फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको अर्थतन्त्र मिश्रित खालको र मध्यमार्गीरुपमा अगाडि बढिरहेको छ। एकदमै उत्साहजनक पनि छैन र निराशाजनक पनि छैन । अबको दिन राम्रो हुन्छ कि भन्ने संकेतहरू देखापरेको बेला यो कोभिड- १९ ले अर्थतन्त्रमा नयाँ खालको चुनौती थपिदिएको छ ।
देशमा आएको नयाँ राजनैतिक संरचना र स्थायित्वको अवस्था, कृषि उत्पादनमा देखिएको सकारात्मक संकेत, उद्योग तथा सेवा क्षेत्रको विस्तार, भौतिक संरचनाको निर्माण गति, संघीयताले गर्दा सरकारको सेवा प्रवाहमा चुस्तता र जनताको बढ्दो चेतनाको स्तर आदि कुराले गर्दा देशको आर्थिक परिवेश सकारात्मकतातर्फ उन्मुख भएको आभाष मिल्न थालेको बेला कोभिड- १९ को महामारिले मानविय साथै आर्थिक जोखिम उत्पन्न गराएको छ ।
कोरोनाअघिको आर्थिक स्थिति
विगत १० वर्षको औसत आर्थिक वृद्धि ४.३% को वरिपरि रहेको थियो जसमा २०७२-७३ मा विनाशकारी भूकम्प र भारतले गरेको सिमानाका अवरोधले गर्दा २०७२-७३ को आर्थिक वृद्धि ०.२ % मात्र भएको थयो।
त्यसपछिको वर्षमा भने राजनैतिक स्थायित्व र मौसम अनुकुलताले गर्दा लगानीको सहज वातावरण बनेको थियो । आन्तरिक उत्पादनस्तर बढ्न थालेको, उर्जा समस्या केही हदसम्म समाधानउन्मुख रहेको र व्यापार सहजिकरणका प्रयासले गर्दा लगातार तीन आर्थिक वर्षमा ६.९४%,७.२% र ६.८% को वृद्धिदर हासिल गर्न सफल भयौं ।
२०७६/७७ मा ८.५% वृद्धिको अनुमान गरेका थियौ। गरिवि र बेरोजगार दर घटेको थियो । बाह्य पर्यटक आगमन र आन्तरिक पर्यटन पनि सन्तोषजनक थियो। तर पुननिर्माणको सामान र उत्पादनको लागि कच्चा पदार्थको आयातले गर्दा व्यापारघाटा भने बढ्दो क्रममै थियो ।
देशको वास्तविक क्षेत्र मात्र नभएर मौद्रिक क्षेत्रमा पनि धेरै सकारात्मक सुधार हुँदै थिए । बैंक तथा बित्तीय संस्थाको पहुँच लगभग सबै स्थानिय तहमा पुग्ने क्रममा थियो । वित्तीय साक्षरता ६०% जनतामा पुगेको र बिधुतिय कारोबार पनि बढेको थियो ।
विदेशी मुद्राको सन्चिती झन्डै आठ महिनाको भन्दा बढिको आयात धान्न सक्ने थियो । बैंकको ऋण प्रवाह बढ्दो क्रममा रहेकाले निजी क्षेत्रको बिस्तार र उत्पादकत्व पनि सन्तोषजनक नै थियो । उत्पादक क्षेत्रको जस्तै जलविद्युत, पर्यटन, कृषि, साना तथा मझौला उद्योगतर्फको ऋण विस्तार हुँदै थियो । तर विश्वव्यापी महामारीका कारण ठप्प आर्थिक गतिविधिका कारण सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।
सरकारको आर्थिक वृद्धिको प्रक्षेपण पनि उल्लेखनीय रूपमा घटाएको छ । सरकारले मंगलवार निकालेको आर्थिक सर्बेक्षण अनुसार चालु वर्षको आर्थिक वृद्धि २.३% हुने अनुमान गरिएको छ।
कोरोनाको चुनौती नेपाली अर्थतन्त्रमा
कोभिड- १९ बाट सिर्जित विश्व आर्थिक परिदृष्य सन् १९३० को महामन्दीपछिकै कहालिलाग्दो हुन सक्ने अनुमान धेरै अर्थशास्त्रीहरूले गरिसकेका छन् । विश्व बैंकले कोरोना भाइरस महामारीका कारण दक्षिण एसियामा अरू देशको तुलनामा नेपालमा नराम्रो गिरावट आउने आँकलन गरिसकेको छ । यो ठूलो चुनौती सामना गर्न अर्थतन्त्रका सबै क्षेत्रले समान रुपमा सहयोग गर्नुपर्ने हुन्छ ।
यसको नकारात्मक प्रभाव एक/दुई वर्ष मात्र नभएर लामो समय सम्म झेल्नुपर्ने हुन्छ । वर्तमान अवस्थामा देखिएका मुख्य चुनौतीका क्षेत्रहरूमा सबैभन्दा बढी सेवा क्षेत्र देखिएको छ । पर्यटन व्यबसाय र रेमिट्यान्स आगमनमा ठूलो घाटा बेहोर्नु पेरेको छ । नेपालको बाह्यक्षेत्र सन्तुलनमा वैदेशिक रोजगारीले ठूलो भुमिका खेलेको छ ।
झन्डै चालिस/पैंतालिस लाख युवा रोजगारीको सिलसिलामा बिदेसिएका छन् र रेमिट्यान्स जिडिपि को २४-२५% रहेको छ। तर अब अवस्था भिन्न हुने छ, वैदेशिक रोजगारीको ग्लोबल मार्केट पनि अब केही समय यस अघिको जस्तो सहज नहुने स्पष्ट भैसकेको छ र जसले ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएकाहरू अब नेपाल फर्कनेछन् ।
वैदेशिक लगानी भित्रिने क्रम पनि अब केही सुस्त हुनेछ । रेमिटेन्स र वैदेशिक लगानीको आप्रवाह कम हुँदा नेपालले भुक्तानी असन्तुलन (ब्यालेन्स अफ पेमेन्ट)को समस्या पनि भोग्नुपर्ने हुन सक्छ । नेपाल सरकारले विदेशबाट फर्कने युवाका लागि छुट्टै ठोस योजना बनाएर उत्पादनमा लगाउनु पनि चुनौतीपूर्ण छ ।
नेपालमा झन्डै ७६% घरपरिवारले रेमिटेन्स प्राप्त गर्ने गरेका छन् रेमिटेन्समा असर पर्नेबित्तिकै ती घरपरिवारलको दैनिकि नै प्रभाव पर्नेछ र नागरिकको जीवन थप कष्टकर बन्दै जानेछ । रेमिटेन्सको आगमन कम भएपछि बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकारमा पनि प्रभाव पार्नेछ । पर्यटन, यातायात, पूर्वाधार र अनौपचारिक क्षेत्रमा गरी धेरै नागरिकले रोजगारी गुमाईसकेका छन् । कोरोनाले धेरै नागरिकलाई गरीबीको रेखामुनि लैजाने सम्भावना छ । सरकारलाई बेरोजगारी, गरीबी र भोकमरीको डरलाग्दो स्थितिबाट पार लगाउनु पनि ठूलो चुनौती छ ।
सरकारलाई आम्दानीको स्रोत जुटाउन र खर्चको प्राथमिकता निर्धारण गर्न त्यति सहज छैन । स्वास्थ्य र खद्यान्न वितरणमा नै धेरै बजेट खर्च गर्नुपर्ने देखिएको बेला सरकारले पुरानै आयोजनालाई निरन्तरता र बितरणमुखि बजेट ल्याउने योजना र निति प्रस्तुत गरेको छ । यसले तत्काल महामारिको समस्या समाधान गर्ने देखिँदैन । सरकारको बिकास बजेट खर्च गर्ने क्षमता सामान्य अवस्थामा पनि नाजुक नै थियो अझ यस महामारिको कारण प्रमुख निर्माण क्षेत्रका कामले पनि अहिले गति लिन सकिरहेका छैनन् । राष्ट्रिय गौरवका आयोजनाहरूमा पनि ढिलाई भएकाले त्यसको लागत पनि अब बढ्ने देखिन्छ ।
सरकारसँग यतिबेला गौरवका आयोजनाहरूका लागि नै पनि स्रोत जुटाउनु ठूलो चुनौती छ । सारा विश्वनै महामारिले नराम्ररी प्रभाबित भयको बेला बाह्य सहायता तथा ऋण मार्फत स्रोत जुटाउन पनि त्यति सजिलो देखिदैन । आन्तरिक उत्पादन र आयात निर्यात व्यापार सहजता नभएकाले राजश्व संकलन, आन्तरिक ऋण उठाउन पनि धौ-धौ छ। तसर्थ गर्नैपर्ने खर्चलाई मुख्य केन्द्रमा राखेर खर्चको स्पष्ट कार्यविधि बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ।
बेरोजगार व्यवस्थापनको चुनौती पनि सरकारको अर्को ठूलो पाटो रहेको छ । नेपालमै रहेका र अनौपचारिक क्षेत्रमा काम गर्ने लाखौं कामदारको जागिर गुमिसकेको छ । प्रत्येक वर्ष झन्डै पाँच लाखको हाराहारीमा नयाँ कामदार नेपाली बजारमा भित्रिने गरेको बिगतको तथ्याङ्कले देखाउछ । यी सबै नेपालमै रहेकाको रोजगार जोगाउनु र सुनिस्चित गर्नु पनि सरकारलाई चुनौती हुन्छ । अझै वैदेशिक रोजगारी गुमाएर नेपाल फर्कनेको व्यवस्थापन गर्नु त धेरै कठिन छ तर असम्भव भने छैन । यसको व्यवस्थापनका लागि सरकारको ठूलो योजना र रणनीति भने हुनैपर्छ ।
वित्तीय क्षेत्रमा आउन सक्ने अस्थिरता व्यवस्थापन गर्नु पनि अर्को ठूलो चुनौती हो । आक्रामक ढंगले कर्जा विस्तार गरेका बैंकहरूकोले जोखिम व्यवस्थापन चुनौतीपूर्ण छ । नेपाली बैंकले झन्डै ३२ खर्ब कर्जा बजारमा प्रवाह गरेका छन् । कोभिड १९ महामारीले उत्पादन ठप्प भएको र आम्दानीका स्रोत बन्द भएकाले ऋणीले किस्ता तिर्न गाह्रो हुने देखिएको छ ।
यसले कर्जा जोखिम वृद्धि हुने, निक्षेपको ब्याज तिर्नुपर्ने भएकाले बैंकको वासलात र आम्दान विवरणमा ठूलो असर हुने देखिन्छ । शेयर बजार पनि नराम्ररी प्रभावित भएको छ । करोडौंको शेयर ऋण लिएर कारोवार गर्नेहरू देखि सानो सानो लाई शेयरमा लगानी गर्नेहरू पनि पछुताउनु पर्ने बेला आइसकेको छ । अझ यो लकडाउन ८-१० महिना लम्बिने स्थिति आयो भने वित्तीय क्षेत्रमा ठूलो संकट आएर बित्तीय संस्था टाट पल्टने अवस्था हुन्छ ।
केन्द्रिय बैंकको नीतिले मात्र नभएर यसको लागि सरकारले बेलआउट गरेर बचाउनुपर्ने अवस्था आउन सक्छ । यसको लागि सरकार तयारी अवस्थामा बस्नु पर्ने देखिन्छ ।
विदेशी विनिमय सञ्चिती जोगाउन पनि चुनौती छ र यसको लागी अब छुट्टै रणनीतिको आवश्यकता पर्छ । पहिले जस्तो रेमिट्यान्समा भर परेर बस्न सकिने अवस्था अब पक्कै नहुने सङ्केत देखिसकिएका छन् । धेरै देशले त सरकारलाई आफ्नो नागरिक फर्काउनु भनी अनुरोध पनि गरिसकेको अवस्था छ । तसर्थ रेमिट्यान्स घट्ने सुनिश्चितता भएकाले यसको बिकल्प खोज्नु जरुरी देखिन्छ । पर्यटन आम्दानीबाट विदेशी मुद्रा आर्जन गर्न पनि कोरोना साम्य भएको दुई वर्षसम्म गाह्रो हुन्छ । मानिसमा यसको डर केही समय रहिरहन सक्ने हुनाले पर्यटन क्षेत्र रिव्याक गर्नु पनि चुनौती नै रहन्छ । तसर्थ सरकारले आन्तरिक उत्पादनलाई जोड दिई निर्यात प्रर्वद्धन र आयात प्रतिस्थापनतर्फ ध्यान दिनु जरुरी छ। यसको लागि सरकार र नेपाल राष्ट्र बैंक मिलेर स्टिमुलस प्याकेज ल्याउनुपर्छ ।
संरचना परिवर्तन गर्ने अवसर
जतिसुकै अप्ठ्यारो परिस्थिती वा विपतको अवस्थाले पनि केही न केही राम्रो पक्ष ल्याएकै हुन्छ । हुन त कोभिड १९ महामारीका कम राम्रा र धेरै नराम्रा पक्ष होलान् तर हामी ती नराम्रा पक्ष भन्दा पनि राम्रो के गर्न सकिन्छ त भन्ने सोच्न सक्नु पर्छ । यो महामारीले व्यक्ति, परिवार , समाज, सिङ्गो देश र विश्वलाई नै फरक ढङ्गले सोच्न र जिउन बाध्य बनाएको छ । विपतले नै पहिला नसोचेका, गर्न नभ्याएका वा चाहेर पनि गर्न नपाएका कामहरू भिन्न शैलीमा गर्ने मौका दिएको छ । त्योसँगै यो महामारीले हामीलाई के अवसर दिँदै छ, त्यसको पहिचान गरी उपयोग गर्न अब ढिलो गर्नु हुँदैन ।
प्रत्येक व्यक्तिको जीवनशैली परिवर्तन भएको छ, सधैं दौडधुपमा रहने व्यक्ति परिवारसँग आनन्दले बस्न पाएको छ । आफ्नो सिर्जना र क्षमताको उजागर गर्न र अब आउने दिनको कार्ययोजना बनाई अघि बढ्न सुनौलो अवसर दिएको छ तर मध्यम र उच्च जीवनशैली भएका बाहेक दैनिक मजदूरीमा जिबिकोपार्जन गर्नेको लागि भने गुजारा चलाउनै मुस्किल परेको छ । यस्तो वर्गको लागि सरकारले सोच्नै पर्ने हुन्छ ।
डिजिटल कार्यशैलीले ल्याउने चुस्तता र पारदर्शिता पनि हाम्रो लागि सु-शासन ल्याउने राम्रो अवसर हो । केही निजी संस्था र केही सरकारी निकायहरूले पनि इलोक्ट्रोनिक माध्यमबाटै सेवा प्रदान गर्नुपर्ने बाध्यता आएको छ । यो कार्यशैली परिवर्तन गर्ने ठूलो अवसर पनि हो ।
अर्कोतर्फ यो महामारी अर्थतन्त्र आत्मनिर्भर बनाउने अवसर पनि हो । आन्तरिक रोजगारी सिर्जना गर्न, स्थानीय उपभोक्ताको माग र आपूर्तिलाई सहज बनाइराख्न र ग्रामीण तथा शहरको अर्थतन्त्र चलायमान बनाइराख्न पारिवारिक खेती तथा कौसी खेती, व्यवसायिक कृषि, घरेलु उद्योगधन्दा, साना तथा मझौला व्यापारीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । यी क्षेत्रलाई ध्यानमा राखेर सरकारले स्टिमुलस प्याकेज ल्याउन सक्यो भने अर्थतन्त्र आत्मनिर्भर बन्छ । अहिले अन्तर्राष्ट्रिय व्यापार सहज नभएको बेला आन्तरिक उत्पादनमा ध्यान दिएर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भने हामी अरूको भर पर्नुपर्ने अवस्था रहँदैन । स्वदेशी उत्पादन नै प्रयोग गर्ने बानी बसाले आत्मनिर्भर अर्थतन्त्रतर्फको हाम्रो यात्रा सहज हुन्छ । [email protected]
न्यौपाने बैंकिङ क्षेत्रमा कार्यरत छिन् ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...