कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।
करोडौँको हुलमा रहेको सलहले त्यहाँको बाली खाइरहेका छन् । यो कीरा नेपाल आइपुग्छ ? कृषिप्रधान देश नेपालको बालीनाली कति नष्ट गर्छ ? सबैको चासोको विषय बनेको छ । यदि नेपाल भित्रिएमा यसले करिब चार दिनभित्र सबै नेपालको भूभागमा विचरण गर्न भ्याउँछ ।
नेपालमा यो कीरा आउन सक्ने तत्कालको सम्भावना न्यून रहेको विज्ञ बताउँछन् तर आउँदैन भन्न सक्ने अवस्था पनि नरहेको त्रिभुवन विश्वविद्यालयका किटविज्ञ डा. प्रेमबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार हालै भएको अध्ययन अनुसार नेपालमा तत्काल आउन सक्ने अवस्था अन्य देशको तुलनामा कम छ ।
अब छिट्टै शुरू हुन लागेको मनसुनले यसलाई रोक्ने आँकलन विज्ञहरूले गरेका छन् । 'मनसुन शुरू भयो अनि पानी प¥यो भने यो अगाडि बढ्दैन, भारतका महाराष्ट्र, राजस्थान, हरियाणा लगायतका सुक्खा क्षेत्रमा पानी परेको खण्डमा समूह एकत्रित हुन पाउँदैन,' उनले भने तर अर्को पुस्ता ब्युँतने खतरा बढी छ । त्यही रहँदाको अवस्थामा उसले अण्डा पार्छ । अहिले पारेको अण्डाबाट दुई हप्तापछि बच्चा निस्केर बयस्क भयो भने अझ ठूलो सङ्ख्यामा नेपाल आउन सक्ने सम्भावना रहेको उनी बताउँछन् ।
सलहको विचरण तापक्रम र हावाको वेगमा निर्भर हुने उनी सुनाउँछन् । उनका अनुसार अत्यधिक तापक्रम ३०–४० डिग्रीमाथि रहेमा र हावाको वेग नेपालतर्फ आएको अवस्थामा यसको भारतबाट सहज प्रवेश हुन सक्छ । रातमा हलचल नगर्ने तर दिउँसो बढी सक्रिय रहने यो कीरा तापक्रम ४० डिग्री नाघेको खण्डमा रातमा पनि समूहमा एक स्थानबाट अर्को स्थानमा बसाइ सर्छ । त्यसैले सलहको जोखिम नेपालमा अझै छ ।
के हो सलह ?
सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।
हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको छ । 'शुरूको अवस्थामा त्यति धेरै लामो दूरी तय गर्दैछ, दोस्रो चरणमा अलिक छिटो अघि बढ्छ, जब बयस्क हुन्छ, तब हावाको गतिमा उडेर माइलका माइल लामो यात्रामा अघि बढ्छ,' उनी भन्छन् । पछिल्लो समय रेकर्ड भए अनुसार प्रतिवर्गकिलोमिटर क्षेत्रमा चारदेखि आठ करोडको सङ्ख्यामा सलहको हुल एक स्थानबाट अर्को स्थानमा उड्छ ।
यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ । त्यस्तै यसको प्रजनन क्षेत्र र अण्डा नष्ट गर्ने, जैविक विषादी छर्कर्ने, झुल तथा जालको प्रयोग गरेर पक्रेर नष्ट गर्नेजस्ता उपाय स्थानीय तहमा अपनाएर क्षति थोरै भए पनि कम गर्न सकिने विज्ञ औँल्याउँछन् । गोरखापत्र दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...