क्युबाले देशमा अनि विदेशमा कोरोनाविरुद्धको लडाइँ चर्कायो

क्युबाको स्वास्थ्य सेवा प्रणाली अत्यन्त मजबूत छ र त्यहाँ पश्चिमका विकसित मुलुकहरूभन्दा बढी चिकित्सक छन् । 

कुनै पनि महामारी फैलिएको बेलामा ती चिकित्सकहरू मानवीय मिसनको नेतृत्व गर्दै विदेश पनि जाने गरेका छन् । कोरोनाभाइरसका कारण सबभन्दा बढी आक्रान्त मुलुक इटलीमा पनि क्युबाली चिकित्सकहरू सहायताका लागि पुगेका छन् । 


Advertisement

क्युबामै पनि अधिकारीहरूले कोरोना महाव्याधिलाई निकै गम्भीरतापूर्वक लिइरहेका छन् । चिकित्सा अध्ययन गरिरहेका लगभग ३० हजारजना घरघरमा गएर मानिसहरूलाई कुनै विदेशीसँग सम्पर्कमा हुनुहुन्थ्यो कि भनी सोधिरहेका छन् र संक्रमण रोक्नका लागि अपनाउनुपर्ने नियम सम्झाइरहेका छन् । 

यी विद्यार्थीहरू देशभरि फैलिएर दिनभरि यस काममा खटिएका छन् । दिनको ३०० परिवारलाई उनीहरूले भेट्ने गरेको पाइएको छ । 


Advertisement

क्युबामा कोभिड–१९ का २०० भन्दा अलि बढी मात्र केसहरूको पुष्टि भएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्