×

NIC ASIA

लोकान्तर समाचार प्रभाव

अमेरिका पठाउने धन्दामा संलग्न ३ कर्मचारीलाई प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हटायो

एक महिना अघिदेखि शुरू भएको थियो खेल, जनही ३५ लाखसम्म उठाउने योजना

काठमाडाैं | जेठ ९, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

टी-ट्वान्टी क्रिकेट विश्वकपको बहानामा अमेरिका पठाउने धन्दामा संलग्न भएका शाखा अधिकृत ज्ञानेन्द्र शर्मासहित ३ जनालाई प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हटाएको छ ।

सुशासन शाखाका उपसचिव विष्णु सुवेदी, स्टोरमा कार्यरत शाखा अधिकृत ज्ञानेन्द्र शर्मा र प्रशासनकी शाखा अधिकृत लक्ष्मी प्रसाईंलाई जिम्मेवारीबाट हटाएर जगेडामा राखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनै जनालाई स्पष्टीकरण सोध्ने तथा तत्कालका लागि जिम्मेवारीबाट हटाउने भनी सचिवस्तरीय निर्णय भएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Rupse Holidays
Nabil box

'हामीले प्रारम्भिक रूपमा बुझ्दा टिप्पणी सदर नभई शाखा अधिकृतको हस्ताक्षरमा पत्र लेखी परराष्ट्र मन्त्रालयमा पठाएको पाइयो,' ती उच्च अधिकारीले लोकान्तरसँग भने, 'सोही कारण १ उपसचिव र २ शाखा अधिकृतलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको छ ।'

Vianet communication

रुप्से होलिडेज नामक ट्राभल कम्पनीका सञ्चालक रमेश पराजुलीसँग मिलेर ज्ञानेन्द्र शर्मालगायतले प्रधानमन्त्री कार्यालयको 'लेटरप्याड' दुरूपयोग गरी अमेरिकाको भिसा प्रक्रियामा सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेका थिए ।

पत्रमा शाखा अधिकृत लक्ष्मी प्रसाईंले हस्ताक्षर गरेकी थिइन् । शर्माको आग्रह बमोजिम प्रसाईंले टिप्पणी उठाएर उपसचिव सुवेदी समक्ष पेश गरेको पाइएको छ ।

सुवेदीले टिप्पणी सदरका लागि सहसचिवकोमा पठाए पनि टिप्पणी सदर भएन । त्यसपछि यो समूहले 'लेटरप्याड' दुरुपयोग गरी पत्र लेखेर परराष्ट्र मन्त्रालयमा पठाएको पाइएको छ ।

'मुख्य बदमासी ज्ञानेन्द्र शर्माकै देखियो,' प्रधानमन्त्री कार्यालय स्रोतले लोकान्तरसँग भन्यो, 'सिनियर अफिसर भएको हिसाबले आफूभन्दा जुनियर अफिसरलाई यसमा साइन गर्देऊ, निर्णय हुँदै गर्छ भनेर लगाएको देखिएको छ । उनीहरूसँग बुझ्ने कामसहित थप अनुसन्धान हुँदैछ ।'

प्रशासनका उपसचिव सो दिन बिदामा रहेकाले उनीहरूले अर्कै शाखाका उपसचिवकोमा पेश गरेको देखिएको छ । सो टिप्पणी सदरका लागि सहसचिवकोमा पठाएकाले सुवेदीलाई समेत जिम्मेवारीबाट हटाइएको हो ।

भएको के हो ?

प्रधानमन्त्री कार्यालयका केही कर्मचारी, नेपाल क्रिकेट संघ (क्यान)का केही पदाधिकारी तथा रुप्से होलिडेज प्रा.लि. नामक ट्राभल कम्पनीको मिलेमतोमा अमेरिकाको भिसा लगाइदिने भनेर रकम संकलन गरेको सम्बन्धी समाचार लोकान्तर डट्कमले मंगलबार सार्वजनिक गरेको थियो ।

क्यानको टिकेटिङ पार्टनर समेत रहेको रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीले क्यानकै पदाधिकारीको संरक्षणमा प्रधानमन्त्री कार्यालयमा सेटिङ मिलाएर परराष्ट्र मन्त्रालयमार्फत भिसा सहजीकरण गरिदिने नाममा रकम संकलन गरेका हुन् ।

समाचार प्रकाशित भइसकेपछि सम्पर्कमा आएको स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयका केही कर्मचारीले एक महिनाअघिदेखि नै अमेरिका पठाउने मान्छे खोज्न थालेका थिए ।

शुरूमा ५ लाख लिए पनि भिसा लगाउने बेलासम्म जनही ३० देखि ३५ लाखसम्म उठाउने योजना उनीहरूले बनाएको देखिएको छ ।  

'अमेरिका जाने मान्छे खोज्नुस्, ३०/३५ लाख सजिलै लिन मिल्छ भनेका थिए,' उक्त स्रोतले लोकान्तरसँग भन्यो ।

यही गिरोहसँगको सेटिङमा प्रधानमन्त्री कार्यालयबाट अमेरिकी भिसाका लागि सहजीकरण गरिदिन भनेर २३ जनाको नामसहित परराष्ट्र मन्त्रालयलाई पत्र लेखिएको थियो ।

जबकि यसरी सिफारिश गर्न शुरूमा क्यानको बोर्डबाट निर्णय गर्नुपर्छ । त्यसपछि राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयसम्म पुग्नुपर्ने हो । तर, यहाँ मिलेमतोमा सिधै प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रलाई पत्र लेखिएको छ ।

उक्त पत्रमा अधिकांश असम्बन्धित व्यक्तिहरूको नाम देखेपछि परराष्ट्र मन्त्रालयले सिफारिश गर्न मानेन ।

त्यसपछि एक क्रिकेट प्रशिक्षक, एकजना खेलाडीपत्नी र दुईजना क्यानका स्पोन्सरसँगै रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीकी पत्नीको नाम मात्र राखेर पुन: पत्राचार गरियो ।

सोही पत्रका आधारमा परराष्ट्र मन्त्रालयले 'जो जससँग सम्बन्धित छ' भन्ने विषय उल्लेख गरेर अमेरिकन दूतावासलाई लक्षित गरी पत्र लेखेको थियो ।

उक्त पत्रमा भने रमेशपत्नी अरुणा महर्जनको नाम समेत सामेल थियो ।

पढ्नुहोस्,सम्बन्धित समाचार :

EXCLUSIVE: प्रधानमन्त्री कार्यालयका कर्मचारी, क्यान र ट्राभल मिलेर अमेरिका पठाउने धन्दा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x