×

NMB BANK
NIC ASIA

सुर्खेत विमानस्थल विस्तारको तयारी

भदौ २८, २०७६

NTC
फाइल फोटो
Premier Steels

सुर्खेत – विक्रम संवत् २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ ।

Muktinath Bank

कर्णाली प्रदेश सरकारको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल विस्तारका लागि पुनः अध्ययन शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा १ हजार ४० मिटर लम्बाइमा निर्माण गरिएको विमानस्थल करीब ५ वर्षअघि २०० मिटर विस्तार गरिएको थियो । हाल १ हजार २५५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको रन वेमा एटीआर–४२ तथा साना जहाजले उडान भर्दै आएका छन् । 


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेश सरकार गठन भएसँगै वीरेन्द्रनगर संघीय राजधानी काठमाडौंसँग सिधा सम्पर्क जोडिएको हो । पुरानो विमानस्थल भएपनि धावन मार्गको समस्या देखाउँदै विमान कम्पनीहरू काठमाडौं–सुर्खेत उडान भर्न तयार थिएनन् । 

Vianet communication

प्रदेश सरकारकै आग्रहबमोजिम बुद्घ एयरको एटीआर–४२ ले २०७५ वैशाखदेखि सुर्खेत–काठमाडौं दैनिक उडान शुरू गरेको हो । एटीआर–४२ को एउटा मात्र उडानका कारण हवाई भाडा अत्यधिक महंगो पर्न गएको भन्दै कर्णालीवासीले विमानस्थल विस्तार गरेर ठूला जहाज सञ्चालन गर्न माग गरेका छन् ।

बुद्ध एयर र प्राधिकरणको टोलीले शुक्रवार विमानस्थलको प्रारम्भिक अध्ययन गरेको थियो । विमानस्थल उत्तर–दक्षिण दिशामा फैलिएको छ । विमानस्थललाई उत्तरतिर विस्तार गर्न सकिने अध्ययनले जनाएको छ । स्थानीयका घरजग्गा अधिग्रहणका साथै अमरज्योति नमूना माविलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका इन्जिनीयर पुष्पराज न्यौपानेले उत्तरतर्फ रन वे विस्तार गर्न सहज हुने बताए । ‘जग्गा सस्तो र बढी उपयुक्त उत्तरतिर नै छ,’ उनले भने, ‘१६ बिगाहा जग्गा अधिग्रहण गर्नुपर्नेछ ।’

अध्ययन टोलीले विमानस्थल विस्तारका लागि ८ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ । ५ अर्ब जग्गा अधिग्रहण, क्षतिपूर्ति र स्कूल स्थानान्तरण तथा ३ अर्ब रनवे विस्तार, तारबार, बत्ती जडानलगायत भौतिक संरचना निर्माणका काममा खर्च हुनेछ ।

पछिल्लोपटक मंगलवार काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच विमानस्थल विस्तारबारे छलफल भएको थियो । मुख्यमन्त्रीकै आग्रहमा विमानस्थल विस्तारका लागि मन्त्रालयले अध्ययन टोली सुर्खेत पठाएको बताइएको छ ।

सरकारले यसअघि छिन्चुको मदानेचौरमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरेको थियो । 

सुर्खेत विमानस्थलमा शनिवार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले नयाँ निर्माणतिर लाग्नुभन्दा हालको विमानस्थललाई विस्तार गर्दा उपयुक्त हुने धारणा राखे । ‘यही विमानस्थललाई बढाउनुको विकल्प छैन, नयाँ बनाउँदा कम्तीमा ५ वर्ष लाग्छ,’ उनले भने, ‘जग्गा अधिग्रहण गर्दा आवश्यक पर्ने बजेट प्रदेश सरकार व्यहोर्न तयार छ, प्राधिकरणले भविष्यमा कुनै समस्या नआउने गरी प्राविधिक अध्ययन गरिदेओस् ।’

वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले प्राविधिक रुपले स्पष्ट प्रतिवेदन आउनुपर्ने बताए । विमानस्थल विस्तारसम्बन्धी पटक–पटकका छलफलमा फरक–फरक धारणा आउने गरेको भन्दै सबैभन्दा पहिले प्राधिकरण आफू स्पष्ट हुनुपर्ने सुझाव दिए ।

हिमाली जिल्लामा यात्रु अभाव

कर्णालीका हिमाली जिल्लाका वासिन्दालाई प्रदेश राजधानी सुर्खेतसँग सिधै हवाई सम्पर्कमा कसरी जोडिने भन्ने पीरलो कायमै छ । कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला र डोल्पाका वासिन्दालाई अझै पनि यही सकस छ । 

प्रदेश सरकारका मन्त्री, उच्च अधिकारी समेत जिल्ला भ्रमणमा जाँदा प्रदेश नम्बर ५ को नेपालगञ्ज हुँदै लामो र खर्चिलो यात्रा गर्नुपर्ने बाध्यता छ । कार्गो सेवा सञ्चालनका लागि मात्र प्रयोग हुँदै आएको सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउन यसअघि कर्णाली प्रदेश सरकारले गरेको प्रयास असफल भएको छ ।

हाल सुर्खेतबाट कोल्टी, सिमकोट, डोल्पा, ताल्चा र जुम्ला विमानस्थलमा ट्विनअटर विमानले कार्गो सेवा सञ्चालन गरिरहेका छन् । प्रदेश सरकारले कर्णालीका हिमाली जिल्ला र प्रदेश राजधानीबीच सिधा हवाई सञ्जाल जोड्ने नीति लिएपछि निजी विमान कम्पनी आवश्यक गृहकार्यमा जुटेपनि पर्याप्त यात्रु पाउन सकेनन् ।

कर्णालीका हिमाली जिल्ला र सुर्खेतबीच सामाजिक, सांस्कृतिक, व्यावसायिक सम्बन्ध नहँुदा यात्रुको समस्या रहेको विमान कम्पनी बताउँछन् । कर्णालीका जिल्लाबाट नेपालगञ्ज विमानस्थल हुँदै ३ घण्टा गाडी चढेर प्रदेश राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ । – प्रकाश अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x