×

NMB BANK
NIC ASIA

समाचारपत्रका प्रधान सम्पादक श्रेष्ठ गम्भीर बिरामी, आईसीयूमा राखेर उपचार

चैत ७, २०७५

NTC
Premier Steels

काठमाडौं – कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठ बिरामी परेका छन् । कामना न्युज पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले बिहीवार विज्ञप्ति प्रकाशित गरी श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा केही दिनदेखि उपचार हुँदै आएको जानकारी गराएका हुन् । 

Muktinath Bank

करीब चार महिनाअघि नाकमा समस्या भएका कारण राजधानीको बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएकोमा त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रियापश्चात विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरूले उहाँलाई गिलेन बारे सिन्ड्रोम भाइरसको संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गर्यो’ विज्ञप्तिमा भनिएको छ, ‘मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उहाँलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो । काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।’ 


Advertisment
Nabil box
Kumari

नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबारदेखि नेपाल मेडिसिटी अस्पताल पुर्‍याएर सघन उपचार कक्षमा उपचार हुँदै गरेको विज्ञप्तिमा उल्लेख छ । उनको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

Vianet communication

‘चिकित्सकहरूले आफ्नो ज्ञान, विवेक र प्रविधिले भ्याएसम्म उहाँको उपचार गर्दै आउनुभएको छ । यसबीचमा उहाँको स्वास्थ स्थितिप्रति सञ्चारकर्मी, इष्टमित्र, आफन्त, राजनीतिक व्यक्तित्व, उद्योगी व्यवसायीलगायत सबै शुभेच्छुहरूले चासो राख्दै आउनुभएको छ, उहाँको स्वास्थ लाभको कामना गरिरहनुभएको छ । सबैको आर्शिवाद, शुभेच्छा र कामनाका कारण उहाँमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भई पुनः सक्रिय पत्रकारिता गर्न सक्षम हुनुहुनेछ भन्ने प्रार्थना गदर्छौं,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x