पूर्व क्रिकेटर शोएब अख्तरको खुलासा, ‘भेट्न आएको बूकीलाई कोठामा थुनेर ठटाएँ’

कात्तिक १८, २०७६

काठमाडौं – पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले म्याच फिक्सिङका विषयमा नयाँ खुलासा गरेका छन् । 

एकपटक एउटा बूकी आएर आफूलाई म्याच फिक्स गर्न भनेको उनले बताए । बूकीले १० लाख डलर, दुईवटा मर्सिडिज गाडी र लन्डनको फुलहाममा एउटा फ्ल्याटको अफर दिएको अख्तरले बताए । अख्तरले यो अफर स्वीकार गर्नुको साटो बूकीलाई ठटाएको बताए । 


ADVERTISEMENT

उनले भने, ‘म पाकिस्तान टीममा परेर इंग्ल्यान्ड गएको थिएँ । एक बूकी मेरो कोठामा आयो । उसले म्याच फिक्सिङ गर्ने हो भने मालामाल गरिदिन्छु भन्यो । मैले उसलाई कोठामै पिटें ।’

पाकिस्तानका खेलाडीहरूमाथि म्याच फिक्सिङको आरोप लागिरहेको हुन्छ । यो अपराध भएको शोएबले बताए ।

एजेन्सी

कात्तिक १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस