×

NMB BANK
NIC ASIA

भारतले अब तिब्बत र हङकङको विषय उठाउने संकेत

असार ५, २०७७

NTC
Premier Steels

लद्दाखमा भारतीय सेनाले बेइज्जतीको सामना गर्नुपरेपछि भारतले चीनका विषयमा नयाँ रणनीति अपनाउने संकेत पाइएको छ । 

Muktinath Bank

चीनको आर्थिक तथा सैन्य शक्तिका कारण आत्तिएका भारतीयहरू कूटनीतिक क्षेत्रमा पनि बोल्ड कदम चाल्न डराइरहेका देखिन्छन् । तर भारतीय विश्लेषकहरूले चीनलाई रक्षात्मक बनाउनका लागि तिब्बत, हङकङ लगायतका विषय उठाउन प्रेरित गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले तिब्बत, शिनजियाङ, हङकङ, मकाउ र ताइवानका विषयमा बढी संवेदनशीलता देखाउने भएकाले त्यसैमा प्रहार गर्न उनीहरू भारत सरकारलाई उक्साइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

चीनका लागि तिब्बतको महत्त्व सर्वोपरि छ । तिब्बत दक्षिण एसियाको जलस्रोत हो त्यसैले त्यसमा चीन कुनै हालतमा नियन्त्रण गुमाउन चाहँदैन । भारतले अब तिब्बतमा चीनको उपस्थितिलाई चुनौती दिने रणनीति बनाउन सक्छ । 

Vianet communication

तिब्बतको निर्वासित दलाई लामा सरकारलाई उसले मान्यता दिन सक्छ । तिब्बतका सम्बन्धमा भारतले गर्ने पहललाई पश्चिमी मुलुकहरूले प्रतीक्षा गरिरहेको भारतीयहरूको आकलन छ । 

अमेरिकी संसदमा विगत तीन महिनामा तिब्बतका पक्षमा दुई प्रस्ताव भारी बहुमतले पारित गरिएका छन् । अनि युरोपकाक कम्तीमा दुई हजार शहरका नगरपालिका भवनमा प्रत्येक वर्ष मार्च १० मा तिब्बती झण्डालाई आधिकारिक रूपमा फहराइने गरेको छ । 

दलाई लामालाई भारतले शरण मात्र दिएकोमा अब आधिकारिक मान्यता नै पनि दिन सक्छ । 

चीनले तिब्बत हात पारेपछि भारतले उससँग पञ्चशील सम्झौता गरेर आफ्नो हितलाई भारी नोक्सानी गरेको भारतीयहरूको बुझाइ छ । अब त्यसलाई सही बनाउने समय आएको उनीहरू बताइरहेका छन् । 

उक्त सम्झौता अनुसार भारतले तिब्बतलाई चीनको स्वायत्त प्रान्तका रूपमा मान्यता दिएको थियो अनि तिब्ब्तमा रहेका दुई वाणिज्य दूतावास, सेनाका टुकडी, व्यापार तथा टेलिग्राफ संरचना समेतका सुविधा त्यागेको थियो । 

चीनले भारतलाई ल्हासामा वाणिज्य दूतावास खोल्ने माग अस्वीकार गर्दै आएको छ । त्यस मागलाई अब भारतले उठाउने देखिन्छ । 

अनि हङकङको आन्दोलन र ताइवानको स्वतन्त्रतालाई मान्यता दिने कदम पनि भारतले उठाउन सक्ने देखिन्छ । कोभिड–१९ को उत्पत्तिका विषयमा चीनसँग खरो जवाफ माग्ने काम पनि गर्न सक्छ । 

समग्रमा भन्दा भारतले अहिलेसम्म अपनाइरहेको आदर्शवादी नीति त्यागेर यथार्थवादी नीति अपनाउने सम्भावना देखिन्छ । सैन्यशक्तिमा कमजोर भएकाले उसले चीनविरुद्ध आक्रामक कूटनीतिको बाटो हिँड्नुपर्ने भारतीय विश्लेषकहरूको कथन छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x