×

NMB BANK
NIC ASIA

काटिएको टाउको हातमा लिएर हिड्ने युवाको बास्तविकता यस्तो पो रहेछ !

असोज १८, २०७५

NTC
Premier Steels

पछिल्लो समय बलात्कारका घटनामा बृद्धि भएसँगै बलात्कारीलाई कडाभन्दा कडा कारवाहीको माग भइरहेको छ ।

Muktinath Bank

संसदमा नै बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गर्न माग गर्दै सांसदहरुले भाषण गरेका छन् भने महिला अधिकारकर्मीहरुले पनि बलात्कारीहरुलाई कडाभन्दा कडा सजाय गर्न माग गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै सन्दर्भमा केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न फेसबुक ग्रुपहरुमा एउटा भिडियो भाइरल भएको छ । जसलाई तपाईंले पनि हेर्नु भएको होला । जसमा एकजना युवकले शरीरबाट छुट्टिएको टाउको हातमा बोकेर हिँडिरहेको देखिन्छ र उनी प्रहरी चौकी सम्म पुग्छन् । उनको सर्टमा रगत लतपतिएको छ ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालहरुमा आफ्नी बहिनीलाई बलात्कार गर्ने युवकलाई किशोरीको दाईले घाँटी छिनाएर सजाय दिएको र टाउको लिएर प्रहरीलाई बुझाएको भन्दै सामाजिक सञ्जालहरुमा सेयर भइरहेको छ । 

Vianet communication

यसलाई कतिपयले नेपालमा पनि भरखरै यस्तो भयो भन्दै पोस्ट गरिरहेका छन् भने कतिपयले भारतमा बलात्कारीलाई पीडितका दाइले कारवाही गरेको भन्दै प्रचार भइरहेको छ । 

भारतमा पनि हंगामा

यो भिडियोले भारतमा पनि केही दिन यता यो भिडियोले हंगामा मच्चाइरहेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको छ । 

सामाजिक सञ्जालहरुमा भारतीय कांग्रेसका नेता राफिक अलीले नीलमको बलात्कार गरे र उनको भाइले राफिकको टाउको काटे भन्दै भिडियो भाइरल भइरहेको छ । यो भिडियोलाई भारतमा हजारौं मानिसले प्रतिक्रिया जनाउने र सेयर गरेका छन् । जो राजनीतिक र धार्मिक रुपमा जोडिएको छ । 

नेपालमा पनि यो तस्वीर निकै हेरिएको र सेयर भइरहेको छ । भारतमा यो विषय हिन्दू र मुस्लिमसँग पनि जोडिएको छ । कतिले एक हिन्दू युवा जसले आफ्नी आमाको बलात्कार गर्ने मुस्लिमको गला काटिदिए भनि लेखेका छन् । 

यस्तो छ वास्तविकता

यो भिडियो बहिनी बलात्कारमा परेको भन्दै उनका दाइले बलात्कारीको टाउको काटेको घटनासँग जोडिएर नेपालमा चर्चा भइरहेपनि वास्तविकता भने त्यस्तो छैन ।

यो घटना भारतको कर्नाटकको मंड्या जिल्लाको हो । २९ सेप्टेम्बर(असोज १३) गते चिकाबगिलू गाउँमा बस्ने २४ वर्षीय पशुपतिको गाउँका २८ वर्षीय गिरीशसँग झगडा भयो ।

झगडामा गिरीशले पशुपतिको आमालाई फोहरी शब्द प्रयोग गरि गाली गरे । त्यसपछि पशुपतिले होस गुमाए र गिरीशको शिर काटिदिए । काटिएको शिर आफ्ना हातमा लिएर पशुपति मालावती प्रहरी चौकीसम्म पुगे । 

मालावाली प्रहरी शिवप्रकाश देवराजूले घटनाको पुष्टि गरेका छन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x