पाथीभरा गोल्डकप : मोरङ विजयी

प्रतिकात्मक तस्वीर
साउन ३२, २०७६

ताप्लेजुङ – चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रवारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । 

टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो ।


ADVERTISEMENT

यसअघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शंकर राईले गोल गरेका थिए । 

ताप्लेजुङका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे भने विकास शेर्पा गोल गर्न चुकेका थिए । 

खेलको म्यान अफ दि म्याच मोरङका सूर्य श्रेष्ठ घोषित भए । शनिवार रेड हर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ ।

आगामी भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालको ५ तथा भारतको एउटा टोली सहभागि छन् ।

साउन ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस