नेपालले पहिलो खेल चीनसँग खेल्ने

पुस २८, २०७५

काठमाडौं– थाइल्यान्ड महिला टी–ट्वेन्टी स्म्यास शनिबारदेखि शुरु हुँदैछ । जनवरी १२ देखि १८ सम्म हुने प्रतियोगितामा नेपालले पनि सहभागिता जनाएको छ । नेपाली महिला क्रिकेट टोली टी–ट्वेन्टी स्म्यासका लागि शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको हो ।

नेपाली क्रिकेटका व्यवस्थापक रमन शिवाकोटीका अनुसार नेपालले आज चीनसँग पहिलो खेल खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालले आईतवार मलेसिया, सोमवार यूएई, माघ २ गते थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।


ADVERTISEMENT

प्रतियोगितामा समूह ए अन्तर्गत नेपालसँगै यूएई, मलेसिया, चिन र थाईल्यान्ड ‘ए’ रहेका छन् भने समूह बि मा थाईल्यान्ड, हङकङ्ग, इन्डोनेसिया, भूटान र म्यानमार  छन् । 
 

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस