×

NMB BANK
NIC ASIA

नेकपामा सरकारको निर्णयलाई लिएर तीव्र असन्तुष्टि, तत्काल सचिवालय बैठक बोलाउन माग

चैत २१, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर सचिवालय बैठक बोलाउन आग्रह गरेका छन् ।

Muktinath Bank

स्वास्थ्य सामग्री ल्याउने क्रममा चरम भ्रष्टाचार भएको आफूले सुनेको भन्दै खनालले यो विषयमा पार्टीभित्र छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै प्रचण्डलाई बैठक बोलाउन आग्रह गरेको खनालनिकट स्रोतले जनायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले अध्यक्ष प्रचण्डलाई फोन गरेर तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेको हुँ,’ खनालको भनाइ उधृत गर्दै उनीनिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘अहिले सरकार विषम परिस्थितिमा छ । एकपछि अर्को विवादास्पद निर्णय गरिरहेको छ । मिडियाले तारन्तार फोन गरेर सोधिरहेका छन् । बैठक बोलाएर यसलाई तुरुन्त छिनोफानो गर्नुपर्यो ।’


Advertisment
Nabil box
Kumari

शुक्रवार अपराह्न लोकान्तरसँगको छोटो कुराकानीमा वरिष्ठ नेता खनालले बैठक नै नबसेकाले मेडिकल सामान ल्याउँदा भ्रष्टाचार भएको बारेमा पार्टीले आधिकारिक धारणा कसरी सार्वजनिक गर्ने भन्दै प्रतिप्रश्न गरेका थिए ।

Vianet communication

नेकपाका एक अर्का सचिवालय सदस्यले सरकारले एकपछि अर्को विवादास्पद काममा फँसेको बताए । ‘पहिला मेडिकल किट ल्याउँदा भ्रष्टाचार भएको कुरा आए, त्यसपछि नेपाली सेनालाई जिम्मेवारी दिने कुरा आएको छ । यो विषयमा पार्टीभित्र तत्काल गहन छलफल हुनुपर्छ । अहिले सरकार र पार्टीबीच कुनै समन्वय देखिएको छैन,’ उनले भने ।

स्रोतका अनुसार शुक्रवार अधिकांश सचिवालय सदस्यहरूबीच फोन कुराकानी भएको थियो । कुराकानीमा पछिल्लो राजनीतिक अवस्था, सरकारका विवादास्पद निर्णय लगायतका विषयहरू समेटिएको नेकपा स्रोतले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x