×

NMB BANK
NIC ASIA

'हरेक नेपाली नागरिकलाई सैन्य तालिम दिएर ४ वर्ष सीमामा खटाउनुपर्छ'

बैशाख ३१, २०७७

NTC
Premier Steels

इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका चर्चित विंगर सन ह्युङ मिनले हाससालै आफ्नो सैनिक तालिम पूरा गरेका छन् । सन ह्युङ मिन दक्षिण कोरियाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत हुन् । दक्षिण कोरियामा हरेक नागरिकले अनिवार्यरूपमा सैनिक तालिम लिनुपर्ने प्रावधान छ । सोही प्रावधानलाई पछ्याउँदै २७ वर्षीय सन ह्युङ मिनले पनि ३ साता लामो सैनिक तालिम पूरा गरेका हुन् ।

Muktinath Bank

के ह्युङ मिनले जस्तै पारस खड्का र विमल घर्ती मगरले नेपालको ६ महिने आधारभूत सैनिक तालिम पूरा गर्लान् ? के रेखा थापा र आर्यन सिग्देलहरू लेफ्ट राइट भन्दै पिटी-परेड खेल्लान् ? के आँचल शर्मा, पल शाह र अनमोल केसीले अत्याधुनिक हतियार चलाउन सिक्लान् ? के दिलनिशानी मगर अचानक सैनिक पोशाकमा घोडा चढेर एकप्रति फोटो खिचाउलान् ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलाई लाग्छ, नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको सम्मान र संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । देशको रक्षाका लागि सरकारले आवश्यक परेको समयमा १८ वर्ष उमेर पूरा भएका नागरिकलाई सैनिक तालिम दिनुपर्छ, र तालिम लिएर देशलाई खतरा हुने संवेदनशील स्थानमा खटिनुपर्छ । जब एउटा नागरिकले भूगोल चिन्दैन, देश कसरी चिन्छ ? जब एउटा नागरिकले सीमानाको दु:ख बुझ्दैन, त्यसले देश कसरी बुझ्छ ? जब एउटा नागरिकले सम्भावित दुश्मनको किटान गर्दैन, ऊ स्वाभिमानी कसरी हुन सक्छ ? 


Advertisment
Nabil box
Kumari

यहाँ हरेक नेपाली नागरिकले सैनिक तालिम लिनुपर्छ भन्दा जिब्रो निकाल्ने धेरै छन् । आफ्नो भूमिमाथि पराइले राज गरेको सुन्दा 'देशले रगत मागे मलाई बलि चढाऊ' भन्ने गीत बजाउँदै आँशु झार्नेहरू पनि धेरै छन्, तर ती डर र आँशुहरू अब हट्नुपर्छ । तर अब हिजोको जस्तो देशका बारेमा स्वदेश गीत गाएर हैन, सडकमा नाराबाजी गरेर हैन, जीहजुर भन्दै कुटनीतिक पहलकदमीका नाममा सरदारहरूको अगाडि लम्पछार परेर हैन, केही न केही फरक गर्नु परेको छ । 

Vianet communication

फरकपन यस अर्थमा कि अब आफ्नो भूमिको रक्षाका निम्ति हरेक नेपाली नागरिकले सैनिक तालिम लिनुपर्छ । राज्यले नियम बनाएर नागरिक सैनिकजस्तो, सैनिक नागरिकजस्तो बनाउनुपर्छ । र कम्तिमा ४ वर्ष सिमानामा गएर खटिनुपर्छ । सैनिकको अर्थ लड्ने मात्र हैन, हतियारको अर्थ मार्ने मात्र हैन, सैनिक र हतियार त देशको शान हो, मान हो । भारतसँग लड्न सकिँदैन भन्ने हरूवा मानसिकता बोक्यौं भने हामीले हाम्रो सीमा रक्षा गर्न पनि सक्दैनौं । हामीले हाम्रो देशको सुरक्षा रणनीति बदल्न सकेनौं भने लिपुलेक त के झापा पनि गुमाउने दिन आउन सक्छ ।

जब एउटा नागरिकले भूगोल चिन्दैन, देश कसरी चिन्छ ? जब एउटा नागरिकले सिमानाको दु:ख बुझ्दैन, त्यसले देश कसरी बुझ्छ ? जब एउटा नागरिकले सम्भावित दुश्मनको किटान गर्दैन, ऊ स्वाभिमानी कसरी हुन सक्छ ? 

चीन र भारतका सेना सिमानामा आमनेसामने भएका छन् । उनीहरू लडेका छैनन् । अमेरिका र मेक्सिकोका सेनाहरू पनि आमनेसामने छन्, उनीहरू लडेका छैनन् । यति मात्र कहाँ हो र? पाकिस्तान र भारत समेत लडेका छैनन् । बागा बोडरदेखि जम्मूकाश्मीरसम्म उनीहरू आमनेसामने छन्, तर लडेका छैनन् । के नेपाली सेना लिपुलेक बस्दा लडाईं नै हुन्छ त ? के नेपाली सेना लिम्पियाधुरा बस्दा लडाईं नै हुन्छ त ? त्यस्तो लाग्दैन । विश्वभरिका सिमानामा सैनिकहरू आमनेसामने नै बसिरहेका छन् ।

केही मानिसहरू भन्ने गर्छन्, भारतसँग लड्नु पर्दैन, चीनसँग लड्नु पर्दैन, त्यसैले हामीलाई सेना धेरै आवश्यक छैन । तर त्यो तर्क पराजित मानसिकताको उपज जस्तो लाग्छ । त्यो सही हैन भन्ने लाग्छ । छिमेकीको गोरुले कहिलेकाहीँ खेतमा पसेर बाली सत्यनाश गर्न सक्छ, छिमेकीको कुखुराले कहिलेकाहीँ आगनमा सुकाएको बिस्कुन सत्यनाश गर्न सक्छ । छिमेकीको गोरु त हो, छिमेकीको कुखुरा त हो भनेर हामीले खेतबारी र बिस्कुनलाई सुरक्षित ढंगले राखेनौं भने यही निहुँमा भोलि छिमेकीसँग झगडा हुन्छ । 

भारतसँग लड्न सकिन्न भन्ने तर्क नै गलत छ । सैनिक आफ्नो सिमानामा गएर सिमानाको रक्षा गर्नु लड्नु नै हैन नि । देशको रक्षा हो नि । भूमिमा देशको प्रतिनिधित्व हो नि । आफ्नो सम्पत्ति दाबी गर्न आफ्नो सम्पत्तिको रक्षा गर्न पनि जान्नु पर्दछ । सीमा जोडिएको संवेदनशील भूगोलमा राज्यको कुनैपनि भौतिक उपस्थिति नै भएन भने त्यहाँ के हुन्छ ? लिपुलेकमा जस्तै सडक बन्छ । 

मुख्य प्रश्न के हो भने लिपुलेकको रक्षाका लागि अहिलेसम्म के गर्‍यौं ? लिम्पियाधुरा जोगाउन के कस्ता रणनीति चाल्यौं ? भन्ने हो । यो प्रश्नको उत्तर सरकार दिन सक्दैन किनकी सरकारसँग त लिपुलेकमा भारतले अतिक्रमण गरेर सडक बनाएको सूचना पनि हुँदैन । 

हरेक नेपालीलाई सैन्य तालिम दिनुपर्छ र देशको भूगोल बु्झ्न, स्वाधीनता बुझ्न सिमानामा ४ वर्ष खटाउनुपर्छ । यदि नेपाल सरकारले आफ्ना नागरिकलाई अनिवार्य रूपमा सैन्य तालिम दियो भने विश्वमा यो नै पहिलो नागरिक सैन्य तालिम हुनेछैन । आजको मितिसम्म आइपुग्दा विश्वका २० भन्दा धेरै मुलुकले आफ्ना नागरिकलाई सैन्य तालिम दिने गरेका छन् । ती तालिम दिने देशहरू कम्युनिस्ट र साम्यवादी देश दुवै छन् । पूँजीवादी र समाजवादी दुवै छन् । 
जस्तो कि युरोपेली मुलुक अष्ट्रियाले आफ्ना नागरिकलाई अनिवार्य रूपमा सैन्य तालिम दिने गर्छ । १८ देखि ३७ वर्ष उमेर समूहका नागरिकले त्यहाँ सैनिक तालिम लिने गर्छन् । छिमेकी देश चीनले पनि महिला र पुरुष दुवैलाई २ महिनाको सैन्य तालिम दिने गर्छ । उनीहरूलाई यो समयमा मूलत: बन्दुक चलाउन सिकाइन्छ । चीन कम्युनिस्टहरूको शासन भएको देश हो । 

विश्वमा अन्य धेरै यस्ता देश छन्, जसले आफ्ना नागरिकलाई अनिवार्य सैन्य तालिम दिने गर्छन् । युक्रेन, युएई, टर्की, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, सिंगापुर, कम्बोडिया, ब्राजिलजस्ता देशले पनि आफ्ना नागरिकलाई अनिवार्य सैन्य तालिम दिने गर्छन् । 

फिलिपिन्समा विद्यार्थीहरूलाई कक्षामै आधारभूत सैन्य तालिम दिने गरिन्छ । उनीहरूलाई 'मिलिटरी ड्रिल' सिकाइन्छ । सैनिकलाई जसरी नै शारिरिक व्यायाम गराइन्छ । फिलिपिन्सको सैनिक व्यवस्थापनका बारेमा भाषण र तालिम दिइन्छ । सैनिक संस्थाको संरचनागत तर सैन्य दर्जाको बारेमा सिकाइन्छ । विद्यार्थीपश्चात नागरिकको तालिम हुन्छ । कालान्तरमा तिनै विद्यार्थी उमेर पुगेका नागरिक हुन्छन् । अनि उनीहरूलाई विकाश, नागरिकको उत्तरदायित्व तथा कानून र आदेशमा बारेमा सिकाइन्छ । संकटकालीन आवस्थामा कसरी काम गर्ने भन्ननेबारे जानकारी दिइन्छ । यी सैनिक तालिमहरू आपतकालका समयमा पक्कै काम लाग्छन् । 

विश्वका हरेक देशका नागरिकले आफ्ना सेनाको सम्मान गरेकै हुन्छ । र सेनाको भूमिकालाई लिएर प्रश्न उठाउँदैनन् । तर हाम्रो देश नेपालको सैनिकको कुरा आउँदा भने केही फरक पर्छ । खासगरी सीमा मिचिएको कुरा आउँदा नेपाली सैनिकको भूमिका खोजी हुनेगर्छ । अन्य समयमा पनि नेपाली सेना मलामी, सलामी र गुलामीका लागि मात्रै प्रयोग भएको जनगुनासो हुनेगर्छ । त्यसैले अब नागरिकलाई अनिवार्य रूपमा सैनिक तालिम दिनुपर्दछ । 

लिपुलेकमा सेना किन गएन भन्ने प्रश्न हालसालै उठेका छन् । सेनाको काम के हो ? भन्ने प्रश्नकर्ताहरू धेरै छन् । लिम्पियाधुरा कालापानी क्षेत्रमा मात्रै नेपालको ३७२ वर्ग किमि भूभाग अतिक्रमण भएको आवाज उठेको छ । लिपुलेक अतिक्रमण भएको कुरा उठेको छ । यद्यपि लिपुलेक र लिम्पियाधुराको मात्रै कुरा हैन यो । नवलपरासीको सुस्ता क्षेत्रमा १५० वर्ग किमि पनि अतिक्रमणमा परेको हो । यसबाहेक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै जंगे पिलर कि त सरेका छन् कि सारिएका । दशगजा भताभुंग छ । सुस्ता र कालापानीबाहेक नेपालको झण्डै ६८ स्थानमा भारतीय पक्षले सीमा अतिक्रमण गरेको छ ।

देशप्रेम मुटुबाट हुन्छ । भारतसँग जोडिएका सीमातर्फ जाँदै गरेका पाकिस्तानी सेनाका बख्तरबन्द गाडीलाई पाकिस्तानी जनताले ढोग गर्छन्, फूलमाला र अबिर लगाएर बिदाइ गर्छन्, किनभने उनीहरूलाई थाहा छ, सैनिकहरू छन् र त हामी छौं, अनि हाम्रो भविष्य छ । यदि छैनन् भने हाम्रो केही पनि छैन । हतियारसँगको प्रेम पनि उनीहरूको प्रगाढ छ । हामी नेपालीहरू धेरै पैसा भयो भने गाडी किन्छौं तर उनीहरू परेको बेला लड्नका लागि भनेर नयाँ हतियार खरिद गरेर घरमा राख्छन् । जसको घरमा महंगा र अत्याधुनिक हतियार छन् उनीहरू नै ज्यादा शक्तिशाली र देशप्रेमी छन् भन्ने सोच उनीहरूमा छ । 

धेरै नेपालीलाई लिपुलेक, लिम्पियाधुरा कहाँ पर्छ थाहा छैन । तर सम्पूर्ण पाकिस्तानीलाई जम्मुकाश्मीर कहाँ पर्छ राम्रोसँग थाहा छ । धेरै नेपालीलाई तातोपानी नाका कहाँ पर्छ थाहा छैन तर सम्पूर्ण पाकिस्तानीलाई बागा बोर्डर कहाँ छ राम्रोसँग थाहा छ । यसकारण सैनिक तालिम गरेर नेपालीहरूलाई आफ्नो देशको भूगोल मात्र हैन, कालान्तारमा छिमेकी मुलुकबाट हुन सक्ने घुसपैठ, चोरीपैठारी तथा आक्रमणका बारेमा जानकारी दिनुपर्छ, किनभने विगतमा पटक-पटक तिब्बतसँग नेपालले सशस्त्र लडाईं लड्नुपरेको इतिहास छ ।

भारतमा पनि सैनिकको महत्त्व निकै छ । सैनिकका बारेमा सयौं फिल्म बनेका छन् । सैनिकहरूको मनोबल उकस्न टेलिभिजनमा अनेकौं कार्यक्रम सञ्चालित छन् । बलिउडका ख्यातिप्राप्त नायक/नायिकाहरू सैनिकको भूमिकामा देखिएका छन् । पाकिस्तानसँग जोडिएको सिमानामा एकजना सिपाही मर्‍यो भने सिंगो भारत स्तब्ध हुन्छ । हाम्रा सैनिकहरूले सिमानाको रक्षा गरेका छन्, सिमानामा उभिएका छन् त्यसैले हामीहरू आरामसँग सुतिरहेका छौं भन्ने हरेक भारतीय नागरिकको तर्क हुन्छ । अब हामी रेगुलर सैनिक मात्र हैन नागरिक सैनिक पालैपालो सीमा रक्षाका लागि जानुपर्छ । नेपाल आमालाई ढुक्कसँग निदाउने प्रबन्ध गर्नुपर्छ । एक इञ्च पनि जमिन हराउन नदिने वाचा कसम गर्नुपर्छ । 

मिसाइल म्यानका रूपमा परिचित भारतीय राष्ट्रपति अब्दुल कलामले भारतलाई आणविक हतियारमा मजबुत बनाएर गए । उनीहरूसँग विभिन्न किसिमका ब्यालेस्टिक मिलाइलहरू छन् । अग्नि-५ उनीहरूको सबैभन्दा आधुनिक मिसाइल हो । के-१५ सागारिका, के-४ एसएलबिएम, बराक-८ जस्ता खतरनाक मिलाइल छन्, तर नेपालको सेनाका लागि मिसाइल भनेको कुन चराको नाम हो भन्ने जस्तो छ । अब हामीले पनि यस्तै मिसाइलहरू बनाउनुपर्छ । 

संयुक्त राष्ट्रसंघको मिसनमा जाँदा आवश्यक पर्ने हतियार एम सिक्सटिन, ए फोर र एम फोर कार्बाइन नामक अत्याधुनिक राइफलहरू पनि नेपाली सेनासँग नहुँदा हालसालै खरिद प्रकियामा थियो । हाल सेनाले एम–१६ सहित बेलायतमा निर्मित एसएलआर र भारतमा निर्मित इन्सास राइफल चलाउँदै आएको छ । इन्सासको तुलनामा एसएलआर भरपर्दो मानिए पनि समयसापेक्ष सैन्य क्षमता विस्तारका लागि एम–१६ र त्यसभन्दा माथिका शक्तिशाली हतियार आवश्यक छ । ती सबै शक्तिशाली हतियारहरू किन्नुपर्दछ । 

पारस खड्का र विमल घर्ती मगरले नेपालको ६ महिने आधारभूत सैनिक तालिम पूरा गर्लान् ? के रेखा थापा र आर्यन सिग्देलहरू लेफ्ट राइट भन्दै पिटी-परेड खेल्लान् ? के आँचल शर्मा, पल शाह र अनमोल केसीले अत्याधुनिक हतियार चलाउन सिक्लान् ?

टेजर सकवेभ नामको हतियार हरेक सैनिक पल्टनलाई दिनुपर्छ । गाडीमा समेत राखेर प्रयोग गर्न सकिने यो गनले मानिसको भीडलाई २५ फिट टाढासम्म करेन्ट शक दिन सकिन्छ । ब्ल्याक नाइट हतियार किन्नुपर्छ, ३०० हर्सपावरको इञ्जिन र ३० मिलिमिटरको क्यानन भएको यो गनले अटोमेटेड नेभिगेसन सफ्टवेयरको सहायताले विना मान्छे बाटो पत्ता लगाउन सक्छ । यस्तो हतियार लिपुलेकमा खटिने सैनिकलाई दिनुपर्छ । 

यति मात्र हैन, द एक्टिभ डिनाएल सिस्टमले लिपुलेक घेर्नुपर्छ । यो हतियारमा राडार र माइक्रोवेभको प्रविधि अपनाएको हुनाले विधुतचुम्बकीय वेभ सुट गर्न सकिन्छ ।

यसमा मिलिटरी नाम नै ‘गुडबाइ वेपन’ राखिएको हुनाले धेरै पीडा हुन्छ । अर्को हो द लेजर एभेन्जर । आखाँले देख्न नसकिने यो हतियार इलेक्ट्रिक स्टोभभन्दा २० गुणा तातो हुन्छ । जसले ठूल्ठूला ट्याकंहरूलाई पनि सजिलै काट्न सक्छ । जसमा केही सेन्टिमिटर व्यास भएको लेजर हुन्छ । यो हतियार लिम्पियाधुरा क्षेत्रमा राख्नुपर्छ । 

कालापानी क्षेत्रमा एमबी–२४० मेसिन गन जडान गर्नुपर्छ । यो हतियारमा ४० मिमिको ग्रिनेड लन्चर, अन्धो बनाउन सक्ने लेजर, वा अन्य गनहरू लोड पनि गर्न सकिन्छ । फाइटर जहाजहरू नेपालमै बनाउनुपर्छ । मिसाइल, तोप, हतियार कारखाना, युनिफर्म नेपालमै बनाउनुपर्छ ।

यसरी हरेक १८ वर्ष पूरा गरेका नेपाली नागरिकलाई सैनिक तालिम दिनुपर्दछ । उमेर पुगिसकेका अर्थात् वयस्क भएका र शारीरिक रूपमा स्वस्थ छन् भने जो कोहीलाई पनि सैनिक तालिम दिनुपर्दछ । सैनिक तालिम केबल कामचलाउ वेशिक मात्र हैन, कमाण्डो स्तरको तालिम दिनुपर्दछ । आम रेगुलर सैनिकले कसरी तालिम लिन्छन् त्यसरी नै नागरिकलाई सैनिक तालिम दिनुपर्छ । त्यसका लागि हरेक प्रदेश, क्षेत्र र स्थानीय स्तरमा तालिम केन्द्र स्थापना गर्नुपर्दछ ।

तालिमका क्रममा सम्पूर्ण हातहतियार चलाउन सिकाउनुपर्दछ । युद्धकला, बीरता र नेपालको इतिहासका बारेमा पढाउनुपर्दछ । यदि देश बाहिरका शत्रुसँग भौतिक रूपमा युद्ध गर्नुपरेमा के कस्तो गर्ने भन्नेबारे सम्पूर्ण जानकारी तालिममा दिनुपर्छ । तालिम सकिएपछि कम्तिमा २ वर्ष सिमानामा ड्यूटीमा पठाउनुपर्छ । त्यो सिमाना चीनतर्फ पनि हुन सक्छ, भारततर्फ पनि हुन सक्छ । यसरी २ वर्ष सिमानामा खिचिएको प्रमाण पत्र प्राप्त गरेपश्चात मात्रै उसलाई विदेश जाने अनुमति राहदानी दिनुपर्छ । तर देशलाई आवश्यकता परेको खण्डमा ऊ आउनुपर्नेछ । अन्यथा राहदानी रद्द गरिनुपर्दछ ।

के हामी यति गर्न तयार छौं ? यदि छैनौं भने हामीलाई नेपाली भएर बाँच्नुको कुनै गर्व रहन्न ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x