चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भनी परेको उजुरीमाथि छानबिन गर्दा प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यता नक्कली रहेको पाइएको आयोगले जनाएको छ । आरोपी अधिकारीलाई कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले मालपोत कार्यालय रूपन्देहीका तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
एक सेवाग्राहीले निवेदनमार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकामा सोसम्बन्धी मिसिल खोजी प्रतिलिपि उपलब्ध गराउने प्रयोजनमा कार्यालय सहयोगी चौधरीले रु २० हजार घुस लिएको आरोप लागेको छ ।
त्यस्तै आयोगले जिल्ला मालपोत कार्यालय, सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ता र लेखापाल युगलकिशोर ठाकुरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी राजश्व हिनामिना गरेको अभियोगमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।
सरकारी खातामा जम्मा गर्नुपर्ने रु चार करोड ५८ लाख ७१ हजार २० दाखिला नगरी व्यक्तिगत खातामा राखेको र सो कार्यमा कार्यालय प्रमुख गुप्ता, लेखापाल ठाकुर र नायब सुब्बा शत्रुधन राउतको मिलीभगत देखिएको आयोगले जनाएको छ ।
यसैबीच रुकुममा एक फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुकुमले विसं २०४८ वैशाख ९ गते नौ वर्ष सात महीना सात दिन कैद सजाय सुनाएका ६० वर्षीय मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो ।
सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...