मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जेठ २५, २०७७
‘भारतीय चेलीको दादागिरी’को विषयलाई लिएर सदनमा दैनिकजसो आवाज उठ्न थालेपछि सभामुख अग्नि सापकोटाले यस विषयमा आगामी दिनमा सदनमा टिकाटिप्पणी नगर्न सांसदहरूलाई रुलिङ गरेका छन् ।
गत १९ गते नेकपा सांसद गंगा चौधरी सत्गौवाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै ‘भारतीय चेलीको दादागिरी’ बढेको भनेर अभिव्यक्ति दिएपछि विवाद बल्झिएको हो ।
आइतवार राजपा सांसद चन्दा चौधरीले यो विषय उठाएर ‘भारतीय चेलीको दादागिरी’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले पुनः रुलिङ गरेका हुन । ‘त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिका छलफल गर्छु । यो विषयमा नबोलौं, नत्र मैले माइक काट्नुपर्ने हुनसक्छ,’ सापकोटाले भने ।
सांसद चौधरीले नेपालको संसदमा गजेन्द्र नारायण सिंह, हृदेयश त्रिपाठी लगायत वंशज नागरिक पनि हिन्दी भाषामा बोल्दै आएको बताइन् । उनले हिन्दी बोल्दैमा भारतीय चेली नभन्न चुनौती दिइन् । उनले सरिता गिरी पटक-पटक सांसद र मन्त्री भएको स्मरण गर्न आग्रह गरिन् ।
चौधरी बोलेपछि सभामुख सापकोटाले व्यक्तिगत टिकाटिप्पणीमा नउत्रन सांसदहरुको ध्यानाकर्षण गराए । ‘केही कुरा स्पष्ट पार्न चाहन्छु । माननीय सदस्यले बोल्ने क्रममा आरोप-प्रत्यारोप जस्तो भएको छ । नियमावलीको २१ को (ङ)तिर हेर्न आग्रह गर्छु,’ सापकोटाले भने, ‘सबैको बुद्धि विकेक लगाएर सदन चलाइरहेका छौं । राष्ट्रिय महत्त्वका काम गरेर महत्त्वपूर्ण सन्देश दिन गइसकेको समयमा व्यक्तिगत आरोप प्रत्यारोप र टिकाटिप्पणी नगरौं । कार्यव्यवस्थामा सबै विवाद पल्टाएर हेर्नेछौं । सबैको यथोचित छानबिन हुनेछ ।’
नेपालको नक्सा प्रकाशित गरेको विषयमा सरिता गिरीले दिएको अभिव्यक्तिलाई लिएर नेकपा सांसद गंगा चौधरीले गिरीको नाम उच्चारण नगरी ‘भारतीय चेलीको दादागिरी’ बढेको बताएकी थिइन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा पनि राजपा र समाजवादी पार्टीका सांसदले सो आरोप संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...