जेठ २२, २०८०
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
जेठ १७, २०७५
रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई उर्जा दिनको लागि संसारभरका कम्युनिस्ट नेताहरूबीच बेलाबेलामा सेमिनार, गोष्ठी र भेलाहरू हुने गरेका छन् । संसार बदल्ने दर्शनशास्त्र मानिएको ‘मार्क्सवाद’मा त्यस्ता के कमजोरी छन्, जसले अघि बढ्नु पर्ने कम्युनिस्ट आन्दोलन झन् झन् धरासायी भइरहेको छ ? यो प्रश्नको उत्तर सर्वाहाराको नेतृत्व गर्ने नेताहरूका लागि सम्भवतः सबभन्दा कठिन प्रश्न हो । कार्ल मार्क्स द्वीशतवार्षिकीको अवसरमा नवगठित पार्टी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले काठमाडौँमा आयोजना गरेको ‘सेमिनार’मा विश्वभरबाट कम्युनिस्ट पार्टीका नेताहरु सहभागी भएका छन् । उनीहरु मध्येका एक हुन् भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का नेता पल्लव सेनगुप्ता । सेनसँग लोकान्तरका प्रतिनिधि ईश्वर अर्यालले कुराकानी गरेका छन् । प्रस्तुत छ भाकपाका नेता सेनगुप्तासँग गरिएको कुराकानीको सम्पादित अंश –
विश्व कम्युनिस्ट आन्दोलनमा भारतीय कम्युनिस्ट पार्टीको स्थान कहाँनेर पाउनुभएको छ ?
भारतीय कम्युनिस्ट पार्टी १९२५ को डिसेम्बर २६ मा भारतको कानपुरमा स्थापना भएको हो । त्यो भन्दा अगाडि हामी ‘कमिन्टर्न’को सदस्य थियौं । कमिन्टर्न भनेको‘तेस्रो अन्तराष्ट्रिय’ जसले त्यति बेलाको अन्तराष्ट्रिय साम्यवादी संगठनको रूपमा संसारभर आफ्नो जालो फैलाइरहेको थियो । यो संगठन सन् १९४३ सम्म रह्यो तर पार्टी स्थापना ताका हाम्रा नेता सत्यभक्तले हाम्रो संगठन राष्ट्रिय कम्युनिस्ट मात्र हुने घोषणा गर्नुभएको थियो । त्यसले संसारमा हाम्रो आफ्नो छुट्टै परिचय दियो । स्थापनाकालको शुरूमा हामी स्वतन्त्रता संग्रामको लागि लड्यौं, सीमान्तीकृत समुदायको लागि लड्यौं । भारतीय कम्युनिस्ट पार्टीलाई विश्वमा छुट्टै पहिचान दियौं । विश्वभर भारतीय कम्युनिस्ट पार्टीको रूपमा धेरै वैचारिक, व्यावहारिक योगदान पनि गरेका छौं ।
बीचमा आएर हाम्रो पार्टी फुटेर नयाँ पार्टीको रूपमा भाकपा–मार्क्सवादी आयो । त्यसपछि पनि नेपालमा जस्तै धेरै समूहहरू बन्ने क्रम रोकिएन । अहिले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावको आधारमा थोरै ‘सेट ब्याक’ भएको जस्तो देखिएको छ । नयाँ उर्जा लिएर पुरानै तरिकाले जनताको पार्टी बनेर आउने कोशिसमा छौं हामी । केही समय लाग्ला तर हामी थाकेका छैनौं ।
कम्युनिस्ट पार्टीहरू सजिलै फुट्ने विश्वव्यापी रोगलाई कसरि निवारण गर्न सकिन्छ ?
(हाँस्दै) हो यो तपाइँले भने जस्तै एक प्रकारको रोग हो । रोग भन्दापनि यो कम्युनिस्ट आन्दोलनको एक दुखद् पक्ष हो । कम्युनिस्टहरू फुट्नको लागि ठूला कारणहरू चाहिँदैन । चिनियाँ कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण अलग भयो भने फुट्ने, रुसलाई हेर्ने दृष्टिकोण अलग भए पनि फुट्ने, देशभित्रकै समस्या सामाधान गर्ने विधि मिलेन भने पनि सजिलै फुट्ने । मेरो विचारमा नेपालमा पनि यस्तै हुने गर्दछ र संसारभरि नै कम्युनिस्टहरू यही र यिनै कारणले नयाँ नयाँ पार्टी बनाउने गर्दछन् ।
विशेष गरेर सोभियत युनियनको पतन भएर त्यहाँ खुला र उदारवादी नीति लागू भएपछि त्यहाँको अर्थव्यवस्थालाई हेर्ने दृष्टिकोण फरक पर्ने गरेको छैन । तर पद प्रतिष्ठा, सरकारमा सहभागी हुने विषय जस्ता कुराहरू लिएर फुट्ने प्रक्रिया गलत हो, कम्युनिस्ट भन्नेहरूमा पहिला यो चेतनाको विकास हुनुपर्छ ।
बल प्रयोग गरेर सत्ता गर्नुपर्छ भन्ने सिद्धान्त मार्क्सको आधारभूत सिद्धान्त हो । विगतमा नेपालमा भएको दशक लामो माओवादी सशस्त्र संघर्ष र भारतमा चलिरहेको ‘नक्सलवादी’ विद्रोहसँग यहाँहरूको आपत्ति हुनुपर्ने कुनै विषय छ र ?
मेरो विचारमा बहुदलीय व्यवस्थालाई अहिलेको युगमा कसैले विस्थापन गर्न सक्दैन । प्रतिस्पर्धाले नै सक्षम नेतृत्व छान्न सक्छ भन्ने विश्वास गर्छु म चाहिँ । नक्सलवादी विद्रोह केही समय फैलिएको जस्तो देखिएको थियो, तर त्यसको सुखद् अन्त्य गर्न मूलधारको राजनीतिमा समाहित हुनु बाहेक अर्को विकल्प छैन । नेपालको तत्कालिन माओवादी विद्रोह पनि नक्सलवादीसँग प्रभावित रहेको कुरा प्रष्ट छ ।
बहुदलीय प्रतिस्पर्धा गर्दै शान्तिपूर्ण राजनीतिको आधारमा पनि ‘समाजवाद’स्थापना गर्न सकिन्छ भन्ने बुझेर नै माओवादीको मूल नेतृत्व सरकारमा आयो जुन खुशीको कुरा थियो । मार्क्सवादले‘बल प्रयोग’मा जोड दिन्छ तर वैचारिक बल प्रयोग गर्नुपर्यो । शासकवर्ग कसरी प्रतिरक्षामा उत्रिएको छ भन्ने कुरा महत्त्वपूर्ण हो । हतियारको प्रयोग मात्र बल प्रयोग होइन ।
यदी मार्क्सवाद वैज्ञानिक तरिकाले जीवन जिउने कला हो, राजनीतिक घोषणापत्र मात्र होइन भने संसारमा यो वैचारिक दर्शनले किन प्रभावकारी उपस्थिति जनाउन नसकेको हो ?
संसारमा मार्क्सवादको प्रभावकारी उपस्थिति छैन भन्ने मलाई लाग्दैन । यसको इतिहास धेरै पुरानो छ । संसारभर ‘रुसी र चिनियाँ मोडेल’को बारेमा मात्र धेरै छलफल हुने गर्दछ । रुसी मोडेल पतन भयो यसकारण संसारबाट मार्क्सवाद पतन भयो भन्ने मान्न म तयार छैन । हामीले क्युवा, भेनेजुएला हेर्नुपर्छ त्यहाँ समाजवादमा मानिसहरूको विश्वास बढिरहेको छ र संसारलाई प्रभाव पारिरहेको छ । पछिल्लो समय नेपाललाई नै हेर्न सकिन्छ ।
भारतमा कम्युनिस्टहरूको धर्म सम्बन्धि धारणामा विविधता पाइन्छ । अरू कुराहरूलाई समान रूपमा लिएपनि धर्मले कम्युनिस्ट विचार धारामै प्रभाव जमाएको छ । अहिलेको मोदी सरकारले धार्मिक अस्त्रको आवरणमा धेरै प्रदेशहरूमा राजनीतिक कब्जा जमायो, त्यसको प्रतिकार कसरी गर्ने भन्नेमा हामी तयार थिएनौं फलस्वरूप हामी सेटब्याक भयौं ।
नेपालका कतिपय विद्वानहरूले नेपालका कम्युनिस्टहरू ‘कम्युनिज्म’को आवरणमा साम्राज्यवादी र विस्तारवादीहरूको सेवा गर्छन् भनेर भन्ने गर्छन् । तर भारतीय आँखाबाट यहाँका कम्युनिस्ट पार्टीहरू कस्ता देखिन्छन् ?
त्यो समाजवादी शासनव्यवस्थाको विरुद्धमा लाग्नेहरूले फैलाएको भ्रम हो । उनीहरूले कम्युनिस्टको लोकप्रियतालाई मन पराउँदैनन् । अहिले नेपालमा कम्युनिस्ट पार्टी सत्तामा आएको ‘पपुलर भोट’को कारणले हो ।
कुनै हतियार, डर धम्कीको भरमा कुनै पार्टी या समूहले यत्रो ठूलो आकार प्राप्त गर्न सम्भव छैन । यसलाई कसरी तोड्ने भनेर जो–जो लागिरहेका छन्, नेपालको कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्नेहरू तिनै हुन् ।
भारतमा पनि यो समस्या छ । ‘सिर्फ नामके वास्ते कम्युनिस्ट है’ भनेर हामीलाई पनि धेरैले होच्याउने गर्दछन् । तर भारतीय कम्युनिस्ट आन्दोलनलाई न त सच्चा नेपाली कम्युनिस्टले होच्याउँछन्, न त नेपाली कम्युनिस्टहरूलाई सच्चा भारतीय कम्युनिस्टहरूले होच्याउँछन् ।
नेपालको राजनीतिक संक्रमणकाललाई पार लगाउन भारतीय कम्युनिस्टहरूले पनि धेरै सहयोग गरेका छन् र भारतको कम्युनिस्ट आन्दोलनमा यहाँबाट सहयोग प्राप्त भएको छ । समाजवादी सिद्धान्तले जति सामाजिक न्यायको पक्षपोषण गर्छ, त्यो भन्दा धेरै कम राजनीतिक सिमानाको पक्षपोषण गर्छ । यसकारण हामी एकै हौँ हाम्रा शत्रुहरू साझा छन् र हाम्रा मित्रहरू पनि साझा छन् । हामीले मार्क्सवादी सिद्धान्त भन्दा बाहेक तरिकाले अरूलाई हेर्न जान्दैनौं ।
एमाले र माओवादी मिलेर नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ यसलाई ‘भाकपा’ले कसरी लिएको छ ?
नेपालको इतिहासकै महत्त्वपूर्ण परिघटनाका रूपमा रहेको दुई ठूला पार्टीहरूको एकतालाई हामीले मात्र होइन, सारा संसारले नजिकबाट हेरिरहेको छ । दक्षिण एसियामा लगभग सबै देशमा एक भन्दा धेरै कम्युनिस्ट पार्टीहरू छन् । नेपालमा एकताको शुरुवात भएको छ र यसले महत्त्वपूर्ण भूराजनीतिक अर्थ राखेको छ । ‘भाकपा’ले यो एकतालाई सकारात्मक र प्रेरणादायी हो भन्ने अर्थमा लिएको छ ।
नेकपाको एकता पछिका चुनौतीहरू के–के हुन् ?
वास्तवमा यो एकता एकताको स्वरूपमा नभएर एक अर्कालाई स्वीकारेको अर्थमा भन्नु राम्रो होला । तत्कालिन माओवादी केन्द्रबाट २०० जना र एमालेबाट २४१ जना केन्द्रीय समितिमा राख्नु भनेको एकता मात्र नभएर एकले अर्कोलाई दिएको ठाउँ हो । एकता त महाधिवेशनपछि भएको मानिनेछ तर अहिले यो एकता मात्र नभएर त्यो भन्दा कैयौं गुणा ठूलो उपलब्धि हो जस्तो लाग्छ ।
यो एकता समाजवादी अर्थव्यवस्था नआउन्जेल टिक्ला या नटिक्ला भन्ने कुनै प्रश्न होइन जस्तो मलाई लाग्छ । मार्क्सवादको आधारभूत सिद्धान्तले समाजवादी व्यवस्थालाई प्रमुख गन्तव्य मानेको छ । यो विज्ञानसम्मत धारणा हो । एकता टिके पनि, नटिके पनि समाजवादी व्यवस्थामा विश्व जानै पर्छ । कोही कसैले कुनै बिन्दुमा पुगेर छोड्ला, विचार परिवर्तन गर्ला भन्ने कुरा गौण हो ।
अन्त्यमा, नेपाल–भारतबीचको सम्बन्धमा कहिले दरार आएको जस्तो देखिन्छ र कहिले सम्बन्ध सुमधुर भएको जस्तो देखिन्छ । कहिले कहिले गहिरिएर हेर्दा राजनीतिक प्रभाव बिस्तारको लागि दुवै देशका स्वार्थ समूहले काम गरेको जस्तो देखिन्छ ...
नेपाल भारतबीचको सम्बन्ध अन्य देशहरूबीचको सम्बन्ध भन्दा विशिष्ठ छ भनेर दोहोर्याउनु परेन । सम्बन्ध सधैँ एकै रूपमा रहिरहनुपर्छ भन्ने पनि होइन तर सम्बन्धको विशिष्टता चाहिँ एकै प्रकारको हुनुपर्छ ।
भूकम्पले तहसनहस पारेको नेपाललाई नाकाबन्दी गर्ने मोदी सरकारको जुन क्रियाकलाप थियो, त्यसको विरोध हामीले व्यक्तिगत र संस्थागत रूपमा गरेका हौँ ।
मोदीले हिन्दू धार्मिक अस्त्र प्रयोग गरेर नेपाललाई नाकाबन्दी मार्फत काबुमा ल्याउन सकिन्छ भनेर राजनीतिक प्रयोग गरे । त्यो अस्त्रलाई नेपालका जनता र हामी(भाकपा)ले संयुक्त रुपमा ‘नाकामयाब’ बनाइदियौं ।
तपाइँले भनेजस्तो त्यो नाकाबन्दीको बीचमा स्वार्थ समूहले खेल्ने मौका पाएको हो । त्यस्ता स्वार्थ समूहहरू दुवै देशमा व्याप्त छन् र दुई देशबीचको सम्बन्ध बिस्तार गलत स्वार्थहरूको प्रभावबाट टाढा रहेर मात्र गर्न सकिन्छ ।
जस्तो सम्बन्ध हुनुपर्थ्यो दुई देशबीचको, त्यसलाई त्यस्तै बनाउन धेरै मेहेनेत गर्नुपर्छ । मार्क्सवादी दृष्टिकोण अनुसार आधारभूत मानवीय न्यायलाई कुल्चिनु हुँदैन । बाँकी राजनीतिक, प्रशासनिक, आर्थिक र सांस्कृतिक आयामहरूलाई आवश्यकता अनुसार तय गर्न सकिन्छ ।
नेपालमा कम्युनिस्टहरूको स्थीर सरकार बनेको छ जुन बलियो र अन्तराष्ट्रिय प्रभाव पार्ने खालको पनि छ । नेपालीहरूको समृद्धिको सपनासँगै आर्थिक स्वाधिनता पनि पूरा हुँदै जानेछ भन्ने मेरो विश्वास छ । एक्काइसौं शताब्दी भनेको बजार बिस्तारको युग पनि हो । उत्पादनलाई आन्तरिक वितरण मात्र होइन, बाह्य बजारमा पनि वितरण गर्ने दिशातर्फ जाँदा नेपालको स्वार्थ पनि स्वतः हावी हुने दिन आउँछ ।
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...