×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री सवार जहाज होल्ड प्रकरणमा क–कसलाई कारबाही सिफारिश ?

चैत ७, २०७५

NTC
Premier Steels

–सिवी अधिकारी 

Muktinath Bank

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज होल्ड भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिश गरेको हो । 


Advertisment
Nabil box
Kumari

भिभिआइपी चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि अनुसन्धान गर्न सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । गत फागुन २१ गते प्रधानमन्त्री ओली सवार यति एयरलाइन्सको जहाज चन्द्रगढी विमानस्थलबाट काठमाडौँ अवतरणका क्रममा होल्ड भएको थियो । 

Vianet communication

समितिले चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख र विमानस्थलका टावर कन्ट्रोलर विभागीय कार्वाही गर्न क्यानलाई लेखी पठाउने तथा यती एयरलाइन्सका ग्राउण्ड ह्याण्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटीमा लापरवाही गरेका कारण विभागीय कार्वाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने सिफारिश गरेको छ । 

चन्द्रगढी विमानस्थलस्थित यती एयरलाइन्सका फ्लाइट डिपार्चरलाई भिभिआइपी सवार हुने उडान तय भएको व्यहोरा फ्लाइट प्लानमा नजनाई टावरमा पेश गरेकामा निजलाई विभागीय कार्वाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने जनाएको छ । 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच कन्ट्रोलमा भिभिआइपी सवार उडान ह्याण्डिल गर्ने ड्युटी कन्ट्रोलर, सुपरभाइजर र कोअर्डिनेटरलाई सचेत गराई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एनेक्स १ पर्सनल लिसिनिङमा भएको व्यवस्थाअनुसार स्वास्थ्य परीक्षण गराई श्रवण क्षमता यकिन गरेर मात्र काममा लगाउन क्यानलाई लेखी पठाउने सिफारिश गरेको छ । 

यती एयरलाइन्स उडान नं एनवाइटी ९२६ का चालकलाई फ्लाइट प्लान रुजु नगरेको र आफूले उडान भरेको वायुयानमा भिभिआइपी चढेको व्यहोरा सम्बन्धित एटिएस युनिटलाई जानकारी भए÷नभएको यकिन नगरेका कारण सचेत गराउन यती एयरलाइन्सलाई निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ । 

समितिका संयोजक सुरेश आचार्यले एयरलाइन्स कम्पनी र चन्द्रगढी विमानस्थलका एटिसीले अतिविशिष्ट व्यक्तिको उडानबारे संवेदनशील नभएको र विमान चालक पाइलटले समेत काठमाडौँ विमानस्थल टावरलाई सही सूचना नदिएकाले जहाज होल्ड भएको अनुसन्धानका क्रममा खुलेको उल्लेख गरे । 
उनले घटनामा संलग्न दोषीलाई कार्वाही गर्न र आगामी दिनमा यस्ता गतिविधि सुधार्न तथा अतिविशिष्ट व्यक्तिको उडानमा सुरक्षालाई मध्यनजर गर्दै बेलैमा जानकारी गराउन नेपाल प्रहरीलाई समेत सचेत गराइने बताए । 

यस्तै छानबिन समितिले यती एयरलाइन्सलगायत सबै वायुसेवा कम्पनीले आ–आफ्नो फ्लाइट प्रोग्राम र फ्लाइट प्लानमा भिभिआइपीले उडान गर्ने भए अनिवार्यरुपमा जानकारी दिन सुझाव दिएका छन् । 

प्रस्थान गर्ने विमानस्थलको एटिएस युनिटले पनि गन्तव्य विमानस्थलको एटिएस युनिटमा रेडियो सम्पर्क वा अन्य विद्युतीय माध्यमबाट भिभिआइपीले उडान गर्ने भए अनिवार्य रुपमा सम्प्रेषण गर्नुपर्ने र फ्लाइट कार्यक्रम तथा फ्लाइट प्लान बुझाउने व्यवस्था नभएका विमानस्थलमा भिभिआइपी सवार उडान हुने भए चालक दलले रेडियो सञ्चारमार्फत सो व्यहोरा सम्बन्धित एटिएस युनिटलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x