प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै ट्विटरले हटायो ट्रम्पको तस्वीर

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग ट्विटर केही समययता जोरी खोज्दै आएको छ । ट्रम्पले पोस्ट गरेको एउटा मिमले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै द न्युयोर्क टाइम्सले उजुरी गरेपछि ट्विटरले ट्रम्पको ट्वीटमा रहेको तस्वीर हटाएको हो । 

मंगलवार ट्रम्पले आफ्नो तस्वीर पोस्ट गरेका थिए । उक्त तस्वीर द न्युयोर्क टाइम्सका फोटोग्राफर डामोन विन्टरले सन् २०१५ मा खिचेका थिए । 


Advertisement

उक्त श्यामश्वेत तस्वीरमा ट्रम्पले कुटिल मुस्कान छोड्दै क्यामरामा औंला तेर्स्याएको देखिन्छ । त्यस तस्वीरलाई मिम बनाउँदै उनले सेतो अक्षरमा लेखे, ‘वास्तवमा उनीहरू मेरो पछि हैन, तपाईंको पछि लागेका छन् । म बीचमा परेको मात्र हुँ ।’

बुधवार ट्रम्पको अकाउन्टबाट उक्त तस्वीर गायब थियो र त्यसमा मिडिया नट डिस्प्लेड भन्ने सूचना थियो । 


Advertisement

‘प्रतिलिपि अधिकार भएको व्यक्तिले उजुरी गरेकाले तस्वीर हटाइएको हो,’ ट्विटरले लेख्यो । 

दुई हप्तामा दोस्रोपटक ट्विटरले ट्रम्पको अकाउन्टको सामग्रस् हटाएको हो । यसअघि ट्रम्पले ट्वीट गरेको एउटा भिडियोलाई उसले म्यानिपुलेटेड मिडिया भन्दै जानकारी दिएको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्