माओत्से तुङले गरेको त्यो गल्ती – जसका कारण ‘सलह’ले लियो करोडौंको ज्यान

पाकिस्तानबाट आएको मानिने सलहका कारण भारतीय कृषकहरूमा आतंक मचिएको छ । भारतमा मात्र नभएर नेपालमा पनि सलहले असर गरेका भिडियोहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

सलहले भारतको राजस्थान, मध्यप्रदेश र पंजाबमा ठूलो असर परेको भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् ।


Advertisement

तर धेरैलाई जानकारी नहुन सक्छ, सलहका कारण ६० वर्ष पहिला चीनमा करोडौं जनसंख्या भोकै मर्नुपरेको थियो ।

सन् १९५८ मा चीनको सत्ता सम्हालेका माओत्से तुङले एक अभियान चलाएका थिए, जसलाई ‘फोर पेस्ट क्याम्पियन’ पनि भन्ने गरिन्छ । यो अभियानमा उनले चार जीव लामखुट्टे, माखा, मुसा र भँगेरा मार्न आदेश दिएका थिए ।


Advertisement

खेतीबाली नष्ट गर्ने गरेको देखेर उक्त अभियानमा यी चार जीव मार्ने क्रम चलेको थियो । त्यतिबेला यी जीवहरू धेरै मार्नेलाई सरकारले पुरस्कारसमेत दिने गरेको थियो ।

मानिसहरूले अन्य जीव पनि मारे, तर सजिलो देखेर भँगेरालाई बढी मारे । भँगेराले अन्नबाली पनि खान्थ्यो तर त्यो भन्दा बढी सलह प्रजातिको फट्यांग्रा खान्थ्यो ।  

भारी मात्रामा भँगेरा मारिएपछि त्यसको नतिजा ठीक भएन । सलहको प्रकोप बढ्न थाल्यो । सन् १९६० मा चीनका एक पंक्षी वैज्ञानिक शो शिन चेङले यसको अध्ययन गरेका थिए ।

सलहको प्रकोप बढ्न थालेपछि चीनमा भोकमरी आयो । भोकमरीबाट करोडौं जनताको मृत्यु भएको मानिन्छ । जब माओत्से तुङले भँगेरा र त्यस्तै देखिने चराहरू मारिएपछि सलहको आतंक आएको हो भन्ने बुझे त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । चीनमा कृषि उत्पादन लगातार घट्दै गइरहेको थियो ।

यसैका कारण चीनमा भयानक भोकमरी देखियो जसले डेढ करोडसम्मको ज्यान लिएको मानिन्छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्