×

NMB BANK
NIC ASIA

निजामति विधेयकलाई लिएर कास्कीका सरकारी कार्यालयमा कार्यरत राजपत्र अनंकित श्रेणीका कर्मचारीहरु पनि आन्दोलित भएका छन् ।

Muktinath Bank

उनीहरुले निजामती कर्मचारीको वृत्तिविकासलाई अवरोध गर्ने गरी प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकको विरोध गर्दै देशव्यापी आन्दोलनस्वरुप तालनगरी पोखरामा पनि आन्दोलन शुरू गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारीहरुले विभिन्न नाराअंकित प्ले–कार्ड बोकेर पोखरा सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालयअघि बुधवार दिउँसो १ घण्टा धर्ना दिएका छन् ।


Advertisment
Nabil box
Kumari

नासु बचाउ अभियान परिचालन सम्पर्क समिति कास्की संयोजक शिवप्रसाद पौडेलले धर्नापछि जिल्ला प्रशासन कार्यालयमार्फत सभामुखसमक्ष ६ बुँदे ज्ञापनपत्र पठाइएको जानकारी दिए ।

Vianet communication

कर्मचारीले राप तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरक÷अन्तरतह प्रतिष्पर्धाको व्यवस्था हुनुपर्ने, तर कुनै पनि साविकको अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरी खुला विज्ञापन गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुला प्रतिष्पर्धाबाट लोकसेवा आयोग परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउनुपर्ने, सबै सेवा समूहका कर्मचारीलाई सम्बन्धित सेवा समूहमा नै बढुवा लगायत वृत्ति विकासको व्यवस्था गर्ने, अर्को सेवा समूहलाई प्रभाव पार्ने गरी सेवा समूह परिर्वतन गर्न नपाउने व्यवस्था मिलाउने, सबै तहमा श्रेणीगत वा तहगत समान व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

ब्यानर बोकेर आन्दोलनमा सहभागी नासु नवीन पौडेलले आफूहरुको माग राज्यले उचित सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको बताए ।

कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्दै आन्दोलनकारीले बढुवा प्रतिशत ३० प्रतिशत कायम गर, विभेदकारी ऐन खारेज गर, निजामती कर्मचारीलाई उमेरहद हटाऊ, १२ वर्षमा स्वतः बढुवा व्यवस्था होस्, माननीयज्यू, तपाईलाई भुइँ तहका कर्मचारीको आँसु लाग्ला है, माननीयज्यू, तल्लो तहको कर्मचारीलाई हेला नगर्नुहोस्, प्रतिष्पर्धात्मक परीक्षामा उमेह हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था कायम गर लगायत नाराअंकित प्लेकार्ड बोकेका थिए ।

विधेयकमा कर्मचारीमाथि विभेद गरिएको भन्दै मंगलबार काठमाडौं सिहदरबारबाट नासुहरुले आफ्नो आन्दोलन अभियान देशव्यापी बनाउँदै लगेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x