×

NMB BANK
NIC ASIA

पहिरोले पाइप बगाउँदा ७ दिनदेखि खानेपानी अवरूद्ध

असार १४, २०७७

NTC
Premier Steels


पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ । यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन् ।

Muktinath Bank

सक्नेले महँगोमा ‘जार’ को पानीले खाँचो टारेपनि सबैको स्थिति उही छैन । पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ । कतिपयले बलेनीको पानी जोगाएर नुहाइधुवाइ गर्छन् । शौचालय बस्ने पानीसम्म नभएको उपभोक्ताको गुनासो छ । बागलुङ नगरपालिका–२ की दीपा पौडेलले लुगा धुन छिमेकी गाउँ रात्माटा पुगेको सुनाउनुभयो । तिर्खा जेनतेन मेटेपनि भान्सा र सरसफाइमा पानीको अभाव छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजभोलि नै खानेपानी नआए हाहाकार निम्तने अवस्था छ । खानेपानी आउने भुदी खोलाको मुहान, दोविल्ला र रेशमा पहिराले क्षति पु¥याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । तीन दिनअघि मर्मत सकेलगत्तै दोविल्लामा पुनःपहिरो खस्दा पाइप बगेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । “नेपाली सेनाको समेत सहयोगमा अहिले मर्मतको काम चलिरहेको छ”, उनले भने, “भोलिसम्ममा खानेपानी सुचारु हुन्छ ।”


Advertisment
Nabil box
Kumari

अर्जुनवाण गण घोडाबाँधेका जम्दार विवेक अधिकारीको नेतृत्वमा २० जना सैनिक पहिरो पन्छाउने र मर्मतको काममा खटिएका छन् । संस्थाका प्राविधिक दिनरात र झरी नभनी काममा लागेको प्रबन्धक शर्माको भनाइ छ । दोविल्लामा खसेको पहिरोले खानेपानीका १४ वटा पाइप बगाएको जनाइएको छ । ‘ग्याविन जाली’ भरेर त्यही माथिबाट पाइप ल्याउनुपर्ने भएकाले समय लागेको प्रबन्धक शर्माले बताए । अघिल्लो साता गएका पहिरोले भुदी, दोविल्ला र रेशमा गरी १७ वटा पाइप बगाएको थियो ।

Vianet communication

निरन्तर वर्षाका बीच मर्मत गरिए पनि पुनः दोविल्लामा खसेको पहिरोले पाइपमा क्षति पु¥याएको हो । सदरमुकाममा रिठेखोला, रेशखोला र भुदीखोला मुहानबाट खानेपानी आउँछ । रिठेखोलाबाट प्रतिसेकेण्ड ३ दशमलव ५, रेशखोलाबाट १७ र भुदीखोलाबाट २० लिटर पानी दैनिक आउने गर्छ । सदरमुकाममा उपभोक्ता थपिए पनि खानेपानीमा पुरानै आयोजनाको भर पर्नुपर्ने अवस्था छ । खानेपानी स्वच्छ र वितरण पनि प्रयाप्त छैन । वर्षा हुनासाथ धारामा धमिलो पानी खस्छ । आयोजनासँग पानी सङ्लो पार्ने उपकरण छैन । वर्षायाममा खोलानोला बढ्ने र मुहान पनि धमिलिने हुँदा समस्या हुने गरेको संस्थाले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x