चीनको सीमानजिक हराइरहेको विमानको अवशेष भेटियो, यात्रुको जानकारी आउन बाँकी

जेठ २९, २०७६

काठमाडौं – चीनसँग सिमाना जोडिएको भारतको अरुणाचल प्रदेशमा हराइरहेको विमानको अवशेष मंगलवार भेटिएको छ । 

हराएको नौ दिनपछि जंगलको बीचमा विमान भेटिएको हो । विमानमा वायुसेनाका १३ सदस्य थिए । अवशेष भेटिए पनि यात्रुहरूको कुनै जानकारी उपलब्ध छैन । 


ADVERTISEMENT

वायुसेनाले खोजी अभियान जारी राखेको छ । 

वायुसेनाले सेना र सर्वसाधारणको सहायता लिएर खोजी कार्य जारी राखेको छ । दुर्घटनास्थलमा हराइरहेका १३ मानिसको खोजी गरिनेछ । 

जेठ २० गते भारतीय वायुसेनाको एएन–३२ विमान अरुणाचल प्रदेशमा बेपत्ता भएको थियो । 

असमको जोरहाट एयरबेसबाट चिनियाँ सीमानजिक अरुणाचलको पश्चिम सियाङ जिल्लाको मेचुका एड्भान्स्ड ल्यान्डिङ ग्राउन्डतर्फ उडेको विमान दिउँसो डेढ बजे ग्राउन्ड स्टाफबाट सम्पर्कविच्छेद भएको थियो । 

मंगलवार खोजीका क्रममा एमआई–१७ हेलिकप्टरले १२ हजार फीटको उचाइमा एएन–३२ को भग्नावशेष देखेको हो । 

वायुसेनाले भग्नावशेष भएको ठाउँमा ब्ल्याक बक्स र सीभीआर खोजिरहेको छ । 

भग्नावशेष भएको ठाउँमा चीता–एएलएच हेलिकप्टर पठाएको छ । गरुड कमान्डोलाई पनि त्यहाँ परिचालित गरिएको छ ।

एजेन्सी

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस