×

NMB BANK
NIC ASIA

किसानले यो वर्ष पनि मागबमोजिम मल नपाउने, जीटुजी प्रक्रिया सहसचिवस्तरमै सीमित !

बैशाख १७, २०७६

NTC
सन्दर्भ तस्वीर
Premier Steels

काठमाडौं– यो वर्ष धान उत्पादनका लागि चाहिने मल अपुग हुने देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५० हजार मेट्रिक टन मल अपुग हुने देखिएको हो । मन्त्रालयका अनुसार ३० हजार ८ सय ९१ मेट्रिक टन युरिया र १९ हजार ७ सय २२ मेट्रिक टन डीएपी मल गरी कुल ५० हजार ६ सय १३ मेट्रिक टन मल अभाव हुने देखिएको हो ।

Muktinath Bank

मन्त्रालयका अनुसार नेपालमा वार्षिक करीब ७ लाख मेट्रिक टन मल आवश्यक पर्छ । त्यसमध्ये साढे तीन लाख मेट्रिक टन विदेशबाट आयात गर्नुपर्ने र बाँकी नेपालमै उत्पादित हुने प्राङ्गारिक मल लगायतबाट पूर्ति गरिँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशबाट आयात गरिँदै आएको मल मन्त्रालयले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत बिक्री वितरण गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङसँग तीनै किसिमका मल (युरिया, डीएपी र पोटास) गरी कुल १ लाख २५ हजार ४ सय ४१ मेट्रिक टन मौज्दात एवम् आयातको क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ । १ लाख ७३ हजार ६ सय २२ मेट्रिक टन मल गत वर्षको चैतदेखि असारसम्म बिक्री गरिसकिएकाले कुल २ लाख ९९ हजार ६३ मेट्रिक टन मल यसअघि नै बिक्री वितरण भएको मन्त्रालयको तथ्याङ्क छ ।

Vianet communication

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल अपुग हुने स्वीकार गर्दै अर्थ मत्रालयले समयमै बजेट नदिएकाले त्यस्तो समस्या देखिएको बताए ।

मन्त्रालय कृषि सामग्री व्यवस्थापन तथा प्रविधि महाशाखाका प्रमुख नेत्रबहादुर भण्डारीले अर्थ मन्त्रलयले बजेट समयमै नदिएका कारण मलको अभाव हुने संकेत देखिएको बताए ।

मलको अभाव हुने सम्भावना देखेरै मन्त्रालयले चिया किसान, केरा किसान र उखु किसानलाई मल नदिएको र तैपनि असारमा मलको समस्या हुने संकेत देखिएको भण्डारीले बताए ।

‘असारमा ५० हजार अभाव देखियो । वैशाखमा पनि अभाव छ । हामीले अभाव भएर चिया किसानलाई दिएका छैनौं । अस्ति चिया किसान आएका थिए,’ भण्डारीले भने, ‘उखु किसानलाई पनि दिएका छैनौं । अनि केरा संघ आएको थियो । त्यसलाई पनि हामीले दिएका छैनौं ।’

अर्थ मन्त्रालयले मलको आपूर्ति गरेपछि मात्रै बजेट दिन शर्त राखेको भन्दै भण्डारीले अर्थले राखेको अर्थ पूरा गर्न समेत दुविधा हुने बताए । ‘शर्त पूरा गरेपछि मात्रै अर्थले निकासा दिन्छ होला,’ उनले भने, ‘कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई मल खरीद गर्न आदेश दिँदा अर्थले पैसा दिन्छ कि दिँदैन । आदेश नदिए ग्लोबल टेन्डरबाट मल जेठमा नआइपुग्ने भो । त्यही मात्रै समस्या हो ।’

अहिलेको समस्यालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेटमा बजेट नपुगेमा थप्ने शर्तभन्दा पनि शुरूमा नै स्पष्ट गर्न मन्त्रालयले आग्रह गरेको समेत मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

तत्काललाई यस वर्ष धानका लागि अभाव हुने मलको समस्या सामाधानका लागि जीटुजी मल आयात गर्नु उपयुक्त विकल्प रहेको मन्त्रालयले जानकारी दिएको छ ।

‘धानका लागि ५० हजार आवश्यक देखिएकाले त्यो अभाव टार्ने जी टु जी नै उपयुक्त उपाय हो,’ कृषि सामग्री व्यवस्थापन शाखा प्रमुख भण्डारीले भने, ‘त्यसका लागि अरू उपाय छैन । जीटुजीमा भारतले सहयोग गर्यो भने डेढ दुई महिना लाग्छ । असार तेस्रो हप्तासम्म पनि मल आयो भने धान रोप्ने किसानलाई त पुग्छ ।’ 

जीटुजी मल आयात गर्न नपाउँदै वित्यो एक वर्ष

यसअघि गत वर्ष नेपाल सरकारले सिधै भारत सरकारबाटै (जीटुजी) बाटै मल खरीद गर्ने योजना बनाए पनि मल खरीद गर्न नपाउँदै एक वर्ष बितेको छ । गत वर्ष फागुनमा नेपाल सरकारले भारत सरकार बाट सिधै मल खरीद गर्न प्रस्ताव पठाएपनि हालसम्म मल खरीदको प्रक्रिया अगाडि बढाउन सकेको छैन । त्यसका लागि कुनै पनि प्रक्रिया अघि नबढेको मन्त्रालयका अधिकारीहरू स्वीकार्छन् ।

कृषि सामगी व्यवस्थापन शाखा प्रमुख भण्डारीले जीटुजी मल खरीदका लागि गत माघमा दुवै देशका सहसचिव स्तरको बैठक भएपनि त्यसयता कुनै प्रक्रिया अघि नबढेको संकेत गरे । ‘सहसचिव स्तरीय बैठक त तीन महिनाअघि पनि भएको थियो’ भण्डारीले भने, ‘त्यसमा सुझाव मागेर सचिवस्तरको बैठकबाट एमओयु प्रक्रियामा थियो । त्यसलाई अब फलो अप गर्नुपर्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x