×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले पारमाणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्ने

जेठ ९, २०७५

NTC
Premier Steels


सोल, ९ जेठ - दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लागि बुधबार दक्षिण कोरिया जान लागेका छन् । 

Muktinath Bank

उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकोले सो समाचार सङ्कलनका लागि ती पत्रकारहरु उत्तर कोरिया जान लागेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो बुधबार बस्ने भनिएको यी दुई देशको बैठक बस्न नसकिरहेका बेला उत्तर कोरियाले भने दक्षिण कोरियाली पत्रकारलाई समाचारका लागि नै आमन्त्रण गरेको जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

हाल सोलमा जारी रहेको भनिएको दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि पछिल्लो समयमा आएर ठप्प भएका छन् । 

Vianet communication

दक्षिण कोरियाको सरकारका प्रवक्ताले दिएको जानकारी अनुसार ती आठजना पत्रकार उत्तर कोरिया सरकारको आमन्त्रणमा त्यहाँ जान लागेका हुन् ।

उनीहरु बुधबारै मध्यमन्ह त्यसतर्फ जानेछन् । प्राप्त समाचारअनुसार ती पत्रकारले दक्षिण कोरियाले नष्ट गर्न लागेको भनिएको आणविक क्षेप्यास्त्र उत्पादन तथा परीक्षणस्थलको अवलोकन गरी सो नष्ट गरिएको पक्रियाको बारेमा समाचार संकलन र सम्प्रेषण गर्नेछन् । 

यो प्रक्रियाको समाचार सङ्कलनका लागि दक्षिण कोरियाली पत्रकारलाई आफ्नो देशमा अनुमति रहेको कुरा उत्तर कोरियाले अन्तिम समयमा आएर बताएको थियो । 

यसअघि उसले उक्त आणविक उत्पादन नष्ट गरिने प्रक्रियाको समाचार सङ्कलनका लागि गत महिना नै उनीहरुलाई आमन्त्रण गरेको थियो । 

त्यसैगरी उत्तर कोरियाले चीन, अमेरिका, रुस र बेलायतका पत्रकारलाई पनि उक्त घटनाको समाचार सङ्कलन र सम्प्रेषणको लागि बोलाएको छ । 

तर ती देशबाट के कति पत्रकार त्यहाँ जाँदैछन् भन्ने बारेमा भने केही बताइएको छैन । तर सोलबाट प्राप्त समाचारमा ती पत्रकार बुधबार नै प्योङ्याङ् पुग्नेछन् । 

गत अप्रिलमा भएको दुई कोरियाको एक ऐतिहासिक शान्ति सम्झौताबमोजिम उत्तर कोरियाले आणविक उत्पादन तथा परीक्षणको काम नगर्ने र ती उत्पादन र परीक्षणस्थल नै नष्ट गर्ने जनाएको थियो । 

यसरी नष्ट गर्ने प्रक्रियालाई पारदर्शी बनाउने र ती नष्टगर्ने कार्यक्रममा विदेशी पत्रकारलाई पनि बोलाइने सार्वजनिक जानकारी उत्तर कोरियाले गत महिनामात्र सार्वजनिक गरेको थियो । 

दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठक बस्दै आएका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ । 

तर पछिल्ला केही दिनयता उत्तर कोरियाले सोलमा जारी सैन्य अभ्यास नरोक्ने हो भने अमेरिकासँग पनि वार्तामा नबस्ने बताएको थियो । 

को यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले भने आफ्नोतर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ । 

उत्तर कोरियाले यी आणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्न लागेको कार्यको विश्वव्यापीरुपमा सकारात्मक काम भनी प्रसंशा गरिएको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x