×

NIC ASIA

बाढीपीडितको अनुरोध : कि खाना देऊ कि क्वारेन्टाइन पठाइदेऊ !

सरकारी प्रतिनिधि भन्छन्– 'जतिखेर पनि राहत दिँदा उनीहरू अल्छी भए'

बैशाख २६, २०७७

Prabhu Bank
NTC
Premier Steels

२०७१ सालमा बाढी आई घरबार बगाएका वीरेन्द्रनगरको महिला विकास केन्द्रमा बसेका बाढी पीडितहरुले सरकारसँग कि खाना दिने नभए लकडाउन नखुल्दासम्म क्वारेन्टाइनमा राखिदिन माग गरेका छन् ।

Muktinath Bank

लकडाउन भएको ४६ औं दिन बित्दा पनि जम्मा दुईपटक प्रतिव्यक्ति पाँच किलोका दरले पाएको चामल सकिएको बताउँदै उनीहरूले सरकारमाथि आक्रोश पोखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख २० गते नगरपालिकाले राहत दिन भनेर गरेको प्रतिबद्धता भूलेको उनीहरूको आरोप छ । ‘बाहिर जाँउ काम गर्न पाईदैन, घर भित्रै बसौं खानेकुरा केही छैन,’ बाढीपीडित रामकुमारी खत्रीले भनिन्, ‘यो बस्तीमा एक सय आठ जना बस्छौं । हामीलाई दिइएको चाम १९ वैशाखमै सकिएको हो । अब पसलमा जाँदा कोही पनि उधारो दिदैंनन् ।’


Advertisment
Nabil box
Kumari

उनले थपिन् – ‘अब सरकारसँग हाम्रो एक माग पुर्याई दिनुस्, कि खाना देउ सरकार, नभए लकडाउनको अवधिसम्म हामीलाई परिवारसहित क्वारेन्टाइनमा लगेर राखिदेउ ।’

Vianet communication

क्वारेन्टाइनमा राखिदिएको अवस्थामा आफ्ना छोराछोरीलाई खाना खुवाउन कुनै पनि समस्या नहुने उनको अपेक्षा छ ।

अर्का बाढीपीडित नरबहादुर रोकायाले नगरपालिकाले २० गते राहत दिने भनेको बताए । ‘हामीलाई २० गते राहत दिन्छौं भनेर भनेका थिए । हामी उक्त दिन नगरपालिकामा गएका थियौं । त्यसपछि त्यहाँबाट २५ गते आउन भनियो, २५ गते सबै जना राहत पाउने आशले गयौं तर खाली हात फर्कियौं,’ उनले गुनासो गरे ।

मैसरा गुरुङले आफूलाई वैशाख १० गते २० किलो चामल, दुई किलो दाल, दुई किलो चिउरा, एक किलो नुन र एक किलो तेल दिएको बताउँदै त्यही राहतले चार जना कतिञ्जेल खाने भन्दै प्रश्न गरिन । ‘एकातिर चामल सकिएको छ, अर्को तिर ग्यास सकिएको छ,’ उनले भनिन्, ‘दाउरा पाइँदैन खाना पकाउन, खानको लागि चामल छैन ।’

सरकारले कि लकडाउन खोलेर आफूहरुलाई काम गर्ने वातावरण बनाउनु पर्ने वा राहत दिनुपर्ने माग उनको छ ।

यता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले अब हरेक दिन राहत मात्रै वितरण गर्न नसकिने बताए । ‘२३ गते सम्म फोन आएकाहरुलाई आज अन्तिम पटक राहत बाँडदैछौं । आजदेखि कसैलाई पनि राहत बाँडने पक्षमा हामी छैनौं । जिल्ला प्रशासन कार्यालयसँग आज बैठक बसेर भोली देखि नै उहाँहरुलाई सरकारी वा निजी परियोजनामा काम लगाउने तयारी गर्छौं,’ उनले भने ।

उनले थपे, ‘नभए उहाँहरु अल्छी हुने जोखिम छ । त्यो जोखिम न्यूनीकरण गर्न आउ काम गर र लैजाउ भन्ने नीति अख्तियार गरेर श्रममा लगाउँछौं । यसले हाम्रो काम पनि बन्ने छ भने अर्कोतिर उहाँहरुले आम्दानी पनि गर्नुहुनेछ ।’

नगरपालिकाले हालसम्म तीन करोड भन्दा बढीको राहत बाँडिसकेको बताउँदै उनले अब सबैलाई काममा लगाउनुपर्ने बताए ।

नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले २३ गतेदेखि नै राहत वितरण गर्ने काम बन्द गरिएको बताउँदै अब उनीहरूलाई काममा लगाउने गरी छलफल सुरु गरिएको बताइन । ‘सामाजिक दूरी कायम गरेर भएपनि उहाँहरुले गर्ने कामलाई निरन्तरता दिन हामी प्रमुख जिल्ला अधिकारी सँग आज छलफल गर्दैछौं,’ उनले भनिन्, ‘सरकारले नै गिटी बालुवाको काम खोल्ने, सामाजिक दूरी कायम गरेर निर्माणका कामहरु गर्ने निर्णय गरेको छ । सोही आधारमा हामी उहाँहरुलाई प्राथमिकता दिएर काम गराउँछौं ।’

उनले फोनका आधारमा मात्रै हालसम्म ४२ सय परिवारलाई राहत दिइसकिएको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x