँछ ।

एमाले र माओवादीसहितका सांसदले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकोमा दाबी पेश गर्ने तयारी गरेको कुरा आएको छ । प्रदेश प्रमुखले पनि दाबी पेश गर्न आह्वान गर्नुभयो भने के गर्नुहुन्छ ?

प्रदेश प्रमुखले त्यसो गर्नै पाउनुहुन्न । जबसम्म सदनमा विश्वासको मत लिने प्रक्रियाको चरण पूरा हुँदैन तबसम्म प्रदेश प्रमुखले सरकार गठनको लागि दाबी पेश गर्न आह्वान नै गर्न पाउनु हुन्न । सदनमा मैले विश्वासको मत लिन नसके मात्र प्रदेश प्रमुख त्यो प्रक्रियामा जान पाउनुहुन्छ । त्यस अघिसम्म मेरै नेतृत्वमा सरकार रहिरहन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८१

कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । एउटा व्यक्ति सिरोहिया हाम्रा लागि महत्वपूर्ण हुन पनि सक्छन्, नहुन पनि सक्छन् । तर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष भएको नाताले नै सिरोहियालाई ’नन–इस्यू’मा पक्...

जेठ २७, २०८१

राजनीतिक स्थिरताका लागि निर्वाचन कानून सुधार गर्नेगरि दलहरूबीच अनौपचारिक छलफल चलिरहेको समयमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान पुनरवलोकन जरुरी भएको बताएका छन् ।  संविधानमा आवश्यक संशोधन र...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x