×

NMB BANK
NIC ASIA

नेपाल-भारत सीमामा अपराध नियन्त्रणमा चुनौती !

साउन ३०, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

बाँके – बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपाल–भारत जोड्ने साना ठूला बाटाहरु छन् । जसमध्ये कुनै मुख्य नाका छन् भने कुनै छोटी नाका छन् । बाँके जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् । भएका सुरक्षा कार्यालय पर्याप्त छैनन् । जसका कारण सीमामा सुरक्षा चुनौती छ ।

Muktinath Bank

सीमामा सशस्त्र प्रहरीको उपस्थिति पनि न्यून छ । यसले सीमा क्षेत्रमा प्रभावकारी गस्ती र सीमा अपराध नियन्त्रणमा समस्या आइरहेको सशस्त्र प्रहरी बताउँछ । सरकारले सीमा सुरक्षाका लागि नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेको छ । सीमा सुरक्षासँग धेरै कुरा जोडिन्छन् । सीमामा हुने सबै प्रकारका अपराधसँगै हरेक गतिविधिको निगरानी सशस्त्र प्रहरीले गर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले पाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बलले पोष्ट खडा गर्दा नेपालतिर त्यस्तो मापदण्ड छैन । तराईसँग सीमा जोडिएका सीमा क्षेत्रको प्रत्येक पाँच किलोमिटरमा भारतीय सीमा सुरक्षा बलका पोष्ट छन् । तर त्यही क्षेत्रमा नेपालतर्फ ३० किलोमिटरमा मुस्किलले एउटा पोष्ट भेटिन्छ । सुरक्षाकर्मीको पनि त्यस्तै अभाव छ । 


Advertisment
Nabil box
Kumari

“गस्ती होइन, पोष्ट कुर्दैमा ठिक्क छ”, एक सशस्त्र प्रहरीले भने ।

Vianet communication

नेपालमा एउटा विओपी (सशस्त्र प्रहरी पोष्ट)ले कम्तीमा १३ किलोमिटरको दूरी हेर्नुपरेको सीमा सुरक्षा बल ३० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए । बाँकेमा कटकुइँया, नरैनापुर, गङ्गापुर, कालाबञ्जार र बढैयामा सशस्त्र प्रहरी पाँच वटा विओपी छन् ।

पाँचवटा विओपीमध्ये दुई वटा केही महीनाअघि मात्रै स्थापना भएका छन् । बाँकी तीन वटा हालसम्म पनि स्थापना हुन सकेका छैनन् । 

नेपालतर्फ सशस्त्र प्रहरी बलको पातलो गस्तीले प्रभावकारीरुपमा अवैध सामानको चोरी पैठारी रोक्न तथा सीमा अपराध नियन्त्रण गर्न समस्या भइरहेको छ । स्थापना गरिएका विओपीमा पनि पर्याप्त जनशक्ति नहुँदा समस्या छ । 

उपलब्ध जनशक्तिले सीमा क्षेत्रको गस्ती, सीमा सुरक्षाका साथै सीमावर्ती अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनको दाबी छ ।

उनले भने- “सीमा सुरक्षासँगै जिल्लाको शान्तिसुरक्षा कायम राख्ने कार्यमा समेत सशस्त्र प्रहरी दिनरात खटिएको छ ।” उनले नाकामा नेपाल र भारतको संयुक्त गस्ती निरन्तर भइरहेको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भने, “एउटा सशस्त्र प्रहरीको पोष्टमा ३० जना हाराहारीमा जनशक्ति रहन्छ । तीमध्ये केही बिदामा गएका हुन्छन् । केहीले भित्रै काम गर्नुपर्छ । १५/१६ जनाले बाहिरी रेखदेख गर्नुपर्छ ।

एउटा पोष्टदेखि अर्को पोष्टसम्म गस्ती गर्न निकै चुनौती छ ।” भारततर्फको सीमामा एसएसबीले झण्डै तीन हजार जनशक्ति तैनाथ गरेको छ । तीनदेखि पाँच किलोमिटर दूरीमा एसएसबीको एउटा पोष्ट छ ।

प्रतिकिलोमिटर औसतमा २५ जना सुरक्षाकर्मी तैनाथ छन् भने नेपालतर्फ प्रतिकिलोमिटर औसतमा चार जनासम्म खटाइएको छ । सीमितमात्रामा पोष्ट रहेको र औसत ३० किलोमिटरको दूरीमा एउटा पोष्ट र प्रतिकिलोमिटर चार जना जनशक्ति परिचालित भएको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले नेपालमा कम्तीमा पाँच किलोमिटरको दूरीमा पोष्ट राख्ने योजना भइरहेको बताउँदै पाँच किलोमिटरको दूरीमा पोष्ट राख्ने योजना बनाएको जानकारी दिए । उनले भने, “कहाँकहाँ राख्न सकिन्छ, हामी योजना बनाउँदैछौँ । पाँच किलोमिटरको दूरीमा विओपी राख्न सकेमा नाकाको निगरानी चुस्त हुन्छ ।” 

सशस्त्र प्रहरीको पोष्ट बढाउँदा जनशक्ति र स्रोत साधन थप गर्नुपर्ने उनको भनाइ छ । तर थोरै दूरीमा विओपी राख्दा थोरै जनशक्तिले पनि काम गर्नसक्ने उनको तर्क छ । सीमा नजिक स्थापना गर्नुपर्ने सीमा सुरक्षा कार्यालय र बोर्डर पोष्ट पनि केही ठाउँमा सीमाभन्दा निक्कै टाढा भएकाले सशस्त्र प्रहरी परिचालनमा समस्या भइरहेको उनको भनाइ छ । 

कतिपय ठाउँमा जग्गा र उपयुक्त ठाउँको अभावमा टाढा हुँदा गस्तीमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीको भनाइ छ । जनशक्ति अभावमा सशस्त्र प्रहरी मुख्य नाकामा रहेका भन्सारमा मात्र सीमित छन् । सीमावर्ती क्षेत्रका भन्सार कार्यालयमा अवैध चोरी पैठारी नियन्त्रण गरी राजस्व सङ्कलन बढाउन सशस्त्र प्रहरी खटिएको छ । 

संयुक्त गस्तीले आपराधिक गतिविधि र चोरी तस्करी रोकिएको उनले बताए । “हामी नियमितरुपमा सीमामा गस्ती गर्छौं । हाम्रो उपस्थितिले सीमा सुरक्षासँगै चोरी तस्करीका घटना रोकिएका छन्”, सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भने, “नियमितरुपमा स्तम्भको निरीक्षण गर्दै आएका छौँ ।” तर सघन सुरक्षाका लागि अझै पनि विओपी आवश्यक छ ।

लामो खुला नाका भएकाले जिल्लाका विभिन्न चोरी नाकामा निगरानी राख्न अझै केही कठिनाइ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बाँकेको खुला सीमाबाट दुवैतर्फ चोरी, तस्करी हुने गरेको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गमा सशस्त्र प्रहरीका तीन वटा युनिट छन् । कुसुम, शम्शेरगञ्ज र खैरीखोला युनिटले राजमार्गको सुरक्षा दिएको छ । 

खासगरी चाडपर्वका बेलामा राजमार्गमा पर्ने जङ्गल क्षेत्रमा लुटपाट हुने गर्दछ । त्यसका लागि सशस्त्र प्रहरीले खैरीखोलामा विशेष व्यवस्था गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेलामा मात्र नभई अन्य समयमा पनि राजमार्गलाई सुरक्षित बनाउन सशस्त्र प्रहरी जुनसुकै ठाउँमा १० देखि १५ मिनेटमा पुग्न सकिने बताए । काशीराम शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x