माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
चैत १९, २०७५
बारा (भरवलिया) – बारामा आएको आँधीहुरी विपद्को उचित व्यवस्था हुन नसक्दा प्रभावित परिवार अप्ठ्यारोमा परेका छन् ।
बढी प्रभावित बारा जिल्लाको फेटा गाउँपालिका–१ भरवलियामा अझै पर्याप्त राहत पुगेको छैन । आम प्रभावितले पर्याप्त राहत नपाएको अवस्थामा मृतक परिवार धर्मसंकटमा परेका छन् ।
आँधीहुरीमा निधन भएकी ५२ वर्षीया बरियादेवी रामको परिवार आशौच बारिरहेको छ । आशौच बारिरहेका बेला घरमै अन्न पकाएर खानुपर्ने संस्कार अनुसार परिवारमा संकट आइलागेको छ । ‘घरको सबै अन्न हावाहुरीले नष्ट परेको छ,’ रामका छोरा सिकिन्दरले भने, ‘बाहिरको अन्न खानु हुँदैन भन्छन्, घरमा केही छैन ।’
घरभित्र कसैको पनि मृत्यु नभएका परिवारले गाउँमै सामूहिक रुपमा (मेस) खानपान गरिरहेका छन् । तर मृतक परिवारले संस्कारलाई मान्दै मेसमा खान सकिरहेका छैनन् । ‘२ दिनदेखि खाना नै खाएका छैनौं । हाम्रो १२–१३ जनाको परिवार छ,’ सिकिन्दरले भने, ‘हामीलाई तत्काल राहत उपलब्ध भए घरमै पकाएर खान हुन्थ्यो । अन्न नभएर गाह्रो भएको छ ।’
संघीय समाजवादी फोरम नेपालको बारा जिल्लाका कार्यवाहक अध्यक्ष अजयकुमार पटेलले गाउँमै मेस चलाएका छन् । मेसमा आँधीहुरी प्रभावितलाई निःशुल्क खाना वितरण भइरहेको छ ।
आँधीहुरीमै परेर स्थानीय ४५ वर्षीया मनोरमादेवी कुर्मीको पनि निधन भयो । मनोरमाका पति रामबाबु राउत कुर्मीले परिवारका सदस्य र बालबालिकालाई खान–बस्नको समस्या रहेको बताए । ‘कमसेकम त्रिपाल चाहियो । खानादेखि बस्नसम्म ठूलो समस्या छ,’ उनले भने ।
छरछिमेकाका बालबालिका र वृद्धवृद्धाले मेसमा खाना खाइरहेका बेला मृतक परिवारमा भने धर्मसंकट छ । सरकारले प्रभावित क्षेत्रमा राहत बाँड्न सकेको छैन । स्थानीय तहले चाउचाउ–चिउरा दिएपछि एकैछिनमा सकिएको स्थानीयको गुनासो छ ।
वृद्धवृद्धा पनि समस्यामा
हावाहुरीले घरवार नष्ट गरेपछि ७० वर्षीया मायादेवी पटेललाई गाँस–बासको समस्या छ । ‘कतै राहतै–राहत गएको सुनिन्छ, हामीलाई बिस्कुटसम्म छैन,’ उनले भनिन् । स्थानीय बालबालिकादेखि वृद्धवृद्धासम्म राहतको पर्खाइमा छन् ।
स्थानीय ५५ वर्षीय रामस्वरुप राउतलाई खान नपाएको सँगसँगै लुगाकपडा फेर्न समेत समस्या परेको छ । ‘छोराका लुगा लगाएर बस्नुपरेको छ, आफ्ना लुगा सबै हावाहुरीले सखाप गरिदियो ।’
स्थानीय रामसिंह पटेलले गुनासो गरे, ‘हाम्रो टोलमा एउटा बिस्कुट पनि आएको छैन । सुगम ठाउँमा राहत गएको छ ।’ आँधीहुरी आएर तहसनहस गरेको २ दिनसम्म पनि सरकारले राहत नदिएकाले प्रभावित परिवार आक्रोशित छन् ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...