
कोपा अमेरिका फुटबलमा क्यानडाले पेरुलाई पराजित गरेको छ । आज बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई १-० ले हराएको हो ।
खेलको ५९औँ मिनेटमा मेरुयल अग्युरोले रेडकार्ड पाएपछि १० पेरु खेलाडीमा झरेको थियो । त्यसको फाइदा उठाउँदै खेलको ७४औँ मिनेटमा क्यानडाका जोनाथन डेभिडले निर्णायक गोल गरेका थिए ।
ग्रुप एमा रहेका अर्जेन्टिना र चिलीको खेल पनि आजै छ । यी दुई देशबीचको खेल अहिले चलिरहेको छ ।