×

कोरोना नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसका भातृ संगठनको आपत्ति

चैत २७, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनका पूर्व अध्यक्षले कोरोना भाइरस अर्थात कोभिड–१९ को महामारी शुरू भएको ३ महिना बितिसक्दा समेत कोरोनाको नियन्त्रणमा सरकार संवेदनशील र गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन् ।

कोरोना भाइरसको कहरले पूरै विश्व आक्रान्त बनेका बेला जतिसक्दो चाडो परीक्षण सामग्री र स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरणको व्यवस्था गर्नुपर्ने अवस्थामा सरकारका जिम्मेवार मन्त्री नै निहीत स्वार्थ र कमिसनको खेलमा लागेको कुरा बाहिर आएपनि त्यसलाई प्रधानमन्त्रीले आफ्नो पछिल्लो सम्बोधनमा समेत नजरअन्दाज गरेकोप्रति पूर्व अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति प्रकट गरेका हुन् । 


Advertisment

उनीहरूले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउन र तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवनरक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । 


Advertisment

विज्ञप्तिमा उल्लेख छ, ‘संकटको बेला छोपी नागरिकको स्वास्थ्यमाथि भइरहेको यो तहको खेलवाडको जति भत्र्सना गरेपनि पुग्दैन । जनताको स्वास्थ्य प्राथमिकतामा राख्नुपर्ने बेलामा स्वार्थवश ठेक्का दिएकै कारण अहिलेसम्म परीक्षणको दायरा बढ्न सकेको छैन । जसका कारण नागरिकको स्वास्थ्य थप जोखिममा परेको छ । फेरि पनि विभिन्न बहानामा स्वार्थ समूहलाई नै पोस्ने गरी सरकारले स्वास्थ्य सामग्री खरिदमा ढिलाइ गरिरहेको छ, यो अर्को गम्भीर धोका हो । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउन र तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवनरक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

नेपाल दरुण दल र नेविसंघका पूर्वअध्यक्ष क्रमशः विनोदप्रसाद कायस्थ, उदयशम्शेर राणा, महेन्द्र शर्मा, रन्जित कर्ण र नैनसिंह महरद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘ज्यानको बाजी लगाएर खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विशेष धन्यवाद दिँदै उनीहरूका लागि प्रोटेक्टेड हुने पीपीई लगायतका स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, हाल करीब ५०० मात्र रहेको भेन्टिलेटरको संख्या बढाएर १ हजार ५ सय पुर्‍याउन, गुणस्तरीय टेस्टिङ किट र मशिनको उचित प्रबन्ध गरी प्रदेशमा भएका प्रयोगशालाको क्षमता बृद्धि गर्न तथा पर्याप्त बिशेषज्ञको व्यवस्था गर्न र जोखिम प्राथमिकताका आधारमा चेकजाँच गर्न तथा परीक्षणको दायरा बढाएर भय र त्रासको अन्त्य गर्न पनि माग गर्दछौं ।’

पूर्व अध्यक्षले देशका दक्षिण भूभागमा खुला सिमानाका कारण लुकीछिपी लकडाउन उल्लंघन गर्ने क्रम जारी रहेकाले सीमामा रहेका नेपालीको नैसर्गिक अधिकारको ख्याल गरी उनीहरूलाई सुरक्षित तवरले आफ्नो देशमा ल्याएर क्वारेन्टाइनको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकृष्ट गराएका छन् । महामारीबाट आउन सक्ने सम्भावित संकटलाई आत्मसाथ गरी चेकजाँचको बिशेष व्यवस्था मिलाउन, न्यून आएका भएका मजदुर किसानका लागि विशेष राहत, उद्योगी व्यावसायीका अवस्था हेरेर राहत तथा विदेशमा रहेका विद्यार्थी कामदारको स्थिति पत्ता लगाएर कूटनीतिक नियोगमार्फत उचित कदम चाल्न पनि पूर्वअध्यक्षले सरकारसँग जोडदार माग गरेका छन् ।

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x