माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
बन्दाबन्दी (लकडाउन) शुरू भएपछि चैत ११ देखि सुनसान बनेको होटल व्यवसाय क्षेत्र अझै खुल्न सकेको छैन ।
लकडाउन खुकुलो बनेसँगै अन्य क्षेत्रहरू विस्तारै खुल्न थालेका छन, तर, पर्यटन/होटल व्यवसाय झण्डै साढे ३ महिना बितिसक्दा पनि खुल्न नसकेको हो । जसका कारण व्यवसाय नै धरासायी बनेको छ । असार १ गतेदेखि सरकारले लकडाउन खुकुलो बनाएर अन्य व्यवसाय सञ्चालन गर्न दिए पनि होटल, सार्वजनिक यातायात, ब्युटिसियन, पार्क र फिल्म हललाई ‘रेड जोन’मै राखेको छ ।
लकडाउन खुकुलो भएपछि चियानास्ता पसलबाहेक अन्य सबै होटलहरू पूर्णरूपमै बन्द छन् । पर्यटन क्षेत्र सहज अवस्थामा आउने कुरा अनिश्चित हुँदा अवस्था गम्भीर आएको व्यवसायीहरू बताउँछन् ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले चार महिनादेखि होटल तथा पर्यटन क्षेत्र ठप्प हुँदा व्यवसायी उठ्नै नसक्ने गरी थला परेको बताए ।
‘राज्यले हामीलाई रेडजोनमै राख्यो । यो अवधिसम्म हाम्रो दुई अर्बभन्दा बढीको नोक्सानी भएको छ । हामीले लामो समयसम्म राज्यले भनेको मानेर बस्यौं । हामीलाई अब राहत प्याकेज चाहिन्छ, विस्तारै होटल पनि खोल्न दिनुपर्छ,’ जिसीले भने ।
रुपन्देहीमा साना ठूला गरी ४५ सय होटल तथा रेष्टुरेन्ट छन् । ती मध्ये स्टार लेभलदेखि फाइभ स्टारसम्मका १० वटा होटल छन् ।
बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा पर्यटनलाई लक्षित गरी धमाधम स्टार होटल खुल्ने क्रम बढ्दै गएको थियो । अहिले सिंगो होटल व्यवसाय धरापमा छ ।
विदेशबाट ल्याइएका व्यक्तिहरूलाई पेमेन्ट लिने गरी होटललाई क्वारेन्टीन बनाएर राख्न आफूहरू तयार रहेको व्यवसायीहरू बताउँछन् ।
सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सार्वजनिक गाडी र हवाइजहाज सञ्चालन नहुँदासम्म होटल व्यवसाय सञ्चालन हुने अवस्था नै नरहेको बताउँछन् ।
‘राज्यले बजेटमा उद्योगको र पर्यटन क्षेत्रमा विद्युत् डिमाण्ड चार्जमा छुट दिने बतायो तर, बिजुलीमा बिल तिर्न जाँदा छुट दिएनन्,’ उनले भने, ‘बैंक ब्याजमा छुट पनि दिएको छैन । बैंकले ताकेता गरेको छ । कहाँबाट बैंकलाई ब्याज र किस्ता तिर्ने ? लकडाउन अवधिको ब्याज र किस्ता बुझाउनुपर्ने समयावधि पछाडि सारिदिनुपर्छ ।’
प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देही तोकिनु, अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माणको अन्तिम चरणमा पुग्नु आदि कारणले रूपन्देहीमा होटल व्यवसायमा फस्टाउँदै गएको थियो ।
गएको पुसमा चीनको वुहानबाट शुरू भएको कोरोनाभाइरस (कोभिड– १९) को महामारी नेपालसँगै विश्वभर फैलिँदा अहिले पर्यटन क्षेत्र ठप्प छ, जसले गर्दा ठूलो लगानी गरी सञ्चालनमा आएका होटलहरू अहिले बन्द हुने अवस्थामा छन्, लगानी नै जोखिममा परेको छ ।
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष मिथुन श्रेष्ठले लामो लकडाउनसँगै सबै क्षेत्रको ताकेताले व्यवसायीहरू होटल नै छाडेर हिँडन थालेको बताए ।
उनले भने, ‘लुम्बिनीमा सयभन्दा बढी होटल छन् । तीमध्ये ४५ प्रतिशतले भाडामा घर लिएर सञ्चालित छन् । दुई जना व्यवसायीले त घरधनीले भाडा तारन्तार भाडा माग्ने, बैंकले किस्ता र ब्याजका लागि ताकेता गर्ने गरेपछि होटल नै छाडेर हिँड्नुभयो ।’
उनले थपे, ‘यही अवस्था अझै दुई महिना लम्बिएर जाने हो भने हामी पनि हात उठाउनुपर्ने अवस्थामा पुग्छौं, होटल व्यवसाय क्षेत्र पूर्णरूपमा ध्वस्त हुन्छ ।’
लुम्बिनीमा मात्रै पर्यटन क्षेत्रले १ अर्बभन्दा बढी गुमाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...