×

NMB BANK
NIC ASIA

सुरक्षा/अपराध

पर्यटकीय नगरीमा लागूऔषधको धन्दा, प्रहरी प्रमुख भन्छन् – जालो तोड्छौं

साउन ९, २०७६

NTC
Premier Steels

काठमाडौं – कास्कीको पोखरा काठमाडौं पछिको ठूलो पर्यटकीय नगरी पनि हो । स्वदेश लगायत विदेशबाट पर्यटक घुम्न जाने ठाउँ भएकाले पोखरा लगायत कास्की जिल्लाको सुरक्षालाई संवेदनशील रुपमा लिइन्छ ।

Muktinath Bank

पर्यटकीय नगरीको सुरक्षाका लागि कास्की प्रहरीले के गरिरहेको छ ? लोकान्तरकर्मी गगन अर्यालले कास्की जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीसँग गरेको कुराकानीको आधारमा तयार गरिएको सम्पादित अंश :-


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरालाई पर्यटकको राजधानीको रुपमा विकास गरिरहँदा हाम्रा सडकमा खाल्डाखुल्डीले दुर्घटना हुने सम्भावना छ । यसको ट्राफिक व्यवस्थापन र सवारीसाधनको गति नियन्त्रणमा प्रहरी लागेको छ । यसको जोखिम कम गर्न दीर्घकालीन रुपमा सडकका खाल्डाखुल्डी पुर्नतिर ध्यान दिनुपर्छ । सडक दुर्घटना पनि शान्तिसुरक्षाको एउटा कारक तत्व हो ।


Advertisment
Nabil box
Kumari

भद्रगोल सडक, यातायातमा तानातान गर्ने प्रवृत्ति, अस्तव्यस्त भौतिक संरचनाले गर्दा पर्यटकलाई शान्ति सुरक्षामा कमी भएको महसूस हुनसक्ने अवस्था देखिन्छ ।

Vianet communication

विशेष गरेर पोखरामा भएका सुरक्षा चुनौतीलाई बुँदा गत रुपमा हेर्ने हो ३ वटा बुँदामा चुनौतीका रुपमा हेर्न सकिन्छ । पहिलो नम्बरमा यहाँका सडक, जसले गर्दा सडक दुर्घटना बढाइरहेको छ । यसलाई समयमै सम्बन्धित निकायले ध्यान नदिने हो भने दुर्घटनाले ज्यान जाने खतरा छ ।

विदेशी पर्यटक घुम्न आउँदा दूतावासले जारी गरेको ‘सुरक्षा नोट’लाई पनि अनुसन्धान गरेर आएका हुन्छन् । जसले गर्दा दुर्घटनामा परिन्छ कि परिँदैन भन्ने कुरा देखाउँछ अथवा प्रकोपको कति सम्भावना छ ? ‘म्यान मेड’ प्रकोप कति छ ? यसको पनि अध्ययन हुन्छ ।

पोखरामा सेती नदी, फेवा तालजस्ता रमणीय ठाउँ छन् । यसलाई प्रहरीले कसरी सुरक्षा दिइरहेको छ ? आफूहरू कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुरा पनि यहाँ आउने पर्यटकले अध्ययन गरेर आउँछ । त्यसलाई व्यवस्थित तथा सुरक्षित गर्न प्रहरीलाई चुनौती नै छ ।

दोस्रो, यहाँ विभिन्न देशका पर्यटक मनोरञ्जन गर्न आउँछन् । कतिपय अध्ययन गर्न आउँछन् । कतिपय संस्कृतिको अध्ययन गर्न आउँछन् । सबै जना एउटै आचरणका हुन्छन् भन्ने पनि छैन । आपराधिक मनस्थितिका मानिस पनि आउने गर्छन् ।

पर्यटकीय क्षेत्रमा लागूऔषध, यौन दुराचारजस्ता अपराध गर्ने पनि हुन सक्छन् । मंगलवार मात्रै पोखरा महानगरपालिकाको डिहिगोपाटनमा डेरा गरी बस्ने अस्टेलियाका नागरिक थोमस अल्फेड व्रायनले बालबालिकालाई प्रलोभनमा पारी हस्तमैथुन गराउँदा–गराउँदै पक्राउ परे । जापानी र कोरियन नागरिक क्रिस्चियन धर्म प्रचारप्रसार गर्दै गरेको अवस्थामा पक्राउ परे । यस्ता खाले चुनौती प्रहरीलाई पोखरामा छ ।

तेस्रो, दैनिकजसो हुने आपराधिक क्रियाकलापविरुद्ध लड्ने चुनौती छ । हत्या, हिंसा, चोरीडकैतीजस्ता चुनौती पनि छन् । यस्ता अपराध बजार विस्तार, जनघनत्व, शहरीकरणले गर्दा समाजमा दिनहुँजसो बढिरहेका हुन्छन् ।

आधुनिक चुनौती पनि छन् यहाँ । ‘आईटी रिलेटेड’ जस्तो साइबर अपराध र मानव बेचबिखन सम्बन्धी चुनौती यहाँको समस्याको रुपमा छ । विदेशमा मात्रै मानव बेचबिखन हुन्छ भन्ने आमधारणा र बुझाइ छ तर आफ्नै शहरभित्र पनि मानव बेचबिखनको विकराल अवस्था छ । 

पोखरामा ‘रेड लाइट’ क्षेत्र तथा मनोरञ्जन क्षेत्र बनाउने पनि विभिन्न समयमा कुरा उठिरहेका छन् । यसले पनि आन्तरिक रुपमा मानव बेचबिखनको समस्या नआउँला भन्न पनि सकिँदैन । यसको लागि प्रहरी सधैं सतर्क नै छ तर मनोरञ्जन क्षेत्र भन्नाले यौन धन्दा हुने, यौन व्यवसाय हुने भनेर बुझ्नु पनि हुँदैन ।

कास्कीमा मनोरञ्जनका थुप्रै क्षेत्र छन् । जस्तोः ताल, झरना, सांस्कृतिक भेषभुषा र नाचगान आदि प्रकृतिको रसपानलाई पनि लिनुपर्छ । कानूनले ‘१८ वर्षमुनिका व्यक्तिलाई कुनै पनि आशयले दुव्र्यवहार गरिनु हुँदैन, अन्य कुरामा लगाइनु हुँदैन’ भन्ने व्याख्या गर्छ । यदि गैरकानूनी, गैरक्रियाकलाप भएको वा लगाएको पाइएमा प्रहरीले कानून बमोजिम हुने हदैसम्मको कारवाही गर्नमा हामी चुक्ने छैनौं ।

देशको दोस्रो ठूलो शहर हो पोखरा । यहाँ विभिन्न देशमा विभिन्न आचरण भएका मानिस आउँछन् । आपराधिक गतिविधि हुने सम्भावना हुन्छ, यसलाई नियन्त्रण गर्न हामी जहिल्यै तम्तयार छौं । शंकास्पद पर्यटकलाई सोधपुछ पनि गर्ने गरेका छौं ।

केही दिनअघि लागूऔषध ओसापसार गर्ने १ जनामाथि फायर नै खोल्नुपर्‍यो । अर्का १ जनालाई हामीले पेस्तोल र गोलीसहित नियन्त्रणमा लियौं । २० वर्ष अगाडि हत्या गरी फरार भएका १ जनालाई पनि हामीले समाएका छौं । आपराधिक गतिविधि हुन नदिन हामी सदैव हरेक मिनेट तयारी अवस्था छौं । 

पोखराको पछिल्लो ३ वर्षको तथ्यांक हेर्ने हो भने लागूऔषध ओसारपसार, बेचबिखन र सेवन मुख्य चुनौती भएको पाइयो । यसको लागि हामीले ‘डिमान्ड रिडक्सन’ र ‘सप्लाइ कन्ट्रोल’ गर्ने योजना बनाएका छौं । ‘डिमान्ड रिडक्सन’ कसरी कम गर्ने भन्ने कुरामा हामीले स–साना बालबालिकाजस्तै कुलतमा फस्न सक्ने युवा तथा बालबालिकालाई यसबारे जनचेतना दिने, उनका परिवार र विद्यालयका शिक्षकलाई पनि यसबारे जनचेतना अभियान अगाडि बढाएका छौं ।

आमा समूह, कलेज, विद्यालय र समुदायसँग सामुदायिक प्रहरी सेवा अन्तर्गत ‘एक दिन प्रहरीसँग’ कार्यक्रममार्फत जनचेतना दिँदै आएका छौं र दिँदै पनि जाने छौं ।

पोखरामा धेरैजसो लागूऔषध छिमेकी जिल्लाबाट सप्लाइ हुने गरेको देखियो । आयात नियन्त्रणको लागि भित्रिने नाकामा चेकजाँच कडा गर्ने र सिमानामा रहेका जिल्लाका प्रहरीसँग पनि समन्वय गर्ने । यति हुँदाहुँदै पनि भित्र्याउने नेटवर्कको जालो पत्ता लगाइ कानूनी दायरामा ल्याउने हाम्रो प्रयास रहेको छ ।

लागूऔषधमा फसिसकेकालाई सुधार गृहमा लैजाने, मेथाडोन (अस्पतालमा लागूऔषध कम गर्दै लैजाने विधि) र कारागार, प्रहरीका थुनुवा कक्षमा रहेका लागूऔषध कारोबारी तथा सेवनकर्तालाई अन्य काममा जानको लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेका छौं, अझ सशक्त रुपले अगाडि लैजादै छौं । यसलाई ‘आइ क्यान डू’ अर्थात् ‘म सक्छु’ भन्ने कार्यक्रम प्रहरीले अगाडि बढाएको छ ।

अहिले हामीले हिजोका दिनमा प्रहरीले समाएका सवारीसाधन यातायात व्यवस्था विभागको सहयोगमा सवारीधनीलाई फिर्ता गरिरहेका छौं । पोखरा पर्यटकीय हिसाबले मानिसको चहलपहल र विभिन्न देशका विभिन्न आचरण भएका मानिस आउने भएकाले प्रहरीले आफ्नो काम, कर्तव्य त्यसरी नै अगाडि बढाएको छ । 

कानून विपरीतका क्रियाकलाप, आपराधिक क्रियाकलाप गर्ने जो कोहीलाई पनि प्रहरीले छोड्ने छैन र कानूनले पनि छाड्दैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x