×

NMB BANK
NIC ASIA

भित्र छिनाझपटी, बाहिर एकताको दुहाइ !

फागुन १६, २०७६

NTC
Premier Steels

कार्यक्रमको तालिका पूर्वनिर्धारित नै हो तर तालिकामा पार्टीको समीकरणभित्र दुई भागमा बाँडिएका दुई/दुई जना नेता सहभागी हुनु संयोग थियो ।

Muktinath Bank

त्यसैले पनि बिहीबार काठमाडौंमा भएको नेकपा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा पार्टी अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य ईश्वर पोखरेल सहभागी हुने भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे केही जानकारी आउँछ कि भन्ने अपेक्षा नेकपा कार्यकर्ताको थियो । त्यसैले कार्यक्रमको सुरुमै वाग्मती प्रदेश कमिटीका सहइन्चार्ज हितमान शाक्यले भने, ‘नेताहरूको कुरा र निर्णयबारे बेलाबेला बाहिर आउने चिजले हाम्रो दिमाग खराब गर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाक्यको अभिव्यक्ति चार दिनदेखि उतारचढावपूर्ण रहेको नेकपाको आन्तरिक राजनीतिप्रति लक्षित थियो । हुन पनि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न बहसमा नेतृत्व विभाजित भएपछि त्यसको तरंग नेकपाको कार्यकर्ता पंक्तिमा पुगेको थियो तर झन्डै चार घण्टा चलेको उद्घाटन सत्रमा नेताहरू यसरी प्रस्तुत भए कि नेकपाभित्र कुनै समस्या छैन, नेतृत्व एकताबद्ध छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीसँग व्यापक र सुदृढ संगठन भएको दाबी गर्दै एकता नखलबलिने बताए । ‘हाम्रो संगठन मजबुत छ, हामी कार्यकर्ताको बलमा टिकेका छौं,’ उनले भने, ‘हामी मान्छे अलमल्याउने खेलमा छैनौं, देश बनाउने संकल्पका साथमा अघि बढेका छौं ।’ पार्टी नेतृत्वविरुद्ध पार्टीभित्रका नेताले चाहिँदो नचाहिँदो लेखेर प्रचारबाजी गरेको आरोप भने अध्यक्ष ओलीले लगाए । ‘पार्टीको आफ्नै कुनै सञ्चार माध्यम छैन, नेताहरूका आआफ्ना सञ्चार माध्यम छन्, उनीहरू आफ्ना नेताविरुद्ध क्रियाशील छन्,’ उनले भने, ‘लेखेर पार्टीको खोइरो खन्ने काम भएको छ, यो कुनै बहादुरी होइन, समय क्रममा त्यस्ता कुराको पार्टीले मूल्यांकन गर्छ ।’ पार्टीको आन्तरिक राजनीतिबारे संक्षिप्त भनाइ राखेका ओलीले आफ्नो जन्मदिन र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणको बचाउमा भने केही समय खर्चिए ।

Vianet communication

ओलीले बुधबार सचिवालय बैठकले गरेको उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका थिए । आफ्नै अध्यक्षतामा बसेको निर्णयलाई आफैंले नमान्ने चुनौती उनले दिएपछि पार्टीभित्र पछिल्लो समय देखिएको समीकरणप्रति धेरैको चासो थियो तर अरू नेताले पनि प्रशिक्षण उद्घाटनमा त्यो विषय उप्काएनन् । पार्टीभित्र व्यापक विवाद छ भन्नेमा भने सबैजसो नेता एकमत देखिए ।

अध्यक्ष दाहालले दुई अध्यक्षबीच बेलाबेला विवाद हुने स्वीकार गर्दै यही कारण पार्टी भने नफुट्ने जिकिर गरे । टुटफुट र आरोपप्रत्यारोपसहितको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास प्रस्तुत गर्दै उनले नेतामा अलिअलि विवाद हुनु अस्वाभाविक नभएको बताए । ‘नेकपा जमेको पानीपोखरीजस्तो होइन, गडगडाउने नदीजस्तो हो,’ अध्यक्ष दाहालले भने, ‘नेताहरू एउटै भइदिएहुन्थ्यो, मिलेर, शान्त भएर मिलेर हिँडे हुन्थ्यो भन्ने धेरैलाई लाग्न सक्छ । एकताबद्ध हुन कोसिस गर्ने हो । जुन दिन पार्टी विवादरहित र शान्त बन्छ, त्यो दिनबाट पार्टी चाहिन्न ।’

आजभोलि अध्यक्षहरूबीच केही पो भइरहेको छ कि भन्ने कार्यकर्तालाई परेको बताउँदै दाहालले विवाद गर्ने अध्यक्षले नै समाधान पनि खोज्ने दाबी गरे । ‘पार्टीमा भुमरी परिरहन्छ । पार्टी भत्किन्छ, फुट्छ । विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ उनले भने, ‘हाम्राबारे मिडियामा आएका कुराको पछाडि कमरेडहरू नलाग्नुहोला ।’

पछिल्लो समय विशेष गरी गत पुस २३ गते उपाध्यक्ष गौतम निवास भैंसेपाटीमा भएको गुट भेलापछि नेकपाभित्रको समीकरण स्पष्टै देखिएको छ । त्यसपछि नै सभामुख चयन, अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), संविधान संशोधनलगायत विषयमा अध्यक्ष ओली र दाहाल पक्षमा स्पष्टै कित्ताकाट देखिएको छ । त्यसपछि पनि ओली समूह र दाहाल समूहले बारम्बार रणनीतिक बैठक भेला गर्दै आएका छन् ।

तर अध्यक्ष दाहालले जस्तै वरिष्ठ नेता नेपालले पार्टीभित्रको विवादका सन्दर्भमा सञ्चार माध्यममा आएका कुराको पछाडि नलाग्न आग्रह गरे । ‘पत्रपत्रिका पढेर तपाईंहरूको दिमाग खराब भएको होला तर ढुक्क हुनुस्, पार्टी र आन्दोलनलाई विर्सजनको दिशामा जान दिन्नौं ।’ पछिल्लो घटनाक्रमले कार्यकर्तामा आशंका बढेको उल्लेख गर्दै उनले समस्या देखेर नआत्तिन आग्रह गरे । उनले पार्टी एकीकरणको बाँकी काम पूरा गर्दा विधि र प्रक्रिया भने मिच्न नहुने बताए ।

सचिवालय सदस्य पोखरेलले नेतृत्वमा केही ‘गज्याङमज्याङ’ भए पनि ‘माथिको कुरा माथि नै मिल्ने’ बताए । ‘हामी ठुल्ठुलै हौं भन्नेहरूले जोरीपारी हँसाएका छौं, भित्र हुने कुरा भित्रै मिलाऔं, जम्मै कुरा बाहिर भन्दै हिँड्न जरुरी छैन,’ उनले भने, ‘जसको माथि जति आकाश छ, त्यति नै थाम्ने हो । पार्टीभित्रका विवाद धेरै सुनियो भनेर तरंगित हुन जरुरी छैन ।’ उनले पार्टी एकीकरणको २ वर्ष पुगिसक्दा पनि यो पक्ष र त्यो पक्ष भन्न नछाडिएको भन्दै को कसको भन्ने आधारमा जिम्मेवारी नतोक्न आग्रह गरे । पोखरेलको भाषणलगत्तै कार्यक्रम सञ्चालकसमेत रहेका वाग्मती प्रदेश सचिव आनन्द पोखरेलले यो प्रश्न नेतृत्वतिरै सोझिने बताएका थिए । ‘सचिवालय बैठकमा को नेता कतापट्टि फर्केर बोलेका थिए भन्नेसम्मको समाचार पढ्न पाइन्छ,’ उनले भने, ‘सचिवालयको विवाद तपाईंहरूबाहेक कसले बाहिर ल्याउँछ ?’ पोखरेलको प्रश्नमा प्रशिक्षण उद्घाटन समारोहमा उपस्थित कार्यकर्ताले हुटिङ गरेर समर्थन जनाएका थिए ।

‘केक राष्ट्रवाद त्यागौं’
प्रधानमन्त्री ओलीले अफवाह फैलाउनेको दुष्प्रभाव समाजमा परेको बताएका छन् । तेह्रथुमको आफ्नो जन्मगाउँमा करिब ४ हजार घरधुरीलाई खानेपानी, बिजुली र बैंकिङ सेवासुविधाको सुरुवात गर्न जाँदा त्यसको कुनै चर्चा नभएको तर संयोगवश परेको आफ्नो जन्मदिनमा काटिएको केकबारे दुष्प्रचार गरिएको उनको भनाइ थियो । ‘पुस्तौंदेखि काकाकुल जीवन गुजारेका जनताले त्यस दिन उद्घाटन गरेर पाएको खानेपानी, बिजुली र बैंकिङ सेवाको चर्चा गरिएन,’ उनले भने, ‘जनता खुसी भएर संयोगवश परेको मेरो जन्मदिनमा काटिएको केकले काठमाडौंमा भुईंचालो नै ल्यायो ।’

ओलीले जन्मदिनमा आएका जनताले खुसी मनाएको र खाना खाएको हिसाब पत्रकारले गरेको आक्षेप लगाए । ‘मेरो जन्मदिन परेको थियो, धुमधाम खुसी भए, म पानी र बिजुली बोकेर गएको थिएँ । स्थानीयहरू टाढा टाढाबाट आएका थिए, नाचगान गरे, स्थानीयले खाना पकाएका रहेछन्, खाए,’ उनले भने, ‘बिचरा पत्रकारहरू भातको हिसाबकिताब गरेर बसेका छन्, तिनको घरमा खाएको खानाको हिसाब किन गर्दैनन्, मेरो जन्मदिनमा अरू रमाए, पत्रकार धुरुधुरु रोए ।’

ओलीले भारतले नाकाबन्दी लगाउँदा नबोलेको कांग्रेसले अहिले ‘केक राष्ट्रवाद’ देखाएको आक्षेप लगाए । उनले आफूले केक काट्दैमा राष्ट्रवाद कमजोर नहुने उल्लेख गर्दै फोटो भएको केक काट्दैमा मान्छे नै काटिनेझैं प्रचार गर्न जरुरी नरहेको बताए । ‘त्यसो हो भने म नै चिराचिरा पर्थें होला, किन सग्लै छु त ?’ उनले भने ।

त्यसअघि नेकपा स्थायी कमिटी सदस्य एवम् वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले नेपाल आमा नै चिराचिरा पर्ने गरी केक काटेर जन्मदिन मनाउने कम्युनिस्ट संस्कार नभएको भन्दै त्याग्न आग्रह गरेकी थिइन् । उनले केक संस्कारमा पार्टी नेतृत्वको सामन्तवाद झल्किएको जनाउँदै जन्मदिन मनाउने नै हो भने पनि बत्ती बालेर सामान्य तरिकाले मनाउँदा उपयुक्त हुने सुझाव दिएकी थिइन् ।

शाक्यले उठाएको यही सवालको जवाफमा ओलीले आफ्नो चाहनाभन्दा पनि माया गर्ने जनताको इच्छामा जन्मदिन मनाएको बताए । प्रधानमन्त्री ओलीले केही दिनमा मिर्गौला प्रत्यारोपण गर्ने र त्यसको छैंटौं दिनमा निको भएर काममा फर्किने पनि बताए । कान्तिपुर दैनिकमा खबर छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x