×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम सरकारले करमाथिको विलम्ब शुल्क नलिने, बजेट नपुगे पुरक बजेट ल्याउने

चैत १९, २०७६

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्र करमाथि लगाउने विलम्ब शुल्क छुट दिने र कर बुझाउने समयावधि बढाउने भएको छ ।

Muktinath Bank

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधवार आफ्नो भिडियो सम्बोधनमार्फत विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) प्रति सरकार संवेदनशील र चिन्तित रहेको उल्लेख गर्दै सो कुरा बताएका हुुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारको क्षेत्राधिकारभित्र कर बुुझाउने अवधि थप गर्न विलम्ब शुल्क छुुट गराउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिने छ । ढुक्क हुनुहोस्,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

मन्त्री बोहराले कोराना भाइरसको रोकथाम गर्न बजेटको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् । उनले रकमान्तरबाट पनि बजेट अपुग भए सर्वसम्मतिको आधारमा पुरक बजेट ल्याएर पनि पूर्ति गर्ने दाबी गरे ।

Vianet communication

उनले हालसम्म ५४ गाउँपालिकालाई ३ लाख, ३३ नगरपालिकालाई ४ लाख र १ उपमहानगरपालिकालाई ५ लाखको दरले २ करोड ९९ लाख रुपैयाँ कोरोना रोकथाम, नियन्त्रण तथा आवश्यक व्यवस्थापनको लागि बजेटको अख्तियारी पठाइसकेको जानकारी गराए ।

कोरोना रोकथाम, नियन्त्रण तथा औषधी खरिदको सबै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई १ करोड १५ लाख, सामाजिक विकास मन्त्रालयलाई ३ करोड ६० लाख ९७ हजार गरी साढे ११ करोड बजेटको अख्तियारी पठाइसकेको पनि मन्त्री बोहराले आफ्नो सम्बोधनमा उल्लेख गरे । 

हालसम्म स्थानीय तह, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय गरी १४ करोड ४९ लाखको बजेटको अख्तियारी पठाइसकेको मन्त्री बोहराको भनाइ थियो ।

मन्त्री बोहराले प्रदेश सरकारले सहयोगको आह्वान समेत गरेको बताए । सरकारले ४० करोड रुपैयाँ बराबरको कोराना थोकथाम तथा नियन्त्रणको लागि ‘कन्ट्रोल एण्ड ट्रिट्मेन्ट’ नामको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलेको र सहयोगीदातालाई सहयोगको अपिल गरेको छ ।

राष्ट्रिय वाणिज्यमा खोलिएको ४१७०५०३०००००३ नम्बरको खातामा हालसम्म ४० करोड २७ लाख बढी रकम जम्मा भएको र सहयोगीदातालाई रकम जम्मा गर्न आह्वान समेत गरिएको छ । यसरी सहयोग हुन आउन रकममा आयकर छुट हुने मन्त्री बोहराले जानकारी गराए ।

मन्त्री बोहराले विपन्न र ज्यालादारी गर्ने नागरिक तथा रोजगारी गुमेकालाई उचित राहत वितरण गरिने बताए । जसको लागि ३ दिनभित्र आवश्यक तथ्यांक संकलनको लागि स्थानीय तह, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको जनाइएको छ ।

आफ्नो सम्बोधनमा मन्त्री बोहराले कोरोनाको उपचारमा खटिएको स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै सरकारले उचित मूल्यांकन गर्ने प्रतिवद्धता जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x