×

NMB BANK
NIC ASIA

निर्णय फिर्ता लिन कबाडी व्यवसायीको माग

साउन ३२, २०७६

NTC
Premier Steels

काठमाडौँ–कबाडीसम्बन्धी काम गर्ने व्यवसायीले साना व्यवसायप्रति हेर्ने दृष्टिकोण फरक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
 उनीहरुले ठूला व्यवसायीले साना व्यवसायीलाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक हुन नसकेकोसमेत आरोप लगाए ।
 आज काठमाडौँको बालाजुमा भएको नेपाल कवाडी मजदूर व्यवसायी सङ्घको वार्षिक साधारणसभाका क्रममा सङ्घका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले साना व्यवसायी सबै क्षेत्रबाट मारमा परेको उल्लेख गर्दै कबाडीमा १३ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयो ।
    
सङ्घका सल्लाहकार विवेक सिलवालले सरकारी नियमले व्यवसायी मारमा परेको उल्लेख गर्दै कबाडी व्यवसायीमाथि लगाएको भ्याटको निर्णय फिर्ता गर्न माग गर्नुभयो ।
 फिर्ता नलिए आन्दोलन गर्न बाध्य हुने उहाँले बताउनुभयो । सङ्घका काठमाडौँ अध्यक्ष सञ्जय यादवले कबाडी व्यवसायी साना व्यवसायी भएकाले सरकारले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउँदै ठूला व्यवसायीको दृष्टिकोणमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

Muktinath Bank

सङ्घका सचिव शुक्रबहादुर लामाले फोहरलाई मोहर बनाउँदै कबाडी व्यवसायीले स्वरोजगार र राज्यलाई कर तिरिरहेकाले राज्यको व्यवहारमा परिवर्तन आवश्यक भएको औँल्याउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 कार्यक्रममा पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले कबाडी व्यवसायीले देशका लागि महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै देश सफा र सुन्दर बनाउन साना व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।     


Advertisment
Nabil box
Kumari

आजको साधारणसभाले काठमाडौँ जिल्ला समिति, गोङ्गबु क्षेत्रीय समिति र कालिमाटी क्षेत्रीय समिति गठन गरिएको सङ्घले जनाएको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x